arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

अफगानिस्तानमा तालिवान आतंककारीद्वारा 'वसन्तऋतु आक्रामक' नामक आक्रमणको घोषणा text size increase   text size decrease   Print    rss (२०७४ वैशाख १५, शुक्रवार)


अफगानिस्तानमा शुक्रबार (आज) तालिवान आतंककारी समूहले वसन्त ऋतुको सुरुवातसँगै 'वसन्तऋतु आक्रामक' नामक आक्रमणको घोषणा गरेका छन् ।

गत हप्ताअगाडि अफगानिस्तानको बाल्ख प्रान्तको मजार ए सरिफ सहरको बाहिरी इलाकामा रहेको एक सैनिक शिवीरमा गरेको भीषण आक्रमणपछि तालिवानले आक्रामक आक्रमणको घोषणा गरेका हुन् ।

गत शुक्रबार सैनिक पोसाकमा रहेका बन्दुकधकारीहरुले उक्त सैनिक शिवीरमा गरेको आक्रमणमा परी कम्तीमा १३५ जना नयाँ जवान सैनिकको मृत्यु भएको थियो ।

यस घटनामा मारिएका आफ्ना आफन्तको अन्तिम संस्कार गरीसकेपछि अत्यन्त क्रोधित भएका आफन्तजनले मन्त्री र सेनाप्रमुखको राजीनामाको माग गरेका थिए । जनताको सोही आवाजको कदर गर्दै प्रतिरक्षामन्त्री र उनका सेना प्रमुखले आफ्नो पदबाट गत सोमबार राजिनामा दिएका थिए ।

यस घटनापछि अफगान अधिकारीले कम्तीमा ३५ जना सैनिकलाई पक्राउ गरेका छन् । अफगानिस्तानमा सन् २००१ बाट सुरु भएको तालिवानसँगको युद्धमा सैनिक पोसाकमा र आफ्ना सहकर्मीबाट बारम्बार आक्रमण हुने गरेको छ ।

यसरी सहकर्मीबाट हुने गरेको आक्रमणमा आफ्नै देशका सहकर्मी अन्र्तराष्ट्रिय सेनामाथि आक्रमण भएको पाइन्छ ।

तालिवान सत्ताबाट हटेको १५ वर्ष पछाडिपनि गत शुक्रबार भएको सैनिक शिविरलक्षित यो आक्रमण अत्यन्त भीषण थियो । सैनिकको पोसाक र आत्मघाती पोशाक लगाएका १० जना बन्दुकधारीले शिविरको मस्जिद र डाइनिंग हलमा फैलिएर रहेका निःसशस्त्र सैनिकमाथि गोली प्रहार गर्न सुरु गरेका थिए ।

सन् २०१४ को अन्त्यमा अमेरिकी आवद्ध नेटो सैनिकले अफगानिस्तानमा जारी तालिबानसँगको युद्धमा आफूहरू सो युद्धमा नजाने घोषणा गर्दै प्रायःनेटो सैनिक त्यहाँबाट फर्किएपछि अफगानिस्तानमा सुरक्षाकर्मीमाथिको आतंककारी आक्रमण बढेको बताइन्छ ।

अमेरिकी निगरानीकर्ता सिगारका अनुसार सन् २०१६ मा अफगानिस्तानमा ६ हजार आठ सय सैनिक र प्रहरी तालिवानले गरेको विभिन्न आक्रमणमा मारिएका थिए । रासस/एएफपी

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
अफगानिस्तानमा तालीवानी विद्रोहीले सातजना गाउँलेको हत्या गरे
अमेरिकी हवाई आक्रमणमा १६ अफगान प्रहरीको मृत्यु
ईजराइलमा तनाव बढ्दै
भारतको १४ औं राष्ट्रपतिमा रामनाथ कोविन्द निर्वाचित
क्यामरुनको अट्लान्टिक सामुद्रीक किनारमा सेनाको डुंगा डुब्दा कम्तीमा ३४ जना सैनिक बेपत्ता
भारतीय राज्य गुजरातमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १५ को मृत्यु
चीनमा प्रजातन्त्र निम्ति अभियन्ता एवं नोबल पुरस्कार विजेता लिउ जियाबोको निधन
ब्राजिलका पूर्व राष्ट्रपति लुला भ्रष्टाचार ठहर
क्यामरुन उत्तरीक्षेत्रमा भएको आत्मघाती बम विस्फोटनमा परी कम्तीमा १४ जनाको मृत्यु
अमेरिका र रुसबीच कूटनीतिक तनाव बल्झने, ३० जना अमेरिकी कूटनीतिज्ञलाई निश्कासन गर्ने तयारी
अफगानिस्तानको विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीमा ७८ जना आतंककारी मारिए
बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको घरमा छापा बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको घरमा छापा
पाकिस्तानमा तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु
चीनको दक्षिण-पश्चिमी प्रान्त सिचुआनमा पहिरो जाँदा १ सय ४० भन्दा बढी मानिस बेपत्ता
दार्जिलिङमा चर्किएको गोर्खाल्यान्ड आन्दोलनकाक्रममा एकजना सुरक्षाकर्मीसहित तीनजनाको मृत्यु
लन्डनस्थित २४ तले टावरमा भएको आगलागीबारे छानविन गर्न आदेश
लिबियामा पाँच वर्षपछि रिहा भए गद्दाफीका छो
बेलायतमा आतंकवादी हमलाको त्रासका बीच आमनिर्वाचन
इरानकाे संसद र आयातोल्लाह खोमेनीको समाधिस्थलमा भएको अातंकवादी आक्रमण
साउदी, इजिप्ट, युएई, बहराइन र यमनद्वारा कतारसँग कुटनीतिक सम्बन्ध विच्छेदको घोषणा