arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

उपत्यकामा लाइसेन्स बिना बाइक चलाउने १०३ विद्यार्थी नियन्त्रण text size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २१, मंगलवार)


 दश जोड २ का अधिकांश विद्यार्थीले सवारी चालक अनुमति पत्रै नलिई मोटरसाइकल चलाउने गरेका छन्। महानगरीय प्रहरी ट्राफिक महाशाखाले विद्यार्थी केन्द्रित कारबाही प्रकृया सञ्चालन गर्दा एकै दिन ललितपुरबाट मात्र १०३ जना विद्यार्थी पक्राउ परे।

सवारी दुर्घटनामा विद्यार्थीको बढ्दो संख्या नियन्त्रण गर्न महाशाखाका प्रमुख सर्वेन्द्र खनालको निर्देशन बमोजिम मंगलबार विद्यार्थी केन्द्रित गरेर ललितपुरको मानभवन र कुमारीपाटी क्षेत्रमा बिहान एक घन्टा आकस्मिक चेकिङ गरेको थियो।

जसमा कलेज हिँडेका २ सय विद्यार्थीसँग सवारी चालक अनुमति पत्र माग्दा १०३ सँग चालक अनुमति पत्र नभएको फेला परेको थियो।

महाशाखा प्रमुख खनालका अनुसार सवारी दुर्घटनामा मृत्यु हुने र घाइते हुनेहरुमा विद्यार्थीको संख्या बढी देखिएपछि उनीहरुलाई केन्द्रित गरी विशेष कारबाही शुरू गरिएको हो।

मंगलबार बिहान ललितपुरको मानभवन, कुमारीपाटी र जावलाखेल क्षेत्रबाट ट्राफिक प्रहरीले विना कागजपत्र चलाउने, तिब्र गतिमा कुदाँउने, स्पस्ट नम्बर प्लेट नभएका, स्वरूप परिवर्तन गरेर बाइक चलाउनेलाई नियन्त्रणमा लिएको ललितपुर ट्राफिक प्रहरीका प्रमुख सिताराम हाथेछुले जानकारी दिए।

‘बिहान ६ बजे हामीले सवारी चेक जाँच गर्ने क्रममा क्याम्पस ड्रेसमै विना लाईसेन्स, स्वरूप परिवर्तन र तीन जना राखेर मोटरसाईकल चलाउने १०३ जनालाई नियन्त्रणमा लिएका हौ,’ उनले भने।

नियन्त्रणमा लिएका मोटरसाइकल अब अभिभाबकलाई बोलाएर अबदेखि विना लाईसेन्स नचलाउने सर्तमा र लाईसेन्स भएको व्यक्तिलाई मात्र उक्त मोटरसाईकल जिम्मा लगाईने हाथेछुले जानकारी दिएका छन्। कारबाहीमा परेका उनीहरुलाई जनही एक हजारदेखि ५ हजार रूपैयाँसम्म जरिवाना लिने बताए।

विद्यार्थीमाझ मोटरसाइकलको स्वरुप परिर्वतन गरेर चलाउने प्रतिस्पर्धा बढेकाले प्रहरीले उनीहरुको मोटरसाईकलको स्वरुपको समेत परीक्षण गरेको थियो। प्रहरीका अनुसार नियमित परिक्षणकोक्रममा बाइकको स्वरुप परिर्वतन गरेको अभियोगमा ६९ वटा बाइक फेला पारेको थियो।

दश जोडमा अध्ययनरत विद्यार्थीमाझ मोटरसाईकल चलाउने प्रतिष्पर्धासँगै उनीहरु दुर्घटनाको सिकार बन्न थालेपछि केही कलेजहरुले आफ्ना विद्यार्थीलाई मोटरसाईकल चलाउनै प्रतिबन्ध लगाए पनि प्रभावकारी भने हुन सकेको छैन।

ललितपुर ट्राफिक प्रमुख हाथेछुका अनुसार शुरक्षाको दुष्टिकोणमा दुईपांग्रे सवारी जोखिमयुक्त हुने गरे पनि किशोरहरुले मोटरसाईकललाई फेसन र मनोरञ्जनको रुपमा लिएका कारण उनीहरु आफैं पिडित बन्ने गरेको बताए। ‘उच्च गति अनि लापरवाहका कारण उनीहरु उच्च जोखिममा छन्,’ उनले भने, ‘बाइक पछाडि कलेजको सहपाठी राख्न पाए भने त सिनेमाको हिरो नै सम्झेर चलाउँछन् जसबाट उनीहरु आफू त दुर्घटनामा परेका छन् नै अरुलाई समेत प्रभाव पारेका छन्।’

यसैबीच महाशाखाले विद्यार्थी केन्द्रित कारबाही प्रकृयालाई निरन्तरता दिने जनाएको छ।

किशोर अवस्थाका युवा युवतीको गतिविधिमा अभिभावक बढी सचेत हुनुपर्नेमा बताउँदै महाशाखाका प्रमुख खनालले छोरा छोरीले कसरी बाइक चलाएका छन्, लाइसेन्स छ कि छैन भनेर ध्यान नदिँदा अभिभावक आफैंले आफ्नो सन्तानको ज्यान जोखिममा पारेको दाबी गरे।

उनले अभिभावकहरुलाई आग्रह गरेका छन्- पछि पछुताउनुभन्दा अहिले नै लगाम लगाउनु उत्तम हुन्छ।’ सेतोपाटीमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
फागुन १२, १३ र १४ गते हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने
काठमाडौंका ६ स्थानमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ वा विरोध प्रदर्शनका कार्यक्रम गर्न नपाइने
राष्ट्रियसभा सदस्यमा तीनजनाको मनोनयन
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति, सातबुँदे सहमतिमा हस्ताक्षर
फागुन २१ गते संघीय संसदको अधिवेशन आह्वा‍न
कपिलबस्तुको नेपाल-भारत सीमा क्षेत्र मर्यादपुर खुनुवा क्षेत्रमा बृहत सरसफाइ
प्रधानमन्त्रीद्वारा सुखी नेपाली र समृद्धि नेपाल अपरिहार्य उल्लेख
संघीय संसदमा १३ समिति रहने गरी संसद् नियमावलीको प्रारम्भिक मस्यौदा तयार
प्रदेश ७ का मुख्यमन्त्री भट्टलगायत मन्त्रीहरुद्वारा पदभार ग्रहण
एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको गाँठो अझै फुक्न सकेन
मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि दश दिन बन्द हुने
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीद्दारा एमाले र माओवादी केन्द्रबीच एकता हुन नसक्ने उल्लेख
पूर्ववर्ती सरकारले राष्ट्रिय सभा सदस्य मनोनयनका लागि सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिने तयारी
प्रदेश नम्बर–६ मा वाम गठबन्धनका दुई दलबीच मन्त्रालयको भागबन्डा टुंगो
काठमाडौंका भूकम्पपीडितलाई २५ लाख ऋण २ प्रतिशत ब्याजदरमा दिन पहल
कैलालीको गोदावरीमा बस दुर्घटना, दुई दर्जन बढी घाइते
अबको दुई दिनभित्र मन्त्रिमन्डल विस्तार हुने
सिन्धुलीको भद्रकाली सडकखन्डमा जिप दुर्घटना, चारजनाको मृत्यु, १८ जना गम्भीर घाइते
प्रदेश नम्बर–३ को स्थायी राजधानी हेटौंडाबाट अन्यत्रै सार्नुपर्ने सांसदहरुको माग
नवनियुक्त प्रधानमन्त्री ओलीद्दारा निर्वाचन सम्पन्न गराउन योगदान दिने सम्पूर्ण नागरिक र मतदातालाई आभार व्यक्त
http://go.oclaserver.com/afu.php?zoneid=1465736