arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेद्वार छनोट कार्य तीव्र बनायो text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २६, विहीवार)

world news

अभियानका बेला तनाव थियोएमालेविरूद्ध झुठो प्रचार गरेर आतंकित गरिएको थियो,’ उनले भने,’अहिले सबैले वास्तविक कुरा बुझिसके।

उनले राजविराजमा एमाले अब चुनाव जित्ने अवस्थामा रहेको दाबी गरे।

सिराहाको सदरमुकाम सिराहा नगरपालिकामा डा.नवीन यादव सिफारिस गरिएको जिल्ला कमिटी अध्यक्ष प्रमोद यादवले जानकारी दिए।

उनी एमालेका पूर्वसांसद हेमनारायण यादवका छोरा हुन्। सांसद २०६० सालमा धनगढीमा भएको पार्टीको कार्यक्रमबाट फर्कने क्रममा उनका बुवा बेपत्ता भएका थिए। केही दिनपछि उनको शब भेटिएको थियो। उनलाई नेपाली सेनाले बेपत्ता बनाएको प्रमाण भेटिएकाले सेनाले नै हत्या गरेको एमालेको निष्कर्ष छ।

उनका छोरा डा.नवीन यादव एमाले छोडेर मधेसी जनाधिकार फोरम(लोकतान्त्रिक)मा गएका थिए। केहीसमयअघि उनी एमाले फर्किएका हुन्।

सिराहाको अर्को  नगर लाहानमा मुन्नि साह मेयर उम्मेदवारमा सिफारिस भएका छन्। उनी २०५४ सालको स्थानीय निर्वाचनमा पनि एमालेबाट यहाँको मेयरमा निर्वाचित भएका थिए।

उनी बीचमा केहीसमय माओवादीमा पनि सक्रिय थिए। केहीसमय अघि उनी एमाले फर्किएका हुन्।

अर्को नगर मिर्चैयाको मेयरमा प्रदीप महासेठाई सिफारिस गरिएको अध्यक्ष यादवले बताए। महासेठ जिल्ला कमिटीका सचिवालय सदस्य हुन्।

महोत्तरी सदरमुकाममा जलेश्वरको मेयरका लागि तीन जनाको नाम सिफारिस भएको छ। माधव मण्डल,मनोहर महतो र गोपाल महतको नाम सिफारिस भएको जिल्ला कमिटी सचिव भानु पोख्रेलले जानकारी दिए।

सर्लाही सदरमुकाम मलङ्वा नगरपालिकाको मेयरमा  देवेन्द्र यादवलाई उठाउने निर्णय भएको जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी दिए।

पन्तका अनुसार सर्लाहीका सबै स्थानीय तहका उम्मेद्वारका लागि जिल्ला कमिटीले एक-एक जनाको मात्रै नाम सिफारिस गरेको थियो। अहिले प्रदेश कमिटीले पनि निर्णय गरिसकेको छ।

अब प्रदेश कमिटीले पनि निर्णय गरिसकेको छ,’ अध्यक्ष पन्तले भने,’उम्मेद्वारहरू भोट माग्न हिडिसक्नु भएको छ। गाउँगाउँमा कार्यक्रम भइरहेको छ।

सर्लाहीको लालबन्दी नगरपालिकाको मेयरको टिकट मान बहादुर खड्काले पाएका छन्। यस्तैबाग्मती नगरपालिका राजघाटका पूर्वअध्यक्ष विष्णु पुलामी र हरिवन नगरपालिकामा गणेश प्रसाईंले मेयरको टिकट पाएका छन्।

रौतहट सदरमुकाम गौरमा शम्भु साह सिफारिस भएका छन्। उनी  एमाले गौर नगर कमिटीका सदस्य हुन्। जनतामाझ लोकप्रिय उम्मेद्वार भएका कारण साहलाई अघि सारिएको जिल्ला कमिटी अध्यक्ष कमल यादवले बताए।

रौतहटको अर्को महत्वपूर्ण नगरपालिका चन्द्रनिगाहपुरमा एमालेले युवा उम्मेद्वार बाबुराम दाहाललाई अघि सारेको छ। उनी युवा संघको पृष्ठभूमिबाट आएका हुन्।

सेतोपाटीबाट

 

           

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
माधव नेपालको संविधानसभा सम्बन्धी अभिव्यक्ति र संविधानसभाको म्याद थप्ने प्रश्न - मोहनविक्रम सिंह
कमरेड विभिषणको डायरी - मुकुन्द थापा
संविधानसभाको म्याद थप गर्नेबारे लगातार अनिर्णित रहँदै आएको ठूला दलहरुको बैठक फेरि निष्कर्षविहीन
प्रमुख दलहरुबीच सहमति हुन नसकेपछि तेश्रो पटक पनि व्यवस्थापिका संसदको बैठक सूचना टाँस गरेर स्थगित
पूर्व राजा ज्ञानेन्द्र शाहद्बारा राजसंस्था अन्त्य गर्ने कदमबाट पर्ने वास्तविक असर बुझ्न र महसूस गर्न जनता बाँकी रहेको उल्लेख (भिडियो सहित)
संविधानसभाको म्याद जेठ १४ गते सम्म नथपिए संसद , संविधानसभा र सरकार स्वतः विघटन हुने
माओवादी वर्तमान सरकारको विघटन र राष्ट्रिय सरकार गठन हुनुपर्ने अडानमा अडिग
माओवादीका अधिकांश नेता संविधानसभाको निशर्त म्याद नथप्ने पक्षमा
तमलोपा नेताको दुर्घटनामा परि निधन
प्रधानमन्त्री नेपालद्वारा आफ्नो अभिव्यक्तिप्रति सत्तारुढ दस दलको बैठकमा आत्मालोचना
पूर्वराजा ज्ञानेन्द्र नेपालगन्जमा शुभेच्छुकहरुलाई भेट्दै, समर्थकहरुले राजतन्त्र र हिन्दु राज्यको पक्षमा नाराबाजी
नर्वेली मन्त्रीद्बारा जेठ १४ सम्म सहमति नजुटे संवैधानिक संकट उत्पन्न हुने चिन्ता व्यक्त
माओवादीका पुराना नेतासहित सयौं कार्यकर्ताहरुले पार्टी परित्याग
प्रधान मन्त्रीद्वारा संविधान सभाको एक वर्ष म्याद थप्ने तयारीबारे राष्ट्रपतिलाई जानकारी, दाहालसँग टेलिफोनमा कुराकानी
जेठ १४ सम्म सहमति नभए पनि संविधानसभा रिक्त नहुने:- माओवादी दाहाल
राजनीतिक गतिरोधका कारण तनावमा रहेका माओवादी दाहाल एकान्त खोज्दै धुलिखेलमा
माओवादीले नेतृत्व पाउन कठिन'
यस्तो छ नयाँ सरकार बनाउन एमालेको रोडम्याप
अबको सरकारको नेतृत्व कङ्ग्रेसले लिनुपर्ने'
माओवादीका कारण सहमति बनेनः एमाले
http://go.oclaserver.com/afu.php?zoneid=1465736