arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

संघीय संसदलाई पूर्णता, एमाले १४८, कांग्रेस ७६, माओवादीको ६५ सिटtext size increase   text size decrease   Print    rss (२०७४ माघ २५, विहीवार)


राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै संघीय संसद निर्वाचनले पूर्णता पाएको छ ।

३३४ सदस्यीय संघीय संसदमा सरकारका तर्फबाट राष्ट्रियसभामा मनोनीत हुने तीन सांसदको नाम चयन हुन बाँकी छ भने समानुपातिकतर्फका ११० सांसदहरुको नाम दलीय आधारमा सिफारिस हुन बाँकी छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा दलहरुले पाएको मत सार्वजनिक गरिसकेको छ ।

त्यस आधारमा समानुपातिकतर्फको ११० सदस्यमा नेकपा एमालेले ४१, नेपाली कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालले ६/६ सिट पाएका छन् ।

यस्तै, राष्ट्रियसभामा एमालेले २७, कांग्रेसले १३, माओवादीले १२ र राजपा र संघीय समाजवादी फोरमले २/२ सिट जितेका छन् ।

समग्रमा संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभामा एमालेको १४८ सिट भएको छ भने कांग्रेसको ७६, माओवादी केन्द्रको ६५, राजपाको १९ र फोरमको १८ सांसद हुनेछन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एमालेले ८०, माओवादी केन्द्रले ३६, कांग्रेसले २३, राजपाले ११ र फोरमले १० सिट जितेका छन् ।

संविधानअनुसार संघीय संसदमा कुनैपनि दलले जितेको कुल सांसदमा ३३ प्रतिशत महिला हुनुपर्छ । यदि प्रतिनिधिसभाको प्रत्यक्ष र राष्ट्रियसभाबाट पनि यो पूर्ति भएन भने प्रतिनिधिसभाको समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने व्यवस्था छ ।

त्यस आधारमा एमालेले समग्रमा संघीय संसदमा जितेको १४८ सिटको ३३ प्रतिशत महिला सांसद पुर्‍याउन ४९ जना सिट महिलाका लागि सुरक्षित गर्नुपर्ने हुन्छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एमालेका दुई महिला विजयी भएका छन् भने राष्ट्रियसभामा ११ महिला आएका छन् । अब न्यूनतम् ३६ जना प्रतिनिधिसभाको समानुपातिकबाट पूर्ति गर्नुपर्छ । त्यसो गर्दा एमालेको समानुपातिकबाट पाँच पुरुषमात्र सांसद बन्नेछन् ।

माओवादी केन्द्रको प्रत्यक्षतर्फ र राष्ट्रियसभामा गरी ६ महिला विजयी भएका छन् । यो उसले जितेको कुल ६५ सिटको ३३ प्रतिशत महिला हुनुपर्ने प्रावधानको २१ प्रतिशतमात्र हो । अब माओवादीले समानुपातिकतर्फ पाउने १७ सांसदमध्ये ३३ प्रतिशत महिला पुर्‍याउन १५ जना चयन गर्नुपर्ने हुन्छ । बाँकी दुई सिटमामात्र पुरुषले मौका पाउने देखिन्छ ।

संघीय संसदमा कांग्रेसको ७६ सिट हुनेछ । संविधानअनुसार यसमा ३३ प्रतिशत अर्थात् २५ जना महिला हुनुपर्नेछ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसका एकजना पनि महिला छैनन् भने राष्ट्रियसभामा ६ जना आएका छन् । यसका लागि कांग्रेसले समानुपातिकतर्फ आफ्नो भागमा परेको ४० सिटमध्ये १९ सिट महिलाका लागि छुट्याउनुपर्नेछ । २१ जना पुरुष पठाउनसक्नेछ ।

राजपाले सबै ६ सिटमा महिला पठाउनुपर्नेछ भने फोरमले ६ मध्ये एक सिटमामात्र पुरुष पठाउन पाउनेछ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
दाङमा हात्तीपाइले रोग विरुद्धको औषधी पढे लेखेका र जान्ने बुझ्नेहरुले नै खान नमान्ने
प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहेको कांग्रेसले संसदमा छाँया सरकार बनाउने
दैलेखमा भएको जिप दुर्घटनाको सत्यतथ्य छानबिनका लागि समिति गठन
अब प्रदेश-६ को नाम कर्णाली, राजधानी सुर्खेत
ताप्लेजुङमा आठ वर्षदेखि अलपत्र तमोर नदीको मोटरेबल पुल निर्माणले बल्ल गति लियो
लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने
नेपाल औषधि लिमिटेडद्दारा पुनः सन्चालनमा आएको ११ महिनामा बल्ल सिटामोल उत्पादन सुरु
थ्रि एन्जल्स नेपालले पायो एन जि ओ लिडरसीप अवार्ड
पर्यटन बोर्डका तत्कालीन प्रमुख निरौला भ्रष्टाचारी ठहर, ७ वर्ष कैद फैसला
नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा
दैलेखमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु, पाँच गम्भीर घाइते
प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको शपथ फागुन २० गते
सप्तरीको तिरहुत गाउँपालिकाका बाढीपीडित नयाँ घर पाएपछि खुसी, १८ परिवारले पाए नयाँ घर
केहीदिन यता राजधानीलगायतका पहाडी क्षेत्रको धुम्म मौसम अझै केही दिन जारी रहने
नेपालको ग्रामीण क्षेत्रको शैक्षिक विकासमा पाकिस्तानले सहयोग गर्ने
कपिलवस्तुको दोहनीमा ईशापूर्व चारसय वर्षदेखि मानव बसोबासको प्रमाण फेला
असंबैधानिक कदम चालेकी राष्ट्रपतिलाई तरुण दलले नेपालको संविधान उपहार दिने
पश्चिम नवलपरासीका उखु किसान अख्तियारमा उजुरी दिने तयारीमा , ठगी गर्नेलाई उन्मुक्ति दिएको आरोप
गुण्डा नाइके मनोज पुनसहित दुई जनाको प्रहरीसँगको मुटभेटका क्रममा मारिएको प्रहरीद्दारा स्पष्ट
फागुन १२, १३ र १४ गते हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने
http://go.oclaserver.com/afu.php?zoneid=1465736