arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

ताप्लेजुङमा साविकको स्थानीय तहको संरचनामा फेरबदलले सेवा प्रभावितtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन ३०, सोमवार)

सरकारले साविकको स्थानीय तहको संरचनामा फेरबदल गर्दै स्थानीय तह कार्यान्वयनमा ल्याएसँगै सर्वसाधारणले स्थानीय निकायबाट पाइरहेको सेवा प्रभावित भएको छ ।

गाउँ विकास समितिहरु गाउँपालिका र नगरपालिका एवं उपमहानगर र महानगरपालिकाजस्ता तहमा परिणत भएकाले देशभरको स्थानीय तहको काम प्रभावित बनेको हो ।

खासगरी कर्मचारी, लेटरप्याड र छापजस्ता सामग्रीको अभावमा सेवाग्राहीले सेवा पाउन नसकेका हुन् ।

यस्तै समस्या ताप्लेजुङको जिल्ला प्रशासन कार्यालयले व्यहोरेको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गर्दै आएको नागरिकता प्रमाणपत्र वितरण नै प्रभावित बनेको छ ।

नागरिकतालगायतका महत्वपूर्ण कागजपत्र प्रदान गर्न सिफारिस गर्ने स्थानीय निकाय तहमा परिणत हुँदा लेटरप्याड, छाप र कार्यालय व्यवस्थापन गर्न समय लाग्दा नागरिकता वितरणजस्ता काम प्रभावित भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले जानकारी दिए ।

नागरिकताका लागि गाउँ-गाउँबाट सदरमुकाम आएका स्थानीय प्रशासन कार्यालयबाट काम नहुँदा मर्कामा परेका छन् ।

स्थानीय तहका लागि आवश्यक सामग्रीको व्यवस्थापन भएपछिमात्र प्रशासनबाट नागरिकता वितरणको काम थालिने प्रजिअ खड्काले जानकारी दिए ।

साविकको गाविस गाउँपालिका र नगरपालिकामा परिणत भएकाले नागरिकता प्रिन्ट गर्ने सफ्टवेयरको व्यवस्थापनमा गृह मन्त्रालय जुटेको छ ।

उक्त व्यवस्थापन भए बुधबारबाट नागरिकता प्रदान गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ताप्लेजुङमा एक नगरपालिका र आठओटा गाउँपालिका कायम गरिएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
नेपाली सीमास्तम्भ बर्षौदेखि गायब
केन्द्रमा बढीमा १६ मन्त्रालय रहने
भूकम्पप्रभावित थप १७ जिल्लामा पनि निजी आवास निर्माणको अनुदान रकम वितरण प्रक्रिया सुरु
कांग्रेसद्वारा सीमांकनबाहेकका विषयमा संविधान संशोधन गर्न प्रक्रिया अघि बढाउने निर्णय
अब विवाहमा बढीमा १ सय ५० जन्ती लैजान पाइने
बुद्धिजीवीहरुसँग ओलीको छलफल, हरेक क्षेत्र राजनीतिक हस्तक्षेपको शिकार बन्यो : ओली
दाहाल र सीबीच ३५ मिनेट भेटवार्ता, निर्वाचनका लागि ९ मिलियन युयान सहयोग
मकवानपुर काँग्रेसको जिल्ला भेला सम्पन्न, ७ सय ५६ जना काँग्रेसमा प्रवेश
चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एकसिंगे गैंडा कञ्चनपुरको शुक्लाफाँटा निकुञ्जमा स्थानान्तरण गरिने
नेपाल र चीनबीच चारवटा सञ्जाल जोडिन्छ : प्रधानमन्त्री दाहाल
गाउँमा पहिलोपटक सिधै बजेट
आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि बारामा २९७ मतदान केन्द्र कायम
स्थानीय निर्वाचनको लागि २२ जिल्लाको मतपत्र छाप्ने कार्य पूरा
वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि ताप्लेजुङमा ७३ वटा मतदान केन्द्र निर्धारण
स्थानीय निर्वाचनका लागि ६४ जिल्लामा मतदान केन्द्र तोकियो, करिब १ करोड ४० लाख मतदाता
प्यूठानको स्वर्गद्धारी जाँदै गरेको जिप दुर्घटना, एकै परिवारका ४ को मृत्यु
प्रधानमन्त्री दाहाल चीन प्रस्थान
अब देशभर पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क परीक्षण
स्थानीय तह निर्वाचनका लागि ७५ हजार जनालाई म्यादी प्रहरीमा भर्ना लिइने
देशभरका पुनःसंरचित ७४४ स्थानीय तहलाई एक करोडकादरले ७४४ करोड अनुदान निकासा