arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा स्थानीय तहहरुलाई भ्रष्टाचार मुक्त बनाउने प्रमुखहरुको उद्घोषtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २२, आइतवार)

अर्जुन भुसाल

अर्घाखाँची ।  जिल्लाका सबै स्थानीय तहका प्रमुखहरुले भष्ट्रचार मुक्त स्थानीय तह बनाउने प्रतिवद्धता जनाएका छन् । उनीहरुले भष्ट्रचारकै कारण विकास निर्माणका कामहरु प्रभावित हुने हुँदा आफूहरुले भ्रष्टचार नगर्ने बताए । सूचना तथा सुशासन अभियान  (सिआइजी) को वार्षिक साधरण सभा तथा सूचनाको हक सम्वन्धी वृहत समिक्षा कार्यक्रममा छ ओटै स्थानीय तहका प्रमुखहरुले सो प्रतिवद्धता जनाए ।

जिल्ला न्यायाधीश केशब प्रसाद बास्तोलाले  सूचना माग्ने परिपाटीको विकास भइसकेको भन्दै यसले पारदर्शीता र जवाफदेहिता वृद्धि गर्ने बताए । सूचनाको अधिकारले सुशासन  कायम गर्नुको साथै मानव अधिकार र मौलिक हकको प्रत्याभूति समेत दिलाउँछ उनले भने, सार्वजनिक निकायका अधिकारीहरुले सूचना दिन आनाकानी गर्नु हुँदैन । उनले सूचनाको हक प्रयोग गरेर थाहा पाउने अधिकारलाई कसैले कुण्ठित गर्न नहुने औंल्याए । उनले सुशासन प्रवद्र्धन गरि पाँच वर्षमा  विकास निर्माणका धेरै काम गरेर नागरिकको मन जित्न जनप्रतिनिधिहरुलाई सुझाव समेत दिए ।

सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले  सूचनाको हकको बारेमा  दुरदराजका नागरिकलाई बुझाउनु पर्ने बताए । सहज ढंगले सूचना माग्ने कार्यको थालनी गर्नुपर्छउनले भने,  यसो गर्दा सबैलाई पारदर्शी हुन मद्दत मिल्छ ।  सितगंगा नगरपालिकाका प्रमुख सुर्य अधिकारीले आफ्नो नगरपालिका सूचना र सञ्चारको पहुँचबाट टाढा रहेको बताए । सितगंगा नगरपालिका भित्रका धेरै महत्वपूर्ण विषयहरु मिडियामा आउने गरेका छैनन उनले भने, भौगोलिक विकटता भएको यो क्षेत्रको विकासमा मिडियाले ध्यान पु¥याउन आवश्यक छ । भुमिकास्थान नगरपालिकाका मेयर रेशम थापाले सूचना माग्ने परिपाटीले भ्रष्टचार अन्त्य हुने  भएकाले सूचनाको हकको बारेमा जनचेतना जगाउनु पर्ने बताए । हामी नागरिकलाई सूचना दिन कुनै कन्जुस्याँइ गर्दैनौंउनले भने, सूचना लिने दिने कार्यलाई जटिल सम्झनु हुँदैन ।

स्थानीय विकास अधिकारी प्रदिप पौडेलले सार्वजनिक निकायले नागरिकलाई  सहजै ढंगले सूचना उपलव्ध गराउनु पर्ने बताए । प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले माग्न मिल्ने र नमिल्ने सूचनाका बारेमा जानकार हुनु पर्ने बताए । जिल्लाका सबै कार्यालयमा सूचना अधिकारी तोकिएको छउनले भने, सूचना दिने प्रचलनको विकास हुँदै गएको छ ।

छत्रदेव गाउँपालिकाका प्रमुख लेखनाथ पोख्रेलले भष्ट्रचारकै कारण नेपाल विकासमा धेरै पछाडी परेको बताए । बार्गेनिङ्ग र दुरुपयोग गर्नका लागि सूचना माग्ने काम गर्नु जायज होइन  उनले भने, सहि भावनाका साथ सूचना माग्नाले  भ्रष्टाचार अन्य गर्नमा सहयोग पु¥याउँछ । पाणिनि गाउँपालिकाका प्रमुख अच्युत गौतमले सूचना हकलाई पूर्ण रुपमा पालना गर्न आफूहरु तयार रहेको बताए । पत्रकारले पनि गलत नियतका साथ सूचना माग्ने गरेको पाइएएको छ उनले भने, ‘पेशागत मर्यादालाई ख्यालमा राखेर अघि बढ्नु पर्छ । मालारानी गाउँपालिकाका प्रमुख बालकृष्ण आचार्यले सूचनाको हकले सुशासन कायम गर्न ठूलो मद्दत गर्ने हुँदा यसको प्रयोगमा जोड दिनु पर्ने बताए ।  कार्यालयका कामहरु पारदर्शी ढंगले राखेपछि सूचना दिन कुनै समस्या हुँदैन उनले भने ।


कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी, सचिव सुर्यप्रसाद भुसालले मन्तव्य राखेका थिए ।   सूचना तथा सुशासन अभियानका अध्यक्ष तथा सूचनाको हकका अभियान्ता मुक्ति भुसालले आफूले अभियान सञ्चालन गर्नु पूर्व जिल्लाका ९० प्रतिशत नागरिकलाई सूचनाको हकको बारेमा जानकारी नै नभएको बताए । मैले अभियानको थालनी गरेपछि सूचनाको हकको क्षेत्रमा धेरै परिवर्तन आएको छउनले भने,  सबै कार्यालयहरुले सूचना अधिकारी तोकेका छन् भने नागरिक पनि यसविषयमा जागरुक बन्दै गएका छन् । उनले सूचनाको हक मार्फत जिल्लालाई सुन्दर, समृद्ध र भ्रष्टचारमुक्त बनाउने आफ्नो अभियान रहेको बताए ।  भुसालले संस्थाको वार्षिक आय व्यय समेत सार्वजनिक गरे ।

        

           

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
खिल्जीको बेल्बोटमा लागेको आगलागी नियन्त्रणमा (तस्बिर सहित)
छत्रदेव ७ काे ढिकुरामा भैलाे खेलेर उठेको रकमबाट पधेरा कुवा संरक्षण
केरुंगाकी शान्ता र वाङ्लाका विजयको दाइजो गरगहना बिनानै विवाह, विहे खर्च सबै बाढी पीडितलाई सहयोग
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहानको स्वास्थ्य अवस्था स्थिर, बाबुको निधन
भूमिकास्थानको पकले मेयलपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते
अर्घाखाँचीमा समानुपातिकतर्फ राष्ट्रिय जनमोर्चाका धेरै भोट् सूर्य र गोलाकारभित्र हसिया हथौडामा परे
पाणिनी बहुमुखी क्याम्पसमा शुल्क वृद्धि गरेको विरोधमा तालाबन्दी
अर्घाखाँचीमा समानुपातिकतर्फको मतगणना जारी | प्रतिनिधिसभामा काँग्रेस अगाडि, प्रदेश सभामा एमाले अगाडि (सबै दलका मत विवरण सहित)
अर्घाखाँचीमा प्रदेश सभा क्षेत्र नम्बर १, २ का यि उम्मेद्वारको जमानत जफत भयो (विवरण सहित)
अर्घाखाँचीमा ५ जना प्रतिनिधिसभा उम्मेद्वारको जमानत जफत (विवरण सहित)
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहान रुपन्देहीमा दुर्घटना परी गम्भीर घाइते
सन्धिखर्कमा वाम गठबन्धनको विजयी -र्याली, सभा सम्पन्न (भिडियो, तस्बिर सहित)
संयुक्त वाम गठबन्धनले आज सन्धिखर्कमा विजयी जुलुश सहित सभा गर्ने
अर्घाखाँचीमा वाम गठबन्धनको क्लिन स्वीप
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर २ मा रामजी प्रसाद घिमिरे विजयी
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर १ मा चेतनारायण आचार्य विजयी
त्रिशुली नदीमा बस दुर्घट्ना परि बेपत्ता मध्ये फेरि अर्घाखाँचीका एक जनाको शब फेला
अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी
अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नम्बर-१, २ मा बामगठबन्धन एमालेको अग्रता, मतगणना जारी
अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी नजिक
http://go.oclaserver.com/afu.php?zoneid=1465736