arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेद्वार छनोट कार्य तीव्र बनायो text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २६, विहीवार)

world news

अभियानका बेला तनाव थियोएमालेविरूद्ध झुठो प्रचार गरेर आतंकित गरिएको थियो,’ उनले भने,’अहिले सबैले वास्तविक कुरा बुझिसके।

उनले राजविराजमा एमाले अब चुनाव जित्ने अवस्थामा रहेको दाबी गरे।

सिराहाको सदरमुकाम सिराहा नगरपालिकामा डा.नवीन यादव सिफारिस गरिएको जिल्ला कमिटी अध्यक्ष प्रमोद यादवले जानकारी दिए।

उनी एमालेका पूर्वसांसद हेमनारायण यादवका छोरा हुन्। सांसद २०६० सालमा धनगढीमा भएको पार्टीको कार्यक्रमबाट फर्कने क्रममा उनका बुवा बेपत्ता भएका थिए। केही दिनपछि उनको शब भेटिएको थियो। उनलाई नेपाली सेनाले बेपत्ता बनाएको प्रमाण भेटिएकाले सेनाले नै हत्या गरेको एमालेको निष्कर्ष छ।

उनका छोरा डा.नवीन यादव एमाले छोडेर मधेसी जनाधिकार फोरम(लोकतान्त्रिक)मा गएका थिए। केहीसमयअघि उनी एमाले फर्किएका हुन्।

सिराहाको अर्को  नगर लाहानमा मुन्नि साह मेयर उम्मेदवारमा सिफारिस भएका छन्। उनी २०५४ सालको स्थानीय निर्वाचनमा पनि एमालेबाट यहाँको मेयरमा निर्वाचित भएका थिए।

उनी बीचमा केहीसमय माओवादीमा पनि सक्रिय थिए। केहीसमय अघि उनी एमाले फर्किएका हुन्।

अर्को नगर मिर्चैयाको मेयरमा प्रदीप महासेठाई सिफारिस गरिएको अध्यक्ष यादवले बताए। महासेठ जिल्ला कमिटीका सचिवालय सदस्य हुन्।

महोत्तरी सदरमुकाममा जलेश्वरको मेयरका लागि तीन जनाको नाम सिफारिस भएको छ। माधव मण्डल,मनोहर महतो र गोपाल महतको नाम सिफारिस भएको जिल्ला कमिटी सचिव भानु पोख्रेलले जानकारी दिए।

सर्लाही सदरमुकाम मलङ्वा नगरपालिकाको मेयरमा  देवेन्द्र यादवलाई उठाउने निर्णय भएको जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी दिए।

पन्तका अनुसार सर्लाहीका सबै स्थानीय तहका उम्मेद्वारका लागि जिल्ला कमिटीले एक-एक जनाको मात्रै नाम सिफारिस गरेको थियो। अहिले प्रदेश कमिटीले पनि निर्णय गरिसकेको छ।

अब प्रदेश कमिटीले पनि निर्णय गरिसकेको छ,’ अध्यक्ष पन्तले भने,’उम्मेद्वारहरू भोट माग्न हिडिसक्नु भएको छ। गाउँगाउँमा कार्यक्रम भइरहेको छ।

सर्लाहीको लालबन्दी नगरपालिकाको मेयरको टिकट मान बहादुर खड्काले पाएका छन्। यस्तैबाग्मती नगरपालिका राजघाटका पूर्वअध्यक्ष विष्णु पुलामी र हरिवन नगरपालिकामा गणेश प्रसाईंले मेयरको टिकट पाएका छन्।

रौतहट सदरमुकाम गौरमा शम्भु साह सिफारिस भएका छन्। उनी  एमाले गौर नगर कमिटीका सदस्य हुन्। जनतामाझ लोकप्रिय उम्मेद्वार भएका कारण साहलाई अघि सारिएको जिल्ला कमिटी अध्यक्ष कमल यादवले बताए।

रौतहटको अर्को महत्वपूर्ण नगरपालिका चन्द्रनिगाहपुरमा एमालेले युवा उम्मेद्वार बाबुराम दाहाललाई अघि सारेको छ। उनी युवा संघको पृष्ठभूमिबाट आएका हुन्।

सेतोपाटीबाट

 

           

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
बाह्य शक्तिको ईशारामा नयाँ सरकार गठन:चित्रबहादुर केसी
केपी शर्मा ओलीसँग चिनियाँ राजदूत ऊ चुन्ताईले ओली निवास बालकोटमा शुक्रबार भेटवार्ता सम्पन्न
सरकार र मोर्चाबीच मधेस आन्दोलनका मृतकलाई सहिद घोषणा र घाइतेको उपचार गर्ने सहमति
खोजेको मन्त्रालय नपाएपछि मन्त्री चयनमा कांग्रेसमा असन्तुष्टि
प्रधानमन्त्री र मन्त्रीहरुको सपथ समारोह (तस्बिर सहित)
पुष्पकमल दाहाल नेतृत्वको सरकार असफल भए माओवादी पत्तासाफ हुन्छ : रामबहादुर थापा
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा पद तथा गोपनियताको शपथ
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको पद तथा गोपनीयताको शपथ बिहीबार
दाहाल प्रधानमन्त्री हुदाका रोचक दृश्यहरु
पुष्पकमल दाहाल ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रधानमन्त्रीमा उम्मेद्वारी दर्ता
नयाँ प्रधानमन्त्रीका लागि माओवादी केन्द्रका पुष्पकमल दाहालले उम्मेदवारी दर्ता
नयाँ प्रधानमन्त्रीका लागि साउन १९ गते संसदमा निर्वाचन हुने
सहमतीय सरकारको सम्भावना नरहेको भन्दै प्रमुख दल नेताहरुद्वारा अब बहुमतीय प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई सुझाव
दाहाल नेतृत्वमा बन्ने सरकारमा एमाले सहभागी हुदैन : माधवकुमार नेपाल
संविधान कार्यान्वयनका लागि एमालेसँगको सहकार्य गर्नु पर्दछ : गगन थापा
कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाबीच राजनीतिक समझदारी कायम गर्न कार्यदल गठन
कामचलाऊ प्रधानमन्त्रीद्वारा नेपालले दुई छिमेकी मुलकबाट सार्वभौम र सम्मानपूर्ण सम्बन्ध चाहेको
सात बुँदे सहमति खारेज भई नयाँ सहमति भए सहमतीय सरकार निर्माण हुनसक्ने: योगेश भट्टराई
बाधा अड्काउ फुकाउ आदेश व्यवस्थापिका संसदले बहुमतले पारित