arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
धर्म, समाज, संस्कृति

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पूजाtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक ३, शुक्रवार)


यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवर्द्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ । (रासस)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
आज माघे संक्रान्ति पर्व, मुलुकभर स्नान, दानलगायतका धार्मिक कार्य गरी मनाइँदै
थारु समुदायको नवलपरासीको गोडारमा जैविक विविधता एवम् खिचडी महोत्सव सुरु
संसारका उत्कृष्ट साहसिक गन्तव्यमा नेपाल पहिलो
नयाँ वर्ष मनाउन अमेरिकी राजदूत पोखरामा
तमु ल्होसार आज देश बिदेशमा रहेका तमु समुदाय मनाउदै/सरकारी उच्च अधिकारी तथा राजनीतिक पार्टीहरु द्वारा शुभकामना ब्यत्त
क्रिश्चियन धर्मावलम्वीको महान पर्व क्रिस्मस आज, आपसी प्रेम र सद्भावको क्रिस्मस पर्व नेपालमा पनि मनाइदै
काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङहरुले पनि ल्होछार मनाउने तयारीमा
पूर्व युवराज पारस शाह शुक्रबार धार्मिक समारोहमा भाग लिन सर्लाहीमा
होला गोप्य पनि:योग गुरु रामदेवलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री विराटनगरमा
भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुककी हजुरआमा एक साता लामो नेपाल भ्रमणमा
आज बालाचतुर्दशीलाई सतबीज छर्ने तथा वैकुण्ठ चतुर्दशी पर्वको रुपमा मनाइँदै
२५ बर्षीया महिलालाई छोरा जन्माई दिने भन्दै झाँक्री बनेर बलात्कार गरे
आज हरिवोधनी एकादशी, रेसुङ्गा क्षेत्रमा भक्तजनहरुको बिहानैदेखि घुईँचो
हेटौँडामा ज्ञानमहायज्ञ सहयोग समिति गठन।
तिहारपर्व: कात्तिक २१ गते नै भाइटीका गर्नु शास्त्रसम्मत्
अन्तरराष्ट्रिय बौध्दिक संस्था लेगाटम इन्स्टिच्युटको वैभव सूचकांकमा नेपाल ९१ औं स्थानमा
हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार यो वर्ष भाइटीका दुई दिन
नेपालीहरूको महान् चाड बडादसैं आज कोजाग्रत पूर्णिमा देखि सम्पन्न हुँदै
आज दसैंको अन्तिम दिन मानिने कोजाग्रत पूर्णिमाका अवसरमा सार्वजनिक बिदा नहुने
http://go.oclaserver.com/afu.php?zoneid=1465736