arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
धर्म, समाज, संस्कृति

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पूजाtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक ३, शुक्रवार)


यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवर्द्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ । (रासस)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
मुस्लिम समुदायको महान् पर्व इदु उल-फित्र अर्थात् इद पर्व सुरु
आज रातिदेखि मलमास सुरु, मलमासभर शुभकार्य गर्न नहुने धार्मिक मान्यता
भूकम्पपछि पुनः बन्द भएको मनकामना केबलकार मन्दिर सञ्चालनमा
पतञ्जलीद्वारा उपहारसहित विदाई
महाभूकम्पबाट क्षतिग्रस्त गोरखा दरबारमा पूजापाठ रोक
फेरि भूकम्प आउँछ भन्ने अभिव्यक्ती दिई जनजीवन त्रसित पार्न खोजेका ज्योतिषीलाई प्रहरी सचेत
बेलायतका राजकुमारले नेपाली मुलकी बालिकालाई जुत्ता लगाएदिए
आज अक्षय तृतीया पर्व, जौको सातु र सर्वत दान गरी मनाईंदै
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन
नयाँ वर्षको पहिलो दिन मनाईने विषु पर्व सुदूर पश्चिम क्षेत्रभरी धुमधामका साथ मनाईदै
बैशाख १ गते मात्र फुल्ने फुल हेर्न सिरहामा हजारौं नेपाली र भारतीयहरुको भिड
काठमाडौंमा पहिलो पटक शान्तिका लागि धर्मगुरुहरुको कार्यक्रम
रामनवमी पर्व श्रद्धा र भक्तिपूर्वक पूजा-आराधना गरी मनाइँदै
चैते दशैं । हिन्दु धर्मावलम्बिहरु दुर्गाभवानीको पूजा आराधना गरी मनाउँदै
हिन्दूराष्ट्रको लागि मोर्चाको मोटरसाइकल र्याली
वसन्त ऋतुको आगमनको उल्लाससँगै रङहरुको चाड फागुपूर्णिमा होली भव्यताका साथ मनाइँदै
साँस्कृतिक एवं परम्परागत पर्व होली विधिवत् रुपमा सुरु
महाशिवरात्रि । पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुईंचो
मोरङमा पूर्वाञ्चल धार्मिक महोत्सव २०७१ सुरु,शुभारम्भ पुर्व राजा ज्ञानेन्द्र शाहले गरे
विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी श्रीपन्चमी मनाइँदै
http://go.oclaserver.com/afu.php?zoneid=1465736