arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
धर्म, समाज, संस्कृति

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पूजाtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक ३, शुक्रवार)


यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवर्द्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ । (रासस)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
आज गणेश चौथी ! देशभरका हिन्दू धर्मावलम्बीले गणेशको पूजाआजा गरी गणेश चौथी पर्व मनाउँदै
आज हिन्दु नारीहरुको महान् चाड हरितालिका तीज हर्षोउल्लासका साथ मनाइदै
हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको दिन बिहान ३ बजेदेखि नै पशुपति मन्दिरका सबै ढोका खोल्ने
हिन्दु महिलाको महान् पर्व तीज सुरु, आज पहिलो दिन दर खाने
हिन्दु नारीहरुको महान् चाड हरितालिका तीज पर्व विषेश
आज बुबाको मुख हेर्ने एवम महान चाड कुशे औँसी
धार्मिक प्रतिनिधि मण्डलबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो, धर्मनिरपेक्षता कुनै पनि हालतमा अमान्य हुने
श्रीकृष्ण जन्माष्टमी पर्व पूजा आराधना गरी मनाइँदै
काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न शहरमा गाईजात्रा पर्व मनाईदै
आज जनैपूर्णिमा मुलुकभर रक्षा बन्धन गरी मनाउदै
भारत महाराष्ट्रको नासिक शहरस्थित गोदावरी नदीमा लाग्ने कुम्भ मेलामा हजारौं भक्तजनको घुइँचो
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको विश्वरुपा मन्दिर वर्षाले ढल्यो
स्वामी प्रपन्नाचार्यको ९२ वर्षको उमेरमा निधन
नागपूजा गरी नाग पञ्चमी पर्व मनाउँदै
साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भगवान शिवलाई जल चढाउन ब्रतालुको घुइँचो
गुरुप्रति आत्मसम्मान प्रकट गर्दै गुरुपूर्णिमा मनाईंदै
भूकम्पमा परी ज्यान गुमाएकाहरुको आत्माको शान्तिको कामना गर्दै काठमाडौंमा महायज्ञ
हरिशयनी एकादशी, घर आँगन रहेको तुलसी मठमा विधिपूर्वक तुलसीको बिरुवा रोपियो
बोलबम मेला सुरु, देशभरका शिवालयमा भक्तजनहरुको घुइचो
सन् २०२० सम्म भारत हिन्दू राष्ट्र हुने दाबी
http://go.oclaserver.com/afu.php?zoneid=1465736