arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

शिलन्यास भएको १६ महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य सुरुtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण १८, बुधवार)


शिलन्यास भएको १६ महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य सुरु भएको छ ।

निर्माणकार्यको बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले शुभारम्भ गरे ।

चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कोअपरेसन लिमिटेडको एसिया प्यासिफिक डिभिजनका महाप्रबन्धक जेरी याङले विमानस्थल निर्माणमा ६० कामदार र अरु प्राविधिक गरी हाल ११० जना संलग्न रहेको जानकारी दिए । शाखा कार्यालय, अस्थायी शिविरको निर्माण भइरहेको उनले बताए ।

विमानस्थल पर्यटन विकासको महत्वपूर्ण आधार बन्ने विश्वास मन्त्री देवले व्यक्त गरे ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले ४० वर्षदेखिको पोखरेलीको सपना पूरा हुन लागेको बताए ।

विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका संयोजक एवं व्यवस्थापिका-संसद, विकास समितिका सभापति रवीन्द्र अधिकारीले विमानस्थल निर्माणको पूर्वतयारीमा लामो समय खर्चिसकेको बताउँदै अब भने आगामी २०२१ जुलाई १० भित्र निर्माणकार्य सकिने बताए ।

यस्तै, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले निर्माणकार्यलाई समयमा नै सम्पन्न गराउन स्थानीय सरोकारवाला सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताए ।

सरकारले सुरुमा ३१ सय ६ रोपनी जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गरिसकेको छ भने पछिल्लो समय थप ५२१ रोपनी जग्गा पनि अधिग्रहण गरी मुआब्जा वितरण गरेको छ ।

विमानस्थल निर्माणको कुल लागत करिब २२ अर्ब रुपैयाँ रहेको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
राष्ट्रियसभा निर्वाचन अध्यादेशमा खोंचे थापेर कांग्रेसले सत्ता लम्ब्याउने प्रयास गरेको एमाले ओली आरोप
सिरहामा विगत केही दिनयता बढेको शीतलहर र चिसोका कारण अस्पतालमा बिरामीको चाप
कपिलवस्तुमा चिसो र शीतलहरले जनजीवन प्रभावित
प्रदेश नम्बर-३ को राजधानी हेटौँडालाई बनाउन माग
निर्वाचन आयोगले राष्ट्रिय सभा गठन नभई अन्तिम परिणाम सार्वजनिक नगर्ने
एमालेद्दारा राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश गैरसंवैधानिक भएकोले सच्याउनुपर्ने जिकिर
५९ आदिवासी जनजातिमध्ये प्रतिनिधिसभामा जनजातिबाट ४५ निर्वाचित
प्रदेश-७ को राजधानी पहाडी डडेल्धुरामै हुनुपर्ने माग
नेपाली शान्ति सेनालाई राष्ट्रसंघीय पदकबाट सम्मान
समानुपातिकतर्फ मत गणना जारी, पाँच दलमात्र थ्रेसहोल्डमा सुरक्षित
सप्तरीमा बाढीपीडितका लागि घर बनाइने
सुनसरी–३ मा पुनः मतदानको माग गर्दै प्रदर्शनमा उत्रिए एमाले कार्यकर्ता
प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिकको मतगणना जारी, समानुपातिक सांसद कसरी चुनिन्छन् ?
समानुपातिकतर्फ दाङमा काँग्रेस पहिलो
स्थानीय तहका प्रतिनिधिलाई सात दिनभित्र सम्पत्ति विवरण पेस गर्न निर्देशन
झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको निर्माण सुरु
एमालेद्दारा प्रदेश प्रमुखहरूको नियुक्ति हतारमा नगर्न सरकारलाई दबाब
हिमाली जिल्लाहरुमा हिमपात शुरु, जनजीवन कष्टकर
प्रत्यक्षतर्फ वाम गठबन्धनको दुई तिहाइ
समानुपातिकतर्फको मतगणना जारी, एमालेको अग्रता कायमै
http://go.oclaserver.com/afu.php?zoneid=1465736