arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

जनताको चाहना बिपरित संसदमा पेस भएको संविधान संशोधन बिद्ययक जर्बजस्ती पास गराउन खोजे सरकारकै बिरुद्धमा निर्णायक लडाई लड्ने: सरोकारवालाtext size increase   text size decrease   Print    rss (२०७३ माघ १३, विहीवार)

पहिलो प्रकासित मिती - पौष-२८, २०७३ 

गोपाल प्रसाद भट्टराई

सन्धिखर्क,अर्घाखाँची । पाँच नम्बर प्रदेशभित्रका नेताहरुले जनताको चाहना बिपरित संसदमा पेस भएको संविधान संशोधन बिद्ययक जर्बजस्ती पास गराउन खोजे सरकारकै बिरुद्धमा निर्णायक लडाई लड्ने भन्दै अबको आन्दोलन राजधानी केन्द्रित हुने बताएका छन् ।

गत मंसिर १४ गते पाँच नम्बर प्रदेश बिभाजन सहित सरकारले संबिधान संशोधन प्रस्ताव अगाडि बढाएपछि मंसिर १५ गतेबाट संयुक्त संघर्ष समिति गठन गरि सुरु भएको आन्दोलन अन्र्तगत सन्धिखर्कको शान्ति बंगैचामा सम्पन्न भएको बिरोध सभामा बोल्ने बक्ताहरुले कसैको उक्साहटमा लागेर सरकारले जनबिरोधि कदम चालेको भन्दै राष्ट्रिय हितको निम्ती संशोधन प्रस्ताब खारेज गरि निर्बाचनमा जानुकोे बिकल्प नभएको जिकिर गरेका छन् ।

 शान्ती बगैचाबाट नाराजुलुस सहित बिरोध य्राली निकाली सन्धिखर्क बजार परिक्रमा पछि पून शान्ति बगैचामा पुगेर सभामा परिणत भएको सभालाई संबोधन गर्दै नेपाली कांग्रेस केन्द्रिय सदस्य पुष्पा भुसालले अखण्ड पाँच नम्बर प्रदेशको पक्षमा भएको आन्दोलन जायज भएको भन्दै संबिधान कार्यान्वयन र राष्ट्रिय हितको निम्ती सरकारले संशोधन बिद्ययक खारेज गर्नुपर्ने बताउनुभयो । नेत्री भुसालले संविधान कार्यान्वयनको निम्ती चुनाबको तयारी गर्न छोडेर संविधान संशोधन तर्फ लागेर सरकारले गल्ती गरेको बताउनुभयो । उहाँले संविधान निर्माणमा जस्तै कार्यान्वयनको निम्ती पनि सबै दल एक ठाउँमा उभिनुपर्ने भन्दै राष्ट्रिय राजनिति मिलाउनको निमित्त चुनाबी सरकार गठन गर्नुपर्ने जिकिर गर्नुभयो ।

नेपाली कांगे्रसका नेता डाक्टर राम बहादुर बि.सी.ले नेपालमा राष्ट्रिय जनमोर्चाले संघियताले देश बिभाजन गर्छ भनेजस्तै अध्ययन बिना ल्याइएको संघियता देश र जनताको हितमा नहुनेभए नेपाली जनताले नै संघियताको टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।

ने.क.पा.एमालेका नेता रामजी घिमिरेले अरुको उक्साहटमा लागेर सरकारले राष्ट्र र जनताको हित बिपरित  ल्याएको संशोधन प्रस्ताव कुनै हालतमा पास नहुने जिकिर गर्दै यदी सरकारले जर्बजस्ती बिद्ययक पास गर्न खोजेमा जनताले सरकारकै बिरुद्ध निर्णायक लडाई लड्ने बताउनुभयो ।नेता घिमिरेले जनताको भावना बिपरित सरकार अगाडि बढेमा देश द्धन्द्धमा जाने भन्दै सरकारलाई सचेत हुन आग्रह समेत गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका लुम्बिनी-राप्ती क्षेत्रिय उपाध्यक्ष शेर बहादुर बि.सी.ले अहिलेको संशोधन प्रस्ताव भारतको डिजाइनमा नेपाल सरकार उसको एजेन्ट बनेर ल्याएकोले संशोधन बिद्ययक जसरीपनि खारेज गर्नुपर्ने बताउनुभयो ।नेता बि.सी.ले अहिलेको संशोधन बिद्ययक पास भएमा भारतको जित हुने र नेपालले ठुलो मुल्य चुकाउनुपर्ने दाबी गर्दै राष्ट्रिय हितको निम्ती बिद्ययक फेल गराउन सबै राष्ट्रभत्तहरु एक हुनुपर्ने बताउनुभयो ।

यस्तै नेपाल परिवार दलका अध्यक्ष डिल्लीराज भुसाल र नयाँ शक्ति नेपालका नेता खिम बहादुर बि.क.ले जनप्रतिनिधिहरुको सरकारले जनबिरोधि काम गर्न नहुने भन्दै अखण्ड पाँच नम्बर प्रदेशके सुनिश्चितता नभए आफुहरु जस्तोसुकै मुल्य चुकाउन पछि नपर्ने बताउनुभयो ।

कार्यक्रम नेपाली कांग्रेसका जिल्ला सभापति तथा संयुक्त संघर्ष समितिका संयोजक बिष्णु प्रसाद खनाल मुस्कानको अध्यक्षता र राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका अध्यक्ष कविराम खनालको संचालनमा सम्पन्न भएको हो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
टोपबहादुर रायमाझिको नेतृत्वमा माओवादी केन्द्र सरकारमा जाने उपप्रधानमन्त्री सहित गृह रायमाझीलाई
प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी LIVE UPDATE
LIVE UPDATE:- प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी
प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी
पहिलो चरणको निर्वाचन भएका ३२ जिल्लाका मतगणना सुरु
पाल्पाको रामपुर दरैठाटीमा मतदान गरेलगत्तै ८० वर्षीय वृद्धको मृत्यु
निर्वाचन बिरोधी गतिविधि गरेको आरोपमा सीके राउत पक्राउ
प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा उत्साहजनक मतदान
आज प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन हुँदै
निर्वाचनसम्पन्न भएको एक साताभित्रै सबै परिणाम आउने
मौन अवधि सुरु, आजबाट प्रचारमा रोक –आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज
प्रदेशबाट अर्घाखाँचीका बाम गठबन्धन प्रदेश १ का उम्मेदवार चेतनारायणलाई पत्र
पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न
आज प्रतिनिधिसभा र प्रदेशसभाको लागि पहिलो चरणको मतदान हुँदै
पेरिस डाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली (फोटो फिचर)
रामविरको घोषणा : भष्ट्राचार गर्नुपरे राजनिति बाटै सन्यांस लिन्छु
पूर्व डिआईजी सिलवाल एमालेमा प्रवेश
एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेद्वार छनोट कार्य तीव्र बनायो
एउटा गाउँपालिका जित्न चार/पाँच करोड खर्च भएको छ : दाहाल
एमालेद्वारा वीरगन्ज महानगरमा उम्मेदवार घोषणा
http://go.oclaserver.com/afu.php?zoneid=1465736