arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

पर्वतका निर्वाचित पदाधिकारीहरुले शपथग्रहण गरी पदभारसमेत ग्रहण गरेtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ५, शुक्रवार)



पर्वतका स्थानीय तहमा निर्वाचित पदाधिकारीहरुले शुक्रबार शपथग्रहण गरी पदभारसमेत ग्रहण गरेका छन् ।

नेकपा एमालेबाट निर्वाचित फलेबास नगरपलिकाका प्रमुख पदमपाणि शर्मा र उपप्रमुख मञ्जु अधिकारीले फलेबासमै शपथ लिइ पदभार ग्रहण गरे ।

सो अवसरमा शर्मा र अधिकारीले निर्वाचनकाबेला गरेको बाचा पूरा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख शर्माले खुला आकाशमुनि रहेको नगरपालिकालाई व्यवस्थित गर्नु पहिलो जिम्मेवारी हुने भन्दै फलेबासलाई समृद्ध नगरकोरुपमा विकास गर्न तत्कालीन र दीर्घकालीन योजना लागू गर्ने बताए ।

यसैगरी, नेपाली कांग्रेसबाट निर्वाचित कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र सीता काफ्ले लामिछानेसहितका पदाधिकारीहरुले पनि शुक्रबारै पदभार ग्रहण गरे ।

सो अवसरमा नवनिर्वाचित प्रमुख जोशी र लामिछानेले कुश्माबजारलाई मुलुककै नमुना नगर बनाउने प्रतिबद्धता जनाए ।

प्रमुख जोशीले कुश्मालाई आर्थिक, सामाजिक, भौतिक, शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानी सडकजस्ता पूर्वाधारयुक्त समृद्ध नगर बनाउने बताए ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश मोहनराज भट्टराईले नवनिर्वाचित पदाधिकारीहरुको कार्यकालको सफलताका लागि शुभकामना दिए ।

पर्वतका सातओटा स्थानीय तहमध्ये एक नगरपालिकासहित चारओटा स्थानीय तहमा एमाले विजयी भएको छ भने एक नगरपालिकासहित तीनओटा तहमा कांग्रेसले जित हासिल गरेको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
लामो आन्दोलन र दशैं बिदा पश्चात देशभरका अस्पतालमा ओपीडी सेवा नियमित संचालन
बाढीले बेनी-जोमसोम सडक बगाएपछि सडक अवरुद्ध, सयौं यात्रु अलपत्र
एमाले र माओवादी केन्द्रद्वारा मिलेर चुनाव लड्ने र पार्टी एकता गर्ने सहमति
दशैं मनाउन गाउँ गएकाहरु कर्मथलो फर्कन थाले
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ शुरु
तराई मधेस केन्द्रित दलमा रहेका नेता हृदयेश त्रिपाठी एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने
राष्ट्रपति भण्डारी देखि पूर्व राजा ज्ञानेन्द्र शाहसम्मले दिए दशैंको शुभकामना
बडादसैंको टीका साइत भोलि बिहान ११ बजेर ५५ मिनेट उत्तम
बडादसैंका अवसरमा बाहिर जानेको संख्या बढेपछि काठमाडौंमा सवारी-साधनको आवागमन पातलो
निर्वाचन आचारसंहिता पालना गर्नसबै राजनीतिक दलहरुसँग आयुक्तको आग्रह
पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बडादसैंको शुभकामना, इतिहास जोगाउन सबै मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए
२ नम्बर प्रदेशमा भएको स्थानीय निर्वाचनको सबै परिणाम सार्वजनिक
सुनसरीे काशीका वडाध्यक्षसहित १२ जना जुवाडे पक्राउ
स्थानीय निर्वाचन उत्कृष्ट ढंगबाट सम्पन्न भएको निर्वाचन आयोगको दाबी
दलहरु आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीमा जुटे
काभ्रेमा जिप र्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुग्यो
चिकित्सक संघले गरेको आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन सरकारको आग्रह
बूढीगन्डकी जलविद्युत् आयोजनाको जिम्मा चिनियाँ कम्पनीलाई दिने सबै प्रक्रिया खारेज गर्न निर्देशन
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कास्कीमा राजनीतिक दलबीच तयारी सुरु
डा.गोविन्द केसीले १२औं अनशन सुरु गरे
http://go.oclaserver.com/afu.php?zoneid=1465736