arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
धर्म, समाज, संस्कृति

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २, विहीवार)

 

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९औं जन्मजयन्ती देश-विदेशमा विभिन्न कार्यक्रम गरी बिहीबार मनाइँदै  छ ।

यसै सन्दर्भमा बिहीबार काठमाडौंमा नेपाल सांस्कृतिक संघले गरेको कार्यक्रममा सहभागीहरुले देवकोटाले नेपाली साहित्यमा पुर्‍याएको योगदानको स्मरण गरे ।

उनीहरुले विदेशी भाषामासमेत देवकोटाका कृतिहरुको अनुवाद एवं विश्वव्यापीरुपमा प्रचार-प्रसार गर्नुपर्नेमा जोड दिएका थिए ।

१९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन पण्डित तिलमाधव देवकोटा र अमरराज्य लक्ष्मीदेवी देवकोटाका साहिँलो छोराकारुपमा काठमाडौंको डिल्लीबजारमा देवकोटाको जन्म भएको थियो ।

१० वर्षको उमेरबाट साहित्य रचना गर्न थालेका देवकोटाका थुप्रै महाकाव्य, खन्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी, प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृति प्रेम र समाज सुधारका भाव पाइन्छ ।

देवकोटाका साहित्यिक रचनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन भएको पाइन्छ ।

तीन महिनामा 'शाकुन्तल' महाकाव्य, १० दिनमै 'सुलोचना' महाकाव्य र एकैदिनमा ‘कुञ्जिनी’ खन्डकाव्य रचना गर्नसक्ने अलौकिक क्षमता देवकोटामा थियो । उनको खन्डकाव्य 'मुनामदन' त नेपालमा धेरै बिक्री हुने साहित्यिक कृतिमा पर्दछ ।

महाकवि देवकोटाका प्रमुख कृतिमा सुलोचना, प्रमिथस, शाकुन्तल, महाराणाप्रताप, भक्त प्रह्लादलगायत ६ ओटा महाकाव्य र मुनामदन, कुञ्जिनी, सावित्री सत्यवान, वनकुसुमजस्ता २१ ओटा खन्डकाव्य छन् । उनका ६४४ ओटा फुटकर कविता भेटिएका छन् ।

यस्तै, उनले दुईओटा निबन्धसंग्रह र एउटा उपन्यास पनि रचना गरेका थिए । महाकवि देवकोटाको २०१६ साल भदौ २९ गते निधन भएको थियो । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
आज ऋषि पञ्चमी पर्व, हरितालिका तीज आज समापन हुँदै
नागपञ्चमी र रक्षा बन्धन एकसाथ मनाइयो
आदिकवि भानुभक्त आचार्यको आज २०४ औं जन्मजयन्ती
आज गुरुपूर्णिमा पर्व
आज हरिशयनी एकादशी पर्व ब्रत, पूजा-पाठ गरी मनाईंदै
सोमबार ईदको अवसरमा सार्वजनिक बिदा
आज मातातीर्थ औंसी आमाको मुख हेर्ने दिन धुमधाम मनाईंदै
नयाँ वर्ष २०७४ को मुलुकभर भव्य स्वागत
हिन्दु जागरण नेपालले गर्यो पाल्पाको बराङ्ग्दी धर्म परिवर्तन मुक्त क्षेत्र घोषणा
मौलिक संस्कृति जगेर्ना गर्न आव्हान: सत्यमोहन जोशी
ज्योतिष बिज्ञानको चमत्कार: कुन अक्षर भएका ब्यक्तिको कस्तो चरित्र ?
स्वस्थानी ब्रत आरम्भ
नयाँ वर्ष २०१७ को स्वागत
क्रिसमसमा सार्वजनिक विदा
आयुर्वेद ऋषि कमलानन्द अभिनन्दित
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै
हिन्दु जागरण नेपालकाे विषेश पशिक्षण कपिलवस्तुमा सम्पन्न
दिदी बहिनी संगि टिका कार्यक्रम सम्पन्न ।
आज भाईटिका ! दिदीबहिनीहरुद्धारा दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाइदिदै, हर्षउल्लासपूर्वक महान् चाड तिहार मनाइदै
दोस्रो ठूलो चाड तिहार: यम पञ्चकको चौथो दिन हर्षोल्लासका साथ आज परम्पराअनुसार गोवर्धन पूजा गरिँदै
http://go.oclaserver.com/afu.php?zoneid=1465736