arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
धर्म, समाज, संस्कृति

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पूजाtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक ३, शुक्रवार)


यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवर्द्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ । (रासस)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
परम्परागत घोडेजात्रा पर्व मनाइयो
मन्दिर परिसर भित्र आफुहरुले धुनी बाल्न पाउनु पर्ने माग राख्दै पशुपतिका वावाहरु अनसनमा
नयाँ दिल्लीमा होली कार्यक्रम धूमधामसंग सम्पन्न
नेपाल पाचाङ्ग निर्णायक समितिद्वारा स्वीकृत भित्रेपात्रोहरुमा गणितीय त्रुटि
फागु पुर्णिमाको भोली पल्ट आज पुर्वी तराइका जिल्लाहरुमा होली धुमधामका साथ मनाइदै
होलीमा लोला हात्रे, रङ दल्ने तथा सवारी नियम उल्लङ्घन गर्ने ४५५ जनालाई नियन्त्रणमा
बुरा नमानो होली रे
फागुपूर्णिमा अर्थात होली पर्व आपसी सद्भावको रुपमा एक अर्कालाई रंग अविर लगाएर हर्षोल्लासका साथ मनाइँदै
आउदै गरेको होलीमा बिकृति रोक्न प्रहरीले चोक चोकमा निगरानी
महाशिवरात्रि तथा सेना दिवसको अवसरमा बुधबार राजधानीको टुँडिखेलमा नेपाली सेनाद्वारा विविध कार्यक्रम(सेना दिवस २०६७ को अवसरमा सन्देशहरु)
फागुन शुक्ल त्रयोदशीमा मनाईने हिन्दु धर्मावलम्बिहरुको पर्व महाशिवरात्री धुमधामका साथ मनाईदै
विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष एवं पुर्वमन्त्री भोलानाथ झाको उपचारकै क्रममा मृत्यु
१४३ फिट अग्लो शिवजीको मन्दिरमा एक शिव भगवानको भक्तले २४ घन्टा एक खुट्टा टेकेर तपस्या
एक महिने स्वस्थानी व्रत आज विशेष पूजाअर्चना गरी समाप्त हुँदै
विश्व शान्ति महापूजा मोन्लोम छ्यन्जो यही फागुन ८ देखि ११ गतेसम्म काठमाडौंमा हुने
कास्की, दाङ, पर्वत, मकवानपुर स्याङ्जा लगायतका जिल्लामा अनेकौ महोत्सव सुरु
राष्ट्रसंघका महासचिव बान कि मुनले लुम्बिनी विकास र प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय समुदायलाई प्रोत्साहत गर्न लागिपर्ने
माघेसंक्रान्तिमा रिडी मेला
थारु समूदायको नयाँ वर्ष एवम् ठूलो पर्व माघीको दोस्रो दिन थारु समूदायले माघीदेवानी मनाउँदै
माघेसंक्रान्ति पर्वका अवसरमा मुलुकका विभिन्न धार्मिक स्थलहरुमा पूजा आजा
http://go.oclaserver.com/afu.php?zoneid=1465736