arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
धर्म, समाज, संस्कृति

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पूजाtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक ३, शुक्रवार)


यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवर्द्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ । (रासस)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
महाशिवरात्रिको अवसरमा राष्ट्रपति, उपराष्ट्रपतिद्धारा पशुपतिनाथको दर्शन
आज महाशिवरात्रि पर्व हर्षोल्लासका साथ मनाउँदै, काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत मुलुकका विभिन्न शिवालयमा ठूलो मेला
आज वसन्त पञ्चमी ! सरस्वती पूजा धुमधामका साथ मनाइयो
अब दिनभन्दा रात छोटा हुँदै
रिडीमा माघे सक्रान्ति नुहाउनेको भिड
थारु र मगर समुदायले काठमाडौंमा विभिन्न कार्यक्रम गरी माघी पर्व मनाए
माघे संक्रान्ति पर्व आज ! मुलुकभर स्नान, दान लगायत विभिन्न धार्मिक कार्यहरु गरी मनाइदैँ
माघे संक्रान्तिका लागि किनमेल गर्नेहरुको बजारमा भीड
झापाको कनकाई नदीको किनारमा लाग्ने माइमेला सुरु
नयाँ वर्ष सन् २०१६ विश्वभर भव्य स्वागत
तपाईं घरबाट निस्केर कतै जादै हुनुहुन्छ ? यी हुन् साइतमा नराम्रो असर पार्ने ७ कुरा
त्रेता युगदेखि निरन्तर मनाइँदै आएको रामजानकी 'भगवान राम र सीताको वैवाहिक कार्यक्रम' महोत्सव रद्द
ठूलो एकादशी अर्थात हरिबोधनी एकादशी मनाइयो
नेपालमा समाजसेवा गर्दै आएकी अमरिकी युवती म्यागी डोयन सन् २०१५ को सिएनएन हिरो विजेता
तराईलगायत मुलुकभर छठ पर्व
विश्वहिन्दू परिषदका संरक्षक तथा संस्थापक अशोक सिंघलको ८९ वर्षको उमेरमा निधन
नेपालीहरुको महान चाड दसैं-तिहारको समाप्तिसँगै मिथिलाञ्चलको महत्वपूर्ण चार दिने छठ पर्व शुरु
आज भाईटिका ! दिदीबहिनीहरुद्धारा दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाइदिदै, हर्षउल्लासपूर्वक महान् चाड तिहार मनाइदै
तिहारमा राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने
भाइटीका लगाउने शुभसाइत कार्तिक २७ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा
http://go.oclaserver.com/afu.php?zoneid=1465736