arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा जनप्रतिनिधि योजनाका बजेट छुट्याउन व्यस्त text size increase   text size decrease   Print    rss (२०७४ भाद्र १८, आइतवार)


वीरेन्द्र केसी कान्तिपुर 
 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा जनप्रतिनिधि योजनाका बजेट छुट्याउन व्यस्त छन् । 

जिल्लाका ६ स्थानीय तहमा कृषि, पशुपालन, पर्यटन, जलस्रोत र जडीबुटीलाई नै समृद्धिका आधार मानिएको छ । मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले उत्पादन बाहिरी देशसम्म पुर्‍याउने सपना बोकेका छन् । गापामा कफी खेती, वन र टिमुर खेती प्रशस्त छ । जिल्लाबाट बर्सेनि १२ टन कफी जापान, अमेरिका, कोरियालगायत देशमा निर्यात भइरहेको छ । आम्दानीको स्रोत कफीबाट आत्मनिर्भर बनाउने, फलफूल, बेमौसमी तरकारी, बीउबिजन, पशुपालन, सिँचाइको व्यवस्था, टोलमा पुगेका सडकलाई कालोपत्रे गरी गाउँको उत्पादन सहजै बजारसम्म पुर्‍याउने उनको पहिलो योजना हो । खरको छानो भएका घरलाई जस्तापाता अनुदान दिन तथ्यांक संकलन सुरु भएको छ । सबैलाई सहकारीमा आबद्ध बनाएर सामूहिक रूपमा उत्पादनमा लगाउने र विदेशबाट फर्किएका युवाले सञ्चालन गर्ने कृषि फर्मलाई अनुदानको व्यवस्था गरिने उनले बताए । 

सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसालले सन्धिखर्क–अर्घा दरबार केबुलकार सञ्चालन गर्ने सपना देखेका छन् । त्यसका लागि अध्ययनसमेत सुरु भएको छ । सन्धिखर्क र शीतगंगा नगरको सिमानामा रहेको सुपादेउराली मन्दिरमा तीर्थालुको संख्या बर्सेनि बढ्दो छ । उनीहरूलाई नरपानी, खाँचीकोट र अर्घा दरबारसम्म लैजाने लक्ष्य जनप्रतिनिधिको छ । सुविधा खोज्दै तराई र सहरमा बसाइँ सर्नेको अत्यधिक चापले गाउँ रित्तिँंदै गएका छन् । रोजगारी खोज्दै बिदेसिने युवालाई रोकेर कृषि, उत्पादन र पर्यटन क्षेत्रमा लगाउन खेतबारी बाँझो राख्न नपाइने नीति नगरसभाबाट बनाइने उपप्रमुख ठाकुरकुमार विकले बताए । यही नगरभित्र अर्घाभगवती विमानस्थल शिलान्यास भएको छ । 'सम्भावना धेरै छन्,' उनले भने, 'जनप्रतिनिधिको काम गर्ने मनोबल उच्च राख्ने वातावरण राज्यले गर्नुपर्छ ।' एक घर एक स्वरोजगार बनाउन उत्पादनमा युवालाई आकर्षित गरिने उनले बताए । 

शीतगंगा नगर भौगोलिक रूपले विकट भए पनि धेरै स्रोत छन् । २ सय ४० मेगावाट विद्युत् निकाल्न सकिने नौमुरे जलविद्युत् परियोजना यहीँ छ । 'नगरभित्र कृषि, पर्यटन, जलस्रोत, जडीबुटी, जंगल, लघुवित्त नै समृद्धिका हाम्रा आधार बन्न सक्छन्,' नगरप्रमुख सूर्यप्रसाद अधिकारीले भने, 'पशुपालन, मसलाबालीमा पनि प्रख्यात छ । सम्भावनाअनुसार काम गर्छौं ।' जनताको ठूलो अपेक्षा रहेकाले पाँच वर्षभित्र समृद्ध नगर बनाउने उनको सपना छ । 

पाणिनि गाउँपालिकाको नियालीमा छुर्पी, पोखराथोक, खिदिम, पटैटी र मैदानमा बेमौसमी तरकारी उत्पादन भइरहेको छ । विदेशबाट फर्किएका युवाले कृषिबाट मनग्य आम्दानी भएपछि भिसा रद्द गराएका छन् । यहाँ उत्पादित वस्तु दैनिक जिप, ट्रक र बसमा पाल्पाको तानसेन र बुटवल बजार पुग्छ । बाटो कच्ची छ । वर्षामा अलि असहज हुन्छ । तानसेन-पोखराथोक-खिदिम सडक कालोपत्रे गर्ने गापा अध्यक्ष अच्युत गौतमको पहिलो योजना छ । मुहानको पानी पुग्ने गाउँसम्म सिँचाइ सुविधा पुर्‍याएर कृषि उत्पादन सहज बनाउने उनले बताए । खिदिमबाट दैनिक ५ सय लिटर दूध तानसेन जान्छ । पणेनामा जिल्लाकै धेरै सुन्तला उत्पादन हुन्छ । पढेलेखेका युवासमेत सुन्तला खेतीमा सक्रिय छन् । वर्षमा झन्डै तीन करोड रुपैयाँ बराबरको सुन्तला बाहिरिन्छ । अण्डा, बोइलर कुखुरा, दूध, सुन्तला खेती विस्तार, अन्नखेतीमा आधुनिकीकरण गरेर समृद्ध बनाउने योजना रहेको गौतमले बताए ।  

  • KP Pandey २०७४ भाद्र २०, मंगलवार

    छत्रदेव गाउँपालिकाको योजना बजेट के भैरहेको छ समचार रिपोर्टिँग होस।   
अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा चाडपर्वका बेला यात्रुलाई ठग्ने गाडी धनिलाई हदैसम्मको कार्वाही गरिने, राती दश बजेसम्म काउन्टर खुल्ला
भुमिकास्थान नगरपालिकाको आ.ब २०७४।०७५को कुल ३७ करोड ७३ लाख रुपैयाको नीति तथा कार्यक्रम सार्वजनिक
अर्घाखाँचीमा एनएमबि बैंकको एकघर एक खाता अभियान जारी
क्रिकेट खेलाडी बिक्रम कुमार भुसाललाई गृह जिल्ला अर्घाखाँचीमा भब्य स्वागत अभिनन्दन
पाणिनी गाँउपालिकामा प्रथम गाँउ सभाले बजेट विनियोजन, सबै घरधुरीमा यसै बर्ष विजुली बल्ने
छत्रदेव गाउँपालिकाको भगवतीमा ७७ बर्षीया बृद्धाको विभत्स हत्या
पैसा नहुँदा घरमा थला परेकी नुवाकोट पानडाँडाकी मृगौला पीडित महिलालाई आर्थिक सहयोग (सहयोगी दाताको नामावली सहित)
अर्घाखाँचीमा तेस्रो संबिधान दिवस ! संविधानको रक्षाको लागि सबैपक्ष बीच एकताको खाँचो
उत्साहजनक सहभागीता नभएपनी अर्घाखाँचीमा संबिधान दिबस मनाईयो
छत्रगञ्जका युवाहरु मिलि छत्रगञ्ज कल्याणकारी युवा बचत समुहको गठन गरे
अर्घाखाँचीभर अक्टोबर क्रान्तिको शतबार्षिकीमा अखिल छैठौंको बिशेष अभियान
राष्ट्रिय जनमोर्चाको भेला तथा प्रशिक्षण कार्यक्रम भुमिकास्थान नगरपालिकाको नुवाकोटमा सम्पन्न
जिल्ला यातायात ब्यबस्थापन समितिको बैठक सन्धिखर्कमा सम्पन्न, यातायात ब्यबस्थापन प्रभाबकारी बनाउन प्रजिअको निर्देशन
कर्मचारीको चरम लाहप्रवाहीका कारण लोडसेडिङ मुक्त अर्घाखाँचीमा दैनिक १२, १५ पटक लाईन कटौती
सन्धिखर्कका बसपार्क फुदबाङ र हस्पिटल क्षेत्रमा व्यापक अनुगमन, म्याद नागेका खाद्य बस्तु जफत, मदिरा नष्ट
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीद्वारा सुरक्षा व्यवस्थामा कडाई
भूमिकास्थान नगरपालिका स्वास्थ्य शाखाको अन्तक्रिया कार्यक्रम सम्पन्न
सन्धिखर्क नगरपालिकाद्वारा पहिलो नगर सभाकाे निर्णय, नीति तथा कार्यक्रम सार्बजनिक (निर्णय, तस्बिर सहित)
उद्योग बाणिज्य संघ अर्घाखाँचीकाे सन्धिखर्कमा दशै-तिहारकाे शुभकामना तथा प्रजिअ भुसाललाई स्वागत कार्यक्रम सम्पन्न
अर्घा माटेमा सडकबाट ढुङ्गा खस्दा घर पूर्ण रुपमा क्षति, एक परिवार ज्यान जोगाउन सफल