arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
धर्म, समाज, संस्कृति

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै text size increase   text size decrease   Print    rss (२०७३ कार्त्तिक २६, शुक्रवार)

 सुर्य प्रसाद भुसाल 

अर्घाखाँची ।  कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्यूँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदीनालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ ।

कार्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ । अर्घाखाँची मा हिजो देखि एकादसि मेला चलिरहेको छ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
आज हरिबोधनी एकादशी
आज महान् चाड तिहारको अन्तिम दिन भाईटिका, दिदीबहिनीले दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाइदिदै हर्षउल्लासपूर्वक महान् चाड तिहार मनाइदै
यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पूजा
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
तिहारको दोस्रो दिन, आज कुकुर तिहार, देशभर कुकुरको पूजा गरी मनाइदै
दोस्रो ठूलो चाड तिहार सुरु, पहिलो दिन आज कागको पूजा
आज महान चाड विजया दशमी, मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदै
आज महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदै
दसैंको आठौं दिन आज महाअष्टमी पर्व, दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै
दशैंको सातौं दिन सप्तमीमा मनाइने फूलपाती घरघरमा भित्रयाइयो
महान चाड विजया दशमी २०७4 को शुभकामना:- अर्घाखाँचीडट्कम
बडा दशैंको नवरात्रअन्तर्गत आज तेस्रो दिन
आज घटस्थापना, हिन्दूहरूको महान चाड बडादसैं शुरु
यस वर्ष असोज १४ गते बडादशैंको उत्तम साइत ११ बजेर ५५ मिनेटपछि
आज ऋषि पञ्चमी पर्व, हरितालिका तीज आज समापन हुँदै
नागपञ्चमी र रक्षा बन्धन एकसाथ मनाइयो
आदिकवि भानुभक्त आचार्यको आज २०४ औं जन्मजयन्ती
आज गुरुपूर्णिमा पर्व
आज हरिशयनी एकादशी पर्व ब्रत, पूजा-पाठ गरी मनाईंदै
http://go.oclaserver.com/afu.php?zoneid=1465736