arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
धर्म, समाज, संस्कृति

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पूजाtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक ३, शुक्रवार)


यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवर्द्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ । (रासस)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
दसैँको टीका थाप्न जानेहरुको देशभर चहलपहल जारी
बडादसैँ: आफ्ना मान्यवरबाट टीका र जमरा तथा आशीर्वाद लिने क्रम जारी
आज महान चाड विजया दशमी, मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदै
बडादसैंः आज महानवमी पर्व
आज नवरात्रको आठौं दिन अर्थात् महाअष्टमी
बडा दसैंको सातौ दिन काठमाडौंको सैनिक मन्च टुडिखेलमा फूलपाती बढाई सम्पन्न
बडा दसैंको पाँचौ दिन विभिन्न शक्ति पीठमा भक्तजनको घुईँचो
यस वर्षको बडा दशैं सुरु, नवरात्रको पहिलो दिन घटस्थापना घरघरमा जमरा राखियो
यस वर्षको दसैंको टीकाको उत्तम साइत विहान ८ बजेर ४५ मिनेटमा
विश्वकर्मा पूजा मनाइयो
आजदेखि सोह्रश्राद्ध अर्थात पितृपक्ष सुरु
हिन्दु जागरण नेपालका जनचेतनामुलक कार्यक्रमहरु सफलतापुर्बक तिब्र गतिमा अगाडी बढ्दै
ऋषि पञ्चमी पर्व! हिन्दू महिलाहरुले आज सप्त ऋषिको पूजाआजा गरी हरितालिका तीजको ब्रत सम्पन्न
आज हिन्दु नारीहरुको महान् चाड हरितालिका तीज हर्षोउल्लासका साथ मनाइदै
LIVE: तीजको पावन अवसरमा अर्घाखाँचीबाट प्रत्क्षय भिडियो लाईभ
बाबुको मुख हेर्ने पर्व आज, देशभर पितालाई विशेष सम्मान गरी मनाइँदै
इलाममा रोपाइँजात्रा मनाइयो
आज श्री कृष्ण जन्माष्ठमी, धुमधामसँग मनाउदै
पोखरामा गाईजात्राको अवसरमा महोत्वस आयोजना
आज जनै पूर्णिमा
http://go.oclaserver.com/afu.php?zoneid=1465736