arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
सुदुरपश्चिमाञ्चल

भारतको रुपैडिहा बस पार्कमा झर्ने बित्तिकै दाङ घर फर्कंदै गरेका एक नेपाली लुटिएtext size increase   text size decrease   Print    rss (२०६८ भाद्र १०, शनिवार)

-जे.पाण्डे
 
नेपालगन्ज - सिमा स्थित भारतको रुपैडिहा बस पार्कमा झर्ने बित्तिकै घर फर्कंदै गरेका टिकाराम खड्का लुटिएका छन् । भारतको पौडिगडवाल बाट दाङको श्रीगाउँ स्थित घर जान आउँदा शनिबार सिमा स्थित बस पार्कमा खड्का लुटिएका हुन् । 

बसबाट झर्ने बित्तिकै २ जनाले  समातेर एकान्तमा लगे, भए भरको पैसा लुटेर छाडे पछि प्रहरीमा खबर गर्न आएका खड्काले भन, धन्न ज्यानै लिएनन् ।

नसालु औषधी खुवाएर लुटने क्रम बढेको छ । गडवालबाट रोडवेजको बसमा घर जान आएका खड्काले लुटिए पछि मुस्किलले बचेको बताए ।

५ दिन अघि भारतबाट घर फर्कदै गरेका २ जना नेपाली युवालाई मंगलबार पनि रुपैडिहा बजार स्थित बसपार्कमा नसालु पदार्थ खुवाई साथमा रहेको पैसा लुटिएको अवस्थामा नेपाल प्रहरीले उद्धार गरेको थियो । 

घर जान नेपालगन्ज आउँदै गरेका दाङका नरायण परियार र बर्दियाका रामसिंह  चौधरी रुपैडिहा बसपार्कमा अचेत अवस्थामा फेला परेका हुन् । समान्य बोल्न सक्ने स्थितमा थिए,उद्धारमा संलग्न जमुनाह प्रहरी चौकीका सई सुधीर खड्काले भने, सिमा बजारमा यसरी लुटने क्रम बढेको छ ।

बस भित्र अचेत अवस्थामा फेला परेका ती दुई जनालाई प्रहरीले उपचारार्थ भेरी अन्चल अस्पतालमा भर्ना गरेको छ ।

भारतमा काम गरी घर फर्केका नेपालीहरु मध्ये एक महिना यता रुपैडिहा बसपार्कमा ५जना लुटिएका छन् । ती सबैलाई बेहोस गराउने औषधी सेवन गराई लुटिएको अवस्थमा उद्धार गरिएको थियो ।

भारतको विभिन्न स्थानबाट रुपैडिहा आउने बसमा यात्रा गर्ने मध्ये कतिपय यात्रु  बसपार्क पुग्दा बेहोस अवस्थामा फेला पर्ने गरेका छन् । लुटिनेहरु मध्ये धेरै जसो पहाडी जिल्लाका छन् ।  रुपैडिहा आउने बसका यात्रु बारम्बार लुटिंदा समेत भारतीय प्रहरीले चासो नदिएको पीडितहरुले बताएका छन् । यसरी नाकामा बर्सेनी ३०४०जना लुटिने गरेका छन् ।

 सिमा सुरक्षा बैठकमा ज्यानकै जेखिम हुनेगरी भईरहेका लुटपाटका घटना  नियन्त्रणमा गर्न नेपाली पक्षले समकक्षीसंग आग्रह गर्दै आएका छन् । भारतीय पक्षले पनि नियन्त्रणको आश्वासन दिदैं आएको छ । तर,लुटपाट रोकिएको छैन । 

दुई महिना अघि भारतको बहराइचमा भएको सिमा सुरक्षा बैठकमा नेपाली सुरक्षा अधिकारीले यस सम्बन्धमा भारतीय अधिकारीको ध्यानाकर्षण गराएका थिए । छलफलमा यो समस्या उठाइएको थियो,प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले भनेभारतीय पक्षले पनि बिषालु पदार्थ खुवाएर लुटपाट गर्नेहरुको खोजि भईरहेको आश्वासन दिने गरेका छन् ।

अचेत गराई लुटपाट गरिएका नेपालीलाई चालकहरुले समातेर बस बाहिर झारेर हिड्ने गरेका छन् । बस पार्क छेउ वा बाटोमा लडिरहेका अचेत नेपालीको सूचना समयमै प्रहरीले नपाउने हो उपचार  नपाएर अचेत नेपालीहरुको ज्यानै जान सक्ने देखिन्छ । 

कालापहाडबाट फर्कनेहरु र बाटो हिड्दा देख्ने नेपालीले खबर दिन्छन्, जमुनाह प्रहरी चौकीका सई खड्काले भने, सूचना नआउने हो भने त्यही मर्न सक्छन् । 

सिमा बजारमा यसरी हुने लुटपाट अझै बढने सम्भावना छ । चाडपर्व नजिकीदंै आएकाले भारतबाट फर्कनेहरुको भिड लाग्न थालेको छ । यस्तै मौका छोपि लुट्ने क्रम बढ्ने आंशका प्रहरीले गरेको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य सुदुरपश्चिमाञ्चल
गाउँपालिका केन्दलाई लिएर दक्षिण रोल्पाका स्थानीयबासी आन्दोलित
सहकारीको पूँजी उत्पादनमा लगाउनुपर्नेमा जोड
कन्चनपुरमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
कञ्चनपुरको महेन्द्रनगरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखा कार्यालय स्थापना
रोल्पाको थबाङमा शून्य भोट
प्युठान बस दुर्घटनामा दुईको मृत्यु
कर्णालीमा बस पल्टिंदा दुईको मृत्यु, १२ घाइते
यातयातका साधन ठप्प पारेपछि प्यूठान र रोल्पाको जनजीवन प्रभावित
वनवसा पुलबाट महाकाली नदीमा हाम फाल्ने नेपाली युवकलाई भारतीय प्रहरीले बचायो
कोहलपुर सुर्खेंत सडक खण्ड अबरुद्ध
सल्यानवाट दाङ आउंदै गरेको जीप दाङको राम्रीमा दुर्घटना हुंदा २ जनाको घटनास्थलमा मृत्यु
असारको तेस्रो हप्ता बित्न लाग्दा पनि पानी नपरेपछि बर्दियाका किसान चिन्तित
रुकुममा सेनाको जीप दुर्घटना हुंदा एक सैनिकको मृत्यु
हुम्ला सदरमुकाम सिमकोटमा कर्फ्यु
जन्ती लिएर दार्चुलाको टकना जाँदै गरेको जिप खस्दा १६ जना घाइते
नेपालको सुदूरपश्चिमाञ्चलमा फेरि भूकम्पको झड्का
आगलागीपछि चासो नदिएको भन्दै तुलसीपुर बजार बन्द
कैलालीमा असिना पानी
रुकुममा विषालु च्याउ खाँदा एक २४ वर्षीया युवतीको मृत्यु
सल्यानमा सर्पको डसाइबाट दुई बालकको मृत्यु
http://go.oclaserver.com/afu.php?zoneid=1465736