arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा बाघ मार्नका लागि भोली देखि हतियारसहित बिशेष प्रहरी परिचालन, सुरक्षा टिम र नगरपालिकाका प्रतिनिधिले खचिकोटका पीडित परिवारलाई भेटेtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २८, बुधवार)

सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ प्रगतीनगरमा

अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा बाघ आतङ्कले जिल्लावासी त्रसित भईरहे पनि सुरक्षाको प्रत्याभुति दिलाउन असफल भएको आरोप खेपिरहेको प्रहरी प्रशासनले भोली बिहीवार देखि बाघ मार्नका लागि बिशेष प्रहरी परिचालन गर्ने भएको छ । 

मंगलबार साँझ सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ प्रगतीनगर ( साविक खाचिकोट - ६ भालुखोला बाजाबारी) का रमेश के.सी र निर्मला के.सीको वर्ष ४ को कान्छो छोरो मनिष केसीलाई बाघले खाएपछि आज बिहानै बसेको अापतकालिन सुरक्षा बैठकले भोली देखि बाघ मार्नका लागि प्रहरी परिचालन गर्ने निर्यण गरेको हो । बाघ मार्नका लागि सदरमुकाम सन्धिखर्कको कुर, किमडाँडा, नुवाकोट, ढिकुरा र खाँचीकोट लगायतका क्षेत्रमा हतियारसहित प्रहरी परिचालन गरिने छ ।  

मंगलबार भालुखोलामा बच्चा खाएसँगै बाघ मार्नु पर्ने व्यापक गुनासो आएपछि बाघ मार्नका लागि प्रहरी परिचालन गर्ने निर्यण भएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले अर्घाखाँचीडट्कमलाई बताए । 

खत्रीका अनुसार आज बिहानै बसेको अापतकालिन सुरक्षा बैठकमा बिगतलाई अध्ययन बिश्लेषण गरी जनतालाई सुरक्षाको प्रत्याभुति दिलाउन अबकाे प्रयास र बिकल्पबारे छलफल भएको थियो । साथै नियम अनि सुरक्षालाई बिशेष महत्वबाट हेरिएकाे छ । जिल्लामा अनेक चुनाैती, समस्या छन तर पनि हामी समस्या समाधान गर्न तत्पर र प्रयास अझ लक्ष्यन्मुख रहेका छौ, खत्रीले भने । 


प्रगतिनगर भालुखोलामा सुरक्षा टिम, नगरपालिकाका प्रतिनिधिहरु पुगे

उता अाजै जिल्ला सुरक्षा टिमले हिजो भएको घटनास्थल र परिवार समक्ष पुगेर दुख व्यक्त गरेको छ । घटनास्थल प्रगतिनगर भालुखोलामा सन्धिखर्क नगरपालिका मेयर कमल प्रसाद भुसाल, उपमेयर ठाकुर कुमार विक, नवनियुक्त प्रमुख जिल्ला अधिकारी खिमराज भूसाल, डिएस्पी एकनारायण कोइराला, गुल्मपति, सन्धिखर्क - ७ का वार्ड अद्क्ष्य प्रितम थापा लगायत जिल्लाका उच्च सरकारी अधिकारीहरु पुगेका थिए । उनिहरुले पीडित परिवार प्रति  हार्दिक सहानुभूति प्रकट तथा हार्दिक श्रद्धाञ्जली गरेका थिए । साथै उक्त अवसरमा अबका प्रयासबारे स्थानियसंग छलफल भएकाे र जिल्लाकाे सुरक्षार्थ प्रशासन सदैब जनहितमा तत्पर रहेको बताएका थिए । 

साथै वन्यजन्तुको आक्रमणमा पारी ज्यान गुमाउने क्षत्तिपुर्ति ब्यवस्था अनुसार जिल्ला वन विभागले प्रगतीनगर भालुखोलाका बाघ आक्रमणमा ज्यान गुमाएका मनिष के.सीका परिवारलाई १० लाख रुपैया दिने भएको छ । 


पटक-पटक बाघको आक्रमणबाट अबोध बालबालिकाको ज्यान जाँदा समेत बाघ मार्न प्रशासन लागी नपरेको गुनासो जिल्लाबासीको छ ।

जिल्लामा गएको २,३ वर्ष भित्र लगभग एक दर्जन बालबच्चाको बाघको आक्रमणबाट ज्यान गएको छ । 

जिल्लामा बाघ आक्रमण  र आतंक बढ्दै गएको लामो समय हुँदा समेत प्रहरी प्रशासनले बाघ मार्नका लागि अहिले सम्म महत्वपूर्ण भूमिका खेल्न सकेको छैन् । प्रशासनले घट्ना घटेपछि बाघ मार्नका लागि प्रहरी परिचालन गर्ने योजना पटक-पटक बनाएता पनि अहिले सम्म सफल हुन सकेको छैन् । 

यस अगाडि पनि बाघ मार्नु पर्ने व्यापक गुनासो आएपछि बाघ मार्नका लागि प्रशासनले २,४ दिन प्रहरी परिचालन गराएता पनि उपलब्धी शुन्य रहेको छ । अर्घाखाँची नेपालको अन्य भेगमा भन्दा बढी बाघले आतङ्क मच्चाएको जिल्ला हो । विधालय आउँदा जाँदा होस् कि साँझ विहान घरको आगनमा खेल्दा होस् यहाँ बच्चाहरुको सुरक्षा छैन ।  

उता अर्घाखाँचीमा बारम्बार यस्ता घटना हुँदाहुदै पनि जनचेतना कमि-कमजोरी भएको देखिन्छ । घटना हुँदाको दुई चार हप्ता आफ्ना बालबालिकालाई ध्यानमा राखेको देखिन्छ अनि त्यसपछि घटना भुलेको देखिन्छ । बाघले कुनै पनि समयमा हमला गर्न सक्ने भएकोले साँझ बिहान रातीमा बच्चालाई एक छिन पनि एक्लै छोड्न नहुने देखिन्छ । 

बाघ आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडा लगायतका स्थानिय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा २,३ वर्ष देखि बारम्बार  जिउधनको रक्षाको लागि आग्रह गरिरहेका छन् । उनिहरुले नरभक्षी बाघलाई पक्रिएर जनताको शान्तिसँग बाँच्न पाउने अधिकार सुरक्षित गर्न माग गरेता पनि जिल्लामा २,३ वर्षको अवधिमा कयौ प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख आए तर ति सबैले जनताको समस्या कहिलै सुनेनन् । यस जिल्लामा कुनै निकायले यसलाई चासो देखाएनन् ।  
 
उता सन्धिखर्क, खाचिकोट, ढिकुरा लगायतका स्थानियबासीले अर्घाखाँचीमा निरन्तर बाघको आक्रमणबाट ठुलो मानविय क्षती भएपछि जिल्लालाई संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग गरेका छन् । सरकारले बाघलाई पक्रन वा मार्नको निम्ती पहल नगरे गाउँ छाड्न बाध्य हुने उनिहरुको भनाई छ ।  
 

सम्बन्धित समाचार:-

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा बाम गठबन्धन एमाले - माओवादी केन्द्रका उम्मेदवारहरुले चुनाव जित्नलाई चाहिने भन्दा बढी झुटा भ्रम सृजना गर्दै | टोप बहादुर रायमाझीले काम केही गरेनन् गफ धेरै गरे
पाणिनीको पणेना फागुन मसान्त सम्म पुर्ण सरसफाइयुक्त वडा घोषणा हुने
कांग्रेसको चुनावी कार्यक्रम १ को हंसपुर र २ को सुवर्णखालमा सम्पन्न, टोप बहादुर रायमाझी पटकपटक मन्त्री भएपनि जिल्लाको विकास नगरेको डा. रामबहादुर विसीको आरोप
राष्ट्रिय जनमोर्चाको वाङ्गला र डिभर्नामा चुनावी कार्यक्रम सम्पन्न
गुणस्तरीय बिउ उत्पादन गर्दै अर्घा भगवती गुणस्तरीय बिउँ उत्पादन कृषि समुह (तस्बिर सहित)
बाम गठबन्धनकाे केरुङ्गा र बल्काेट दुन्द्रुकमा चुनावी सभा सम्पन्न, कांग्रेस अत्तालिएको टाेपबहादुर रायमाझीकाे आरोप
अन्तत राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बाम गठबन्धनका उम्मेद्धार टोपबहादुर रायमाझीलाई भोट नदिने
अर्घाखाँचीमा १७ जना कर्मचारी छडकेमा परे
सन्धिखर्क नगरपालिकाले अउलाखोलामा जथाभावी प्लाष्टिकजन्य फोहोर जलाउदा वातावरण प्रदुषित, स्थानियबासी चिन्तित
पालीमा श्री बाबुराम प्राविको संस्थापक चन्दादाताको स्वागत र सम्मान कार्यक्रम सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा पूर्ण सरसफाइं सम्बन्धि सैद्धान्तिक र ब्यबहारिक प्रशिक्षण सम्पन्न
बाम गठबन्धनको ठूलापोखरा र छत्रगञ्जमा चुनावी सभा सम्पन्न, बिकास र सम्बृद्धिको लागि बाम गठबन्धन भएको टोप बहादुर रायमाझी भनाई (तस्बिर सहित)
कांग्रेसको चुनावी कार्यक्रम १ को गोखुंगा र २ को जुकेना र सितापुरमा सम्पन्न
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्दारा चुनाबी कार्यक्रम तथा प्रतिबद्धतापत्र सन्धिखर्कमा सार्बजनिक
पाणिनी गाउँपालिकाकाे मैदान बाेखरमा जिप दुर्घटना
प्रहरीद्दारा बिप्लब कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला सचिबालय सदस्य चाैहानलाई सन्धिखर्कबाट गिरफ्तार
सुपादेउराली युथ नेटवर्कद्दारा ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क दन्त शिविर संचालन
बाम गठबन्धनको मालारानी १ र २ तथा छत्रदेव ७ र ८ मा चुनावी सभा सम्पन्न, आफ्नो विजयलाई कसैले रोक्न नसक्ने टोप बहादुर रायमाझीको भनाई
कांग्रेसको चुनावी कार्यक्रम अर्घा-धरमपानी, लापेमा र जलुकेको लापेमा सम्पन्न (तस्बिर सहित)
शीतगंगाको जुकेना गल्दामा बाम गठबन्धको चुनाबी भेला सम्पन्न (तस्बिर सहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736