arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

पर्वतका निर्वाचित पदाधिकारीहरुले शपथग्रहण गरी पदभारसमेत ग्रहण गरेtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ५, शुक्रवार)



पर्वतका स्थानीय तहमा निर्वाचित पदाधिकारीहरुले शुक्रबार शपथग्रहण गरी पदभारसमेत ग्रहण गरेका छन् ।

नेकपा एमालेबाट निर्वाचित फलेबास नगरपलिकाका प्रमुख पदमपाणि शर्मा र उपप्रमुख मञ्जु अधिकारीले फलेबासमै शपथ लिइ पदभार ग्रहण गरे ।

सो अवसरमा शर्मा र अधिकारीले निर्वाचनकाबेला गरेको बाचा पूरा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख शर्माले खुला आकाशमुनि रहेको नगरपालिकालाई व्यवस्थित गर्नु पहिलो जिम्मेवारी हुने भन्दै फलेबासलाई समृद्ध नगरकोरुपमा विकास गर्न तत्कालीन र दीर्घकालीन योजना लागू गर्ने बताए ।

यसैगरी, नेपाली कांग्रेसबाट निर्वाचित कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र सीता काफ्ले लामिछानेसहितका पदाधिकारीहरुले पनि शुक्रबारै पदभार ग्रहण गरे ।

सो अवसरमा नवनिर्वाचित प्रमुख जोशी र लामिछानेले कुश्माबजारलाई मुलुककै नमुना नगर बनाउने प्रतिबद्धता जनाए ।

प्रमुख जोशीले कुश्मालाई आर्थिक, सामाजिक, भौतिक, शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानी सडकजस्ता पूर्वाधारयुक्त समृद्ध नगर बनाउने बताए ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश मोहनराज भट्टराईले नवनिर्वाचित पदाधिकारीहरुको कार्यकालको सफलताका लागि शुभकामना दिए ।

पर्वतका सातओटा स्थानीय तहमध्ये एक नगरपालिकासहित चारओटा स्थानीय तहमा एमाले विजयी भएको छ भने एक नगरपालिकासहित तीनओटा तहमा कांग्रेसले जित हासिल गरेको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
नेपालीलाई उद्धार गर्न परराष्ट्रको पहल
व्यवस्थित ढल निकास नभएकाले वर्षाको पानी जमेर जिल्ला अस्पताल सिरहा जलमग्न
एमालेद्धारा कांग्रेसलाई एक साताभित्र राष्ट्रिय सहमतिको सरकारका लागि प्रधानमन्त्रीको उमेदवार प्रस्तुत गर्न सल्लाह
प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा नयाँ संसदबाट निर्वाचित प्रधानमन्त्रीलाई मात्रै सत्ता हस्तान्तरण गर्ने उद्घोष
अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च
नवगठित नेकपा माओवादीको पोलिटब्यूरो बैठकले सीपी गजुरेललाई उपाध्यक्ष तथा देव गुरुङ र नेत्रविक्रम चन्द विप्लवलाई सचिव
"रियो प्लस टवान्टी" मा सहभागी भई प्रधानमन्त्री बाबुराम भटटराई स्वदेश फर्के
काग्रेस सुशिल कोइरालाको नेतृत्वमा सहमतिको सरकार बनाउने तयारी
आगामी मङ्सिर ७ गतेसम्म नभए चैतसम्म निर्वाचन गर्न सकिने निर्वाचन आयुक्तको भनाई
पार्टी पुटाएपछि अध्यक्षको हैसियतमा नेकपा-माओवादीका अध्यक्ष वैद्यद्धारा पहिलो पटक राष्ट्रपतिलाई भेट
गंभीर विरामी नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेललाई आइसीयुमा
कालो सूचिमा पर्नबाट जोगियो नेपाल
संविधानसभाको समाप्ति पछि कामचलाउ सरकारलाई पूर्ण आकारको बजेट ल्याउन राष्ट्रिय सहमति जुटाउनुपर्ने चुनौती
एसएलसी परीक्षा अनुत्तीर्ण हुने विद्यार्थीले अब टी एसएलसी अर्थात् प्राविधिक एसएलसी दिएर उच्च शिक्षा अध्ययन गर्न पाउने
एकीकृत माओवादीका पुष्पकमल दाहाल प्रचण्डद्धारा पार्टी फुटाउनेहरु ईतिहासको पानामा सिमित हुने चेतावनी
मधेशी फोरम लोकतान्त्रिकको भ्रातृ संगठन मधेशी मुस्लिमका सम्पूर्ण सदस्यद्धारा पार्टी परित्याग गरेको घोषणा
भट्टराई सरकारले घोषणा गरेको निर्वाचन वैधानिक: पौडेल
नाम मात्रैको नागरिक बडाप
भविष्यका कर्णधार मानिने स्कूले विद्यार्थीहरु लागू औषधको शिकार हुने क्रम बढ्दै गएको भन्दै सरोकारवालाहरुद्धारा चिन्ता व्यक्त
अध्यादेश मार्फत पूर्ण बजेट ल्याउने कामचलाउ सरकारको प्रस्तावलाई विघटित संविधान सभाका ठुला विपक्षी दलहरुद्धारा अस्वीकार