arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
धर्म, समाज, संस्कृति

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पूजाtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक ३, शुक्रवार)


यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवर्द्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ । (रासस)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
आज माघे संक्रान्ति पर्व । मुलुकभर नदी, दोभान तथा त्रिवेणीहरुमा स्नान र मन्दिरमा पूजापाठ गर्नुका साथै रमाइलो गरी मनाइँदै
हिन्दु नारीहरुको पवित्र श्री स्वस्थानी ब्रत सुरु
पैगम्बर महम्मदको जन्मदिनको अवसरमा मायाँदेवी अनाथ आश्रम र लुम्बिनी अञ्चल अस्पताल लाई सहयोग प्रदान
अबको देश रक्षक नेपाली देशभक्त युवा समाज
आज तमु ल्होसार
नेपालगञ्जमा सत्-मार्ग प्रशिक्षण सुसम्पन्न
पोखराको लेखनाथमा ११औं लेखनाथ महोत्सव सुरु / भैरहवामा व्यापार मेला तथा लुम्बिनी पर्यटन महोत्सव सुरु
बाराको बरियारपुरमा हरेक ५ वर्षमा लाग्दै आएको विश्व प्रसिद्ध गढीमाईको मेला सुरु
छठ पर्व आजबाट शुरु
यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका, दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाई हर्षोल्लासपूर्वक मनाइंदै
रौतहटको महेशपुरमा वर्षमा एकपटक मात्र खुल्ला हुने मन्दिरमा दुई हजार बलि
यमपञ्चकको चौथो दिन आज गोवर्धन पूजा र गोरुपूजा
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज कुकुरको पूजाआजा
दोस्रो महान् चाड दिपावली तिहार २०७१ को हार्दिक मंगलमय शुभकामना
नेपाली एवं हिन्दूको दोस्रो ठूलो चाड तिहार सुरु, आज काग तिहार
आज बडादशैंको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमा
दसैं टीकाको चौथो दिन, जमरा र टीका, प्रसाद ग्रहणको क्रम जारी
मुस्लिम समुदायले बकर इद पर्व उत्साह र उमङ्गका साथ मनाउँदै
बडादसैंको टीका आजपनि जारी
http://go.oclaserver.com/afu.php?zoneid=1465736