arghakhanchi
मिति: २०७० ज्येष्ठ ५, आइतवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राष्ट्रिय समाचार

सञ्चारमाध्यममाथि आक्रमण: नवलपरासीका पत्रकार हात भाँचिदिए / कङ्ग्रेस विमलेन्द्र निधिको निवासमा तोडफोडtext size increase   text size decrease   Print    rss (२०६९ ज्येष्ठ ८, आइतवार)

चाँदनी हमाल, नागरिक
 
चितवन - संयुक्त थारु संघर्ष समितिले नवलपरासीको डण्डास्थित थारु संग्रहालयमा आयोजना गरेको विरोध सभाको समाचार संकलन गरेर फकिर्दै गरेका नवलपरासीका पत्रकार हरि शर्माको थारु कार्यकर्ताले हात भाँचिदिएका छन्। पत्रकार शर्मा अन्नपूर्णपोष्ट, इमेज च्यानललगायतका सञ्चारमाध्यममा कार्यरत छन्।
 
नेपालगंजमा आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले आफ्नो पक्षमा समाचार नआए पत्रकार र सञ्चारमाध्यम जलाउन सक्ने बताइरहँदा उनकै कार्यक्रमको समाचार लेख्न हिँडेका शर्मामाथि आक्रमण भएको हो।

आदिवासी जनजातिका अध्यक्ष राजकुमार लेखी सहभागी कार्यक्रमको समाचार पठाउन शनिबार साँझ पौने आठबजे परासी फर्कँदै गरेका पत्रकार शर्मामाथि बासामा थारु कार्यकर्ताले आक्रमण गरेका हुन्।

'फर्कदै थिए एकदुई ठाउँमा प्रेस कार्ड देखाएपछि छाडे,' घाइते पत्रकार शर्माले नागरिकसँग भने, 'बासामा भने छाडेनन् दायाँ हातमै हाने।' तपाँईहरुकै कार्यक्रमको समाचार लिएर आएको नपत्याए हेर्नुस् भनेर क्यामराका फोटो पनि देखाए तर मोटरसाइकल फुटाईदिए, जलाईदिए उनले घटना सुनाउदै भने तपाँईकै अध्यक्षलाई फोनमा कुरा गर्नुस् यसो नगर्नुस्भन्दा मोबाइल खोसेर फाले अनि हातमा लाठोले हाने। कुट्दाकुद्दै भिडबाट आएका एकजना थारुले नै रोकेर जोगाए अनि सुरक्षित ठाउँमा लगे। अस्पताल ल्याउदा हाँत भाँचिएको थाहा भो।'

शर्मा सवार मोटरसाइकलमा समेत आगजनी भएको छ। शर्माको पृश्वीचन्द्र अस्पताल परासीमा उपचारपछि थप उपचारका लागि बुटवल लैजाने तयारी भैरहेको नेपाल पत्रकार महासंघ नवलपरासीका सचिव पुरुत्तोम सुवेदीले बताए। पत्रकार शर्मामाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ नवलपरासीले खेद जनाएको छ। प्रेस चौतारी, नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघ नवलपरासीले शर्मामाथिको आक्रमण प्रेसमाथिको आक्रमण भएको भन्दै सुरक्षाको माग गरेको छ। कावासतीका डिएसपी मुकुन्द मरासिनीसँग भेटेर सुरक्षाको माग समेत पत्रकारहरुले गरेका छन्।

आफूहरुको पक्षमा समाचार नआएको भन्दै विगत केही समययता थारु समुदाय सञ्चारमाध्ययमप्रति रुष्ट देखिएका छन्। रातीको घटना सेलाउन नपाउदै आइतबार बिहान थारु कार्यकर्ताले बासा सडकमा एकदर्जन सवारीमा तोडफोड र आगजनी गरेका छन्। बस, एम्बुलेन्स, मोटरसाइकलजस्ता सवारी तोडफोडको निशाना बनेको परासी प्रहरीले बताएको छ। थारु प्रदर्शनकारीहरुले वुटवलबाट चितवन आउँदै गरेको ना४ख ४८४३ र ना४ख ४६८२ नम्बरको मालबाहक ट्रक, ना१ख ७४१२ नम्बरको पानी ट्याङकर, ना२ख ७०६१ नम्बरको सिमेन्ट बोकेको ट्रक, ना३ख १७०७ नम्बरको चकलेट बोकेको ट्रकमा आगजनी र तोडफोड गरेका हुन्।

लगातारको बन्द अवज्ञा गरेको भन्दै भे १ प ५८६४ र लु ७ प ६४८१ नम्बरको मोटरसाईकल,नम्बर नखुलेको भ्यान र एक मोटरसाईकल तथा राती पत्रकार हरिशर्माको लु १ प २६१८ नम्बरको मोटरसाईकल पनि आगजनी र तोडफोड भएका छन्।

राति एक्कसी हुलका हुल निस्केर अराजक बन्दै सडकमा उत्रने र तोडफोड गर्ने प्रविर्ती बढ्दै गएको प्रहरी प्रमुख ज्ञानविक्रम शाहले बताए। सडकमा सुरक्षा व्यापक बनाउदा पनि सुरक्षा घेरा तोडेरै प्रदर्शन र तोडफोड हुने गरेको प्रहरीको भनाई छ। सो क्षेत्रमा पटक पटक प्रहरी र थारुप्रदर्शनकारीबिच झडपहुँदा गोली र अश्रुग्याँस चलेका छन्।

जातीय राज्यको मागका विषयमा केन्द्रीय तहमा बहस चलिरहदा दबाब दिन देशका विभिन्न स्थानमा थारुसमुदायले बन्द जारी राखेका छन्। कडा बन्द भन्दै नवलपरासीको बासा क्षेत्रमा कुनैपनि समयमा सवारी चल्न दिइएका छैनन्। चितवन लगायतका क्षेत्रमा साँझ बन्द खुलेर सहज हुँदा गएका सवारी बासामा दैनिकजसो तोडफोड भैरहेका छन्। बिरामी बोकेको एम्बुलेन्सदेखि राती बसमा यात्रारत यात्रुहरु आक्रमणको शिकार बनिरहेका छन्। कतिपय बिरामी बस र एम्बुलेन्समै मर्न वाध्य भएका छन्। लगातारको बन्दले जनजीवन सास्तीपूर्ण बन्दै गएको छ।

यता लामो बन्दका क्रममा सदभावपूर्ण रहेको चितवनमा पनि तोडफोडका फाटफुट घटना हुन थालेका छन्। नेपाल टेलिकम,जिल्ला विकास समितीमा आईतबार बन्दकर्ताहरुले तोडफोडको प्रयास गरे। त्यस्तै भरतपुरका केही स्थानमा मोटरसाईकल तोडफोड भएका छन्। खैरहनीमा प्रहरी र जनजाती प्रदर्शनकारीबिच विवादपछि झडपको अवस्था श्रृजना हुँदा तीनसेल अश्रुग्याास प्रहार गरिएको थियो। स्थानिय प्रहरी प्रशासन र राजनीतिक दलहरुबिच पटक पटक छलफल गरेर कार्यक्रम ,सभा गर्दा रुट मिलाएर गर्दै आएको थियो। स्थानीय प्रशासनले भने सदभाव बिथोल्न नदिन आफुहरु प्रयत्नशिल रहेको बताएको छ।

 

कङ्ग्रेस विमलेन्द्र निधिको निवासमा तोडफोड
 
सुरेश यादव
 
जनकपुर - बन्द गराउँदै हिँडेका आदिवासी जनजाति महासंघका कार्यकर्ताहरुले नेपाली कङ्ग्रेसका नेता विमलेन्द्र निधिको जनकपुरस्थित निवासमा तोडफोड गरेका छन्। एक हूल गएको प्रदशर्नकारीले निधिको पर्खाल भत्काएका हुन्।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
दाङमा नेकपा-माओवादीका कार्यकर्ताद्धारा घुम्ती शिविरमा अवरोध
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र एकीकृत माओवादी पुष्पकमल दाहालबीच भेटवार्ता
नेपाल-भारत सगरमाथा आरोहण तथा सरसफाई टोलीद्धारा सगरमाथाको सफल आरोहण
अब ६ सय १ कै संविधानसभा बनाउनु आवश्यक नभएको कांग्रेस सुशील कोइरालाको भनाई
एमालेकी नेतृ उर्मिला अर्याल र चलचित्रकी नायिका रेखा थापा एकीकृत नेकपा माओवादीमा प्रवेश
सरकारद्धारा जेठ पहिलो सातासम्ममा संविधानसभा निर्वाचनको मिति तोक्ने गरी विभिन्न दलसँगको छलफललाई तीव्र
पहिलो पार्टी नबन्दासम्म एमालेले विश्राम नलिने एमाले झलनाथ खनालको भनाई
पूर्व पञ्चहरुका दुई पार्टी राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीच एकता भएपछि मुलुकमा नयाँ शक्तिको उदय हुने दाबी
कांग्रेस शेखर कोइरालाद्धारा सर्वोच्च अदालत कार्यपालिकाको छायाँमा परेको भन्दै चिन्ता व्यक्त
जनजाति नेता खपाङ्गीको अवस्था गम्भीर
पोखराबाट जोमसोमका लागि उडेको नेपाल वायुसेवा निगमको नाइन एन ए वि ओ ट्वीनअटर विमान दुर्घटना
नवलपरासीमा आमरण अनशनमा बसेका सद्भावना पार्टीका पाँच जना कार्यकर्ताको स्वास्थ्य अवस्था चिन्ताजनक
मानव अधिकारवादीहरुद्धारा आगामी निर्वाचनमा गम्भीर मानव अधिकार उल्लंघनकर्तालाई भोट नहाल्न जनतालाई अपील
चुनावको मिती लगायतका विषयमा छलफल गर्न अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीद्धारा दलहरुसंगको वार्तालाई निरन्तरता
नयाँ दल दर्ताको क्रम तिब्र , द्वन्द्व पिडीत र समलिंगी तेस्रोलिंगीले रानीतिकदल खोले
नेपालललाई सिक्कीमीकरण बनाउने खेल
राहदानीको चर्को शुल्कको जताततै विरोध
काभ्रे मृगौला तस्करीमा संलग्न ठूलो गिरोह पक्राउ
अखिल क्रान्तिकारीद्धारा गरेको शैक्षिक संस्था वन्दका कारण नवलपरासीका निजी विद्यालयहरुको पठन पाठन
नेपालमा प्रत्येक बर्ष दुई हजार जनाको सडक दूर्घटनामा परेर मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक