सुडानमा शरण लिईरहेका दक्षीणी सुडानका शरणार्थीहरुलाई देश फर्काउने क्रम सुरु
(२०६९ ज्येष्ठ १, आइतवार)
सुडानमा शरण लिईरहेका दक्षीणी सुडानका शरणार्थीहरुलाई देश फर्काउने क्रम सुरु भएको छ ।
सुडानको कोस्तीमा झण्डै एक वर्षदेखी शरण लिईरहेका १५ हजार भन्दा धेरै दक्षीणी सुडानका शरणार्थीहरुलाई संयुक्त राष्ट्रसंघ र अन्य सहयोग निकायको पहलमा देश फर्काउन सुरु गरिएको हो ।
पहिलो चरणमा ४ सय शरणार्थीलाई कोस्तीबाट सुडानको राजधानी खार्तुम पु¥याईएको छभने त्यहाँबाट दक्षीणी सुडानको राजधानी जुबा पठाईनेछ ।
गत जुलाईमा सुडानबाट दक्षीण सुडान अलग्गीएपछि अफ्रिकी महादेशका यी दुई राष्ट्रहरुविच तनाव बढीरहेको छ । गत महिनामात्रै तेल खानीले भरीएको विवादास्पद क्षेत्रमा अधिकार जमाउने क्रममा यी दुई राष्ट्रका सेनाविच युद्ध हुँदा हजार भन्दा धेरै सैनीक मारीएका थिए । |