arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेद्वार छनोट कार्य तीव्र बनायो text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २६, विहीवार)

world news

अभियानका बेला तनाव थियोएमालेविरूद्ध झुठो प्रचार गरेर आतंकित गरिएको थियो,’ उनले भने,’अहिले सबैले वास्तविक कुरा बुझिसके।

उनले राजविराजमा एमाले अब चुनाव जित्ने अवस्थामा रहेको दाबी गरे।

सिराहाको सदरमुकाम सिराहा नगरपालिकामा डा.नवीन यादव सिफारिस गरिएको जिल्ला कमिटी अध्यक्ष प्रमोद यादवले जानकारी दिए।

उनी एमालेका पूर्वसांसद हेमनारायण यादवका छोरा हुन्। सांसद २०६० सालमा धनगढीमा भएको पार्टीको कार्यक्रमबाट फर्कने क्रममा उनका बुवा बेपत्ता भएका थिए। केही दिनपछि उनको शब भेटिएको थियो। उनलाई नेपाली सेनाले बेपत्ता बनाएको प्रमाण भेटिएकाले सेनाले नै हत्या गरेको एमालेको निष्कर्ष छ।

उनका छोरा डा.नवीन यादव एमाले छोडेर मधेसी जनाधिकार फोरम(लोकतान्त्रिक)मा गएका थिए। केहीसमयअघि उनी एमाले फर्किएका हुन्।

सिराहाको अर्को  नगर लाहानमा मुन्नि साह मेयर उम्मेदवारमा सिफारिस भएका छन्। उनी २०५४ सालको स्थानीय निर्वाचनमा पनि एमालेबाट यहाँको मेयरमा निर्वाचित भएका थिए।

उनी बीचमा केहीसमय माओवादीमा पनि सक्रिय थिए। केहीसमय अघि उनी एमाले फर्किएका हुन्।

अर्को नगर मिर्चैयाको मेयरमा प्रदीप महासेठाई सिफारिस गरिएको अध्यक्ष यादवले बताए। महासेठ जिल्ला कमिटीका सचिवालय सदस्य हुन्।

महोत्तरी सदरमुकाममा जलेश्वरको मेयरका लागि तीन जनाको नाम सिफारिस भएको छ। माधव मण्डल,मनोहर महतो र गोपाल महतको नाम सिफारिस भएको जिल्ला कमिटी सचिव भानु पोख्रेलले जानकारी दिए।

सर्लाही सदरमुकाम मलङ्वा नगरपालिकाको मेयरमा  देवेन्द्र यादवलाई उठाउने निर्णय भएको जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी दिए।

पन्तका अनुसार सर्लाहीका सबै स्थानीय तहका उम्मेद्वारका लागि जिल्ला कमिटीले एक-एक जनाको मात्रै नाम सिफारिस गरेको थियो। अहिले प्रदेश कमिटीले पनि निर्णय गरिसकेको छ।

अब प्रदेश कमिटीले पनि निर्णय गरिसकेको छ,’ अध्यक्ष पन्तले भने,’उम्मेद्वारहरू भोट माग्न हिडिसक्नु भएको छ। गाउँगाउँमा कार्यक्रम भइरहेको छ।

सर्लाहीको लालबन्दी नगरपालिकाको मेयरको टिकट मान बहादुर खड्काले पाएका छन्। यस्तैबाग्मती नगरपालिका राजघाटका पूर्वअध्यक्ष विष्णु पुलामी र हरिवन नगरपालिकामा गणेश प्रसाईंले मेयरको टिकट पाएका छन्।

रौतहट सदरमुकाम गौरमा शम्भु साह सिफारिस भएका छन्। उनी  एमाले गौर नगर कमिटीका सदस्य हुन्। जनतामाझ लोकप्रिय उम्मेद्वार भएका कारण साहलाई अघि सारिएको जिल्ला कमिटी अध्यक्ष कमल यादवले बताए।

रौतहटको अर्को महत्वपूर्ण नगरपालिका चन्द्रनिगाहपुरमा एमालेले युवा उम्मेद्वार बाबुराम दाहाललाई अघि सारेको छ। उनी युवा संघको पृष्ठभूमिबाट आएका हुन्।

सेतोपाटीबाट

 

           

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
अब देशभर ४ महानगरपालिका र १२ उपमहानगरपालिका, ललितपुर, पोखरा र भरतपुर महानगरपालिका बन्ने
एमालेसहितका विपक्षी दलहरुद्वारा सत्ता पक्ष उदण्ड बन्दै गएको भन्दै अब चूप लागेर नबस्ने चेतावनी
संशोधन प्रस्ताव समयमै सरकारले फिर्ता नलिए मुलुक भिडन्तमा जाने खतरा :भिम रावल
मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक
प्रहरी बिटमा स्थानीय बासिन्दाले आक्रमण गर्दा १० जनाभन्दा बढी प्रहरी घाइते (भिडियो सहित)
जुत्ता प्रहार सामान्य घटना हो: बाबुराम भट्टराई (भिडियो सहित)
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका ९ जना केन्द्रिय सदस्यले पार्टी छाडे
एमालेले दियो भारतलाई चेताबनी: हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नगर
तराई र पहाडलाई छुट्याउने षडयन्त्रका साथ आएको संविधान संशोधन प्रस्ताव कुनैपनि हालतमा सफल हुन नदिने : खनाल
राष्ट्रपति भवन शितल निवासमा सर्वदलीय बैठक
संशोधन प्रस्ताव महत्वपूर्ण कदम: भारत
दाहालले भने भेटेर कुरा गरौ, ओलीले जवाफमा भने कुरा त के तपाइको मुख समेत हेर्न मन छैन
काठमान्डौमा प्रधानमन्त्री प्रचण्डको पुतला जलाउनुका साथै सवारी आवागमनमा अवरोध
वाग्मती तथा विष्णुमती नदी किनार अतिक्रमण गरी अव्यवस्थित बसोबास
नेकपा मार्क्सवादीका अध्यक्ष माधव ज्ञवालीको निधन
भारतबाट आएको संविधान संशोधन प्रस्तावलाई पारित हुन दिनु हुदैन: योगेश भट्टराई
मुगुमा रारा गाउँपालिकाको माग गर्दै मसाल जुलुस प्रदर्शन
तत्काल कुरा नमिले पुरानै संरचनामा भएपनि स्थानीय निकायको निर्वाचन हुने:सभापति देउवा
अखिल छैठौं केन्द्रिय समितिको दोस्रो पुर्ण बैठक बुटवलमा सुरु
अाफुले चुनाब जिते तरुणहरुको पक्षमा डटेर काम गर्ने तरुण नेता कपिल पोख्रेलको भनाई
http://go.oclaserver.com/afu.php?zoneid=1465736