arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
स्थानिय समाचार

माछा मार्न म्याग्दी खोलामा गएका एक बालक तीन दिनदेखि बेपत्ताtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २४, मंगलवार)

माछा मार्न म्याग्दी खोलामा गएका एक बालक तीन दिनदेखि बेपत्ता भएका छन् ।

म्याग्दीको मंगला गाउँपालिका-२ तल्लो दुखुका १२ वर्षीय सिमन पुन बेनपा-४ तातोपानीको फापरखेत पहिरोनजिक माछा मार्ने क्रममा आइतबार खोलाले बगाएर बेपत्ता भएका हुन् ।

सरस्वती मावि तातोपानीमा कक्षा ५ मा अध्ययनरत पुनसँगै खोलाले बगाएका अर्का बालक पौडी खेलेर बाहिर आएको स्थानीयवासी केशव कँडेलले जानकारी दिए ।

बेपत्ता बालकको खोजीकार्य भइरहेको छ । बिदाको समयमा खोलामा पुगेका पुन खोलामा बेपत्ता भएलगत्तै तातोपानी आसपासका स्थानीयवासी, आफन्त र प्रहरीले खोजीकार्य शुरु गरेका छन् ।

दशैँ तिहारको अवसरमा सामुदायिक तथा निजी विद्यालय बन्द भएको मौका छोपी बालबालिका खोलामा पुग्ने गरेकाले अभिभावकलाई सतर्क रहन प्रहरीले अनुरोध गरेको छ । म्याग्दी र कालीखोलाको सतह घटेको छैन ।

प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बिदामा बालबालिकालाई अभिभावकको निगरानीमा राख्नुपर्ने र खोला तथा जोखिमपूर्ण स्थानमा देखेलगत्तै सबैले चासो देखाउनुपर्ने बताए ।

म्याग्दी र कालीगण्डकीमा करेन्ट, बल्छी र जालको माध्यमबाट माछा मार्न कलिला बालबालिकादेखि पाका मान्छे जाने गरेका छन् । बजारमा माछाको माग धेरै हुने भएकाले पनि तातोपानीलगायत आसपासका क्षेत्रमा व्यावसायिकरुपमै माछा मार्ने गरिन्छ । (रासस)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
दोलखामा दाउराले हानेर छोराले आमाको हत्या गरे
गुल्मीको रेसुंगा भगारी खोलामा जिप दुर्घटना, एकजनाको मृत्यु
सुत्केरी हुन नसकेर बाजुराकी १६ वर्षीयाको मृत्यु, गर्भ अवैध
बुटवलमा सक्रिय युवा मञ्च रुपन्देहीको रक्तदान
कपिलवस्तुको वाणगंगा स्थित मन्दिरको प्रतीक्षालयमा एकयुवती मृतावस्थामा फेला
दोलखामा आफ्नी पत्नीको लाठी प्रहारबाट एक ८३ वर्षीय वृद्धको मृत्यु
हेल्थ असिस्टेण्ट संघ स्याङजाद्धारा डा. अमृत पोख्रेललाई स्वागत
लायन्स र लियोद्धारा बृक्षारोपण
नासपातीको रुखबाट खसेर सल्यानमा एक जनाको मृत्यु
रुपन्देहीको ओमसतिया गाउँपालिकाका विजेताहरुको सम्मानमा सुभकामना आदानप्रदान कार्यक्रम
ताप्लेजुङका वनरक्षकका हत्यारालाई सर्वस्वसहित जन्मकैदको फैसला
चितवनमा बसले पैदल यात्रीलाई ठक्कर दिंदा २ जनाको मृत्यु
झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु, एक गम्भीर घाइते
बागलुङको मल्म पाण्डवखानी सडकको स्तरोन्नति सुरु
काठमाडौंको गौशालामा स्कुलबसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
नुवाकोटमा आपँको रुखबाट लडेर मृत्यु
उच्च रक्तश्रावका कारण जुम्लामा एक महिलाको अकालमा मृत्यु
बुटवलको सैनामैना मुर्गियामा अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सुरु
वीरगन्जको महावीरस्थान चोकमा स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्यु
मुग्लिन-नारायणगढ सडक आजदेखि पुनः ६ घन्टा बन्द