arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

सुनसरीका सर्वसाधारण उत्साह र उमङ्गका साथ निर्वाचनको व्यग्र प्रतिक्षामाtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड २७, शनिवार)

करिब २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न सुनसरी जिल्लाका सर्वसाधारण उत्साह र उमङ्गका साथ असार १४ को व्यग्र प्रतिक्षामा छन् ।

दुई उपमहानगरपालिका, चार नगरपालिका र छ वटा गाउँपालिका भएको सुनसरीका मतदाता स्थानीय विकासका माग र आवश्यकता पूरा गर्ने उम्मेदवारलाई मतदान गर्नुपर्ने भन्दै एकापसमा सरसल्लाह गरिरहेका छन् ।

यहाँका चिया पसल, हाट, मेलापात, सामाजिक कार्यक्रम र जमघटका छलफल र बहसको विषय स्थानीय चुनाव भएको छ भने राजनीतिक दलका नेता तथा कार्यकर्ता प्रचारप्रसारमा व्यस्त भएका छन् ।

सार्वजनिक यातायातका साधन र राजनीतिक दलका नेता तथा कार्यकर्ताका घर पसलमा दलका झन्डा फहराइएका छन् भने दलगत एवम् व्यक्तिगत रुपमा उम्मेदवार घरदैलो कार्यक्रममा जुटिरहेका छन् ।

चार लाख २१ हजार १५९ मतदाता रहेको सुनसरी जिल्लामा चुनावी प्रचारप्रसारको विश्लेषण गर्दा रामधुनी र दुहबी नगरपालिकामा नेपाली काँग्रेसको बलियो स्थिति देखिन्छ भने धरान उपमहानगरपालिका, इनरुवा र बराह नगरपालिकामा नेकपा एमालेको उपस्थिति सुदृढ पाइएको छ । यद्यपि, एमालेले धरान उपमहानगरमा नगर प्रमुखका उम्मेदवार घोषणा गरिसकेको छैन ।

इटहरी उपमहानगरपालिकामा काँग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ। धरानमा पनि अवस्था त्यस्तै छ । काँग्रेसले कमजोर उम्मेदवार उठाएकाले आफ्नो पक्षका उपमहानगर प्रमुखलाई जिताउन आफूहरुलाई हम्मेहम्मे पर्ने काँग्रेसी कार्यकर्ता बताउँछन् ।

बर्जु, गढी, देवानगन्ज, हरिनगरा, भोक्राहा र कोसी गाउँपालिकामा फोरम लोकतान्त्रिक र नेपाली काँग्रेसबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । बर्जु गाउँपालिका-३ का फातेचन चौधरी एमालेलाई पनि कम आँक्न नमिल्ने बताउँछन् । केही गाउँपालिकामा नेकपा माओवादी केन्द्रको पनि सङ्गठन सुदृढ रहेकाले काँग्रेस, एमाले र माओवादी केन्द्रबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

शिक्षण पेसाबाट निवृत्त भएका शीशाम्बर झा सुनसरी जिल्लामा काँग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा हुने बताउँछन्। उनी भन्छन् - “निर्वाचनप्रति सुनसरीका तराइवासी सबै सकारात्मक छन् । तराई मधेसका नेताप्रति उनीहरुका केही असन्तुष्टि भए पनि मतदानमा सहभागी हुन्छन् । चुनावमा सामेल नभए पछि परिन्छ भन्ने उनीहरुको बुझाइ छ ।”

यसैबीच, जिल्ला निर्वाचन कार्यालयले जिल्लाका सबै मतदान केन्द्रमा खटिने ६०० मतदान अधिकृतको सूची सार्वजनिक गरेको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
प्रदेश न ५ को कपिलबस्तुमा चुनावको रौनक
बाजुराका स्थानीय निर्वाचनमा जिल्लाका चार गाउँपालिका सन्चारको पहुँचबाट टाढा
सुडान घोटालामा सर्वोच्चबाट दोषी ठहर भएका दुई पूर्वप्रहरी महानिरीक्षकलाई जेल चलान
भरतपुर महानगर- १९ मा पुनः मतदान गराउने विषय अझै लम्बियो
मनसुन सुरु भएपनि पूरै सक्रिय हुन अझै केही समय लाग्ने, रोपाइँ सुरु हुन सकेन
उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान
सुनसरीका १२ स्थानीय निकायमा आइतबार शान्तिपूर्ण मनोनयन दर्ता
बाँकेको बैजनाथमा गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच झडप, प्रहरीद्वारा हवाई फायर
बाजुराको डोगडीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु
बुटवलमा माओवादीका पूर्व जिल्ला सदस्यसहित ५० युवा एमालेमा प्रवेश
विराटनगर महानगरपालिकामा एमाले र लोकतान्त्रिक फोरमबीच चुनावी तालमेल
काठमाडौंको गोकर्णेश्वरमा गाई फार्ममा आगलागी हुँदा ५२ वटा गाई मरे
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १.५० घट्यो
राष्ट्रिय जनता पार्टी दोस्रो चरणको निर्वाचनमा पनि सहभागी नहुने, आन्दोलनलाई जारी राख्ने
असार १४ गते हुने स्थानीय निर्वाचनलाई लिएर अछामका उम्मेदवारहरुको घरदैलो कार्यक्रम तीब्र
सुनसरीको धरान उपमहानगरपालिकामा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच तालमेल हुने
माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा प्रकाशित
निर्वाचन आयोगद्वारा प्रदेश नम्बर-१, ५ र ७ को निर्वाचनको कार्यतालिका पुनः परिवर्तन
प्रदेश नम्बर-२ र ५ का ११ जिल्लामा निर्वाचन नगर्न माग गर्दै सर्वोच्चमा रिट
प्रदेश नम्बर २ को निर्वाचन सार्ने सरकारको निर्णय राष्ट्रिय जनता पार्टीलाई अमान्य