arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेद्वार छनोट कार्य तीव्र बनायो text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २६, विहीवार)

world news

अभियानका बेला तनाव थियोएमालेविरूद्ध झुठो प्रचार गरेर आतंकित गरिएको थियो,’ उनले भने,’अहिले सबैले वास्तविक कुरा बुझिसके।

उनले राजविराजमा एमाले अब चुनाव जित्ने अवस्थामा रहेको दाबी गरे।

सिराहाको सदरमुकाम सिराहा नगरपालिकामा डा.नवीन यादव सिफारिस गरिएको जिल्ला कमिटी अध्यक्ष प्रमोद यादवले जानकारी दिए।

उनी एमालेका पूर्वसांसद हेमनारायण यादवका छोरा हुन्। सांसद २०६० सालमा धनगढीमा भएको पार्टीको कार्यक्रमबाट फर्कने क्रममा उनका बुवा बेपत्ता भएका थिए। केही दिनपछि उनको शब भेटिएको थियो। उनलाई नेपाली सेनाले बेपत्ता बनाएको प्रमाण भेटिएकाले सेनाले नै हत्या गरेको एमालेको निष्कर्ष छ।

उनका छोरा डा.नवीन यादव एमाले छोडेर मधेसी जनाधिकार फोरम(लोकतान्त्रिक)मा गएका थिए। केहीसमयअघि उनी एमाले फर्किएका हुन्।

सिराहाको अर्को  नगर लाहानमा मुन्नि साह मेयर उम्मेदवारमा सिफारिस भएका छन्। उनी २०५४ सालको स्थानीय निर्वाचनमा पनि एमालेबाट यहाँको मेयरमा निर्वाचित भएका थिए।

उनी बीचमा केहीसमय माओवादीमा पनि सक्रिय थिए। केहीसमय अघि उनी एमाले फर्किएका हुन्।

अर्को नगर मिर्चैयाको मेयरमा प्रदीप महासेठाई सिफारिस गरिएको अध्यक्ष यादवले बताए। महासेठ जिल्ला कमिटीका सचिवालय सदस्य हुन्।

महोत्तरी सदरमुकाममा जलेश्वरको मेयरका लागि तीन जनाको नाम सिफारिस भएको छ। माधव मण्डल,मनोहर महतो र गोपाल महतको नाम सिफारिस भएको जिल्ला कमिटी सचिव भानु पोख्रेलले जानकारी दिए।

सर्लाही सदरमुकाम मलङ्वा नगरपालिकाको मेयरमा  देवेन्द्र यादवलाई उठाउने निर्णय भएको जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी दिए।

पन्तका अनुसार सर्लाहीका सबै स्थानीय तहका उम्मेद्वारका लागि जिल्ला कमिटीले एक-एक जनाको मात्रै नाम सिफारिस गरेको थियो। अहिले प्रदेश कमिटीले पनि निर्णय गरिसकेको छ।

अब प्रदेश कमिटीले पनि निर्णय गरिसकेको छ,’ अध्यक्ष पन्तले भने,’उम्मेद्वारहरू भोट माग्न हिडिसक्नु भएको छ। गाउँगाउँमा कार्यक्रम भइरहेको छ।

सर्लाहीको लालबन्दी नगरपालिकाको मेयरको टिकट मान बहादुर खड्काले पाएका छन्। यस्तैबाग्मती नगरपालिका राजघाटका पूर्वअध्यक्ष विष्णु पुलामी र हरिवन नगरपालिकामा गणेश प्रसाईंले मेयरको टिकट पाएका छन्।

रौतहट सदरमुकाम गौरमा शम्भु साह सिफारिस भएका छन्। उनी  एमाले गौर नगर कमिटीका सदस्य हुन्। जनतामाझ लोकप्रिय उम्मेद्वार भएका कारण साहलाई अघि सारिएको जिल्ला कमिटी अध्यक्ष कमल यादवले बताए।

रौतहटको अर्को महत्वपूर्ण नगरपालिका चन्द्रनिगाहपुरमा एमालेले युवा उम्मेद्वार बाबुराम दाहाललाई अघि सारेको छ। उनी युवा संघको पृष्ठभूमिबाट आएका हुन्।

सेतोपाटीबाट

 

           

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
संशोधनको नाममा राष्ट्रियतामा आँच पुग्ने कुनै कुरामा एमाले सहमत हुदैन : झलनाथ खनाल
नेपालको राजनीतिक समस्या समाधानमा कसैको हस्तक्षेप र दबाब स्वीकार्य नहुने: माधवकुमार नेपाल
एमाले शीर्ष नेताहरुको एउटै बोली, औचित्य पुष्टि गरे ,संविधान संशोधन प्रस्तावमा सहयोग गर्ने
मधेसी दलका नेताहरुले मधेस विरोधी भन्दै प्रचार गरिरहेका बेला एमालेका नेताहरु मधेस झरे
मित्र राष्ट्रका प्रमुख आफ्नो देशमा हुँदा हाम्रोमा नाकाबन्दी, हाम्रो देशमा आउँदा कर्फ्यू मित्रता भारी पर्ने भो: राजेश हमाल
संविधानको कार्यान्वयनका लागि संसोधन अनिवार्य : डा शशांक कोइराला
शेखर कोइरालालाई अर्घाखाँची कांग्रेसको भब्य स्वागत
लोकमान विरुद्धको महाअभियोग प्रस्ताव पारित नभएसम्म आन्दोलन नरोकिने: संयुक्त विद्यार्थी संगठन
तीन दलको सहमतिमा लोकमानसिंह कार्की माथिको महाअभियोग प्रस्ताव पास हुने : माधवकुमार नेपाल
लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावले देशैभरि दीपावलीको माहोल : शेरबहादुर देउवा
लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावले देशैभरि दीपावलीको माहोल : शेरबहादुर देउवा
लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावलाई जसरी पनि पारित गराउनु पर्छ: एमाले
लोकमानसिंह कार्कीविरूद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता
एमाले रुपन्देहीको अध्यक्षमा पुरुषोत्तम घिमिरे र शिब सुबेदी भिड्दै
सांसदहरूले संविधान संसोधन प्रक्रियाबारे सरकारसँग जवाफ मागे
सुवासचन्द्र नेम्वाङले संविधान संसोधन विधेयकको मस्यौदा देखाउन सत्तापक्षलाई चुनौती दिए
हिन्दी भाषाले किन प्राथमिकता पायो ? संसद बैठकमा सांसदहरुको चर्को आपत्ति, (भिडियोसहित)
एमालेको चियापानमा यस्तो देखियो (फोटो फिचर)
एमालेको चियापान: राजनीतिक निकासका लागि एक हुने
एमालेले चुनावअघि संविधान संशोधन गर्न नदिने संकेत
http://go.oclaserver.com/afu.php?zoneid=1465736