arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

स्वास्थ्यमन्त्रीको नेतृत्वमा ११ सदस्यीय उच्चस्तरीय नयाँ स्वास्थ्य नीति निर्धारण समिति गठनtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र १५, विहीवार)

स्वास्थ्य मन्त्रालयले स्वास्थ्यमन्त्रीको नेतृत्वमा ११ सदस्यीय उच्चस्तरीय नयाँ स्वास्थ्य नीति निर्धारण समिति गठन गरेको छ ।

समितिका कार्यकारी उपाध्यक्षमा डा.महेश मास्के तथा सदस्यमा डा.बद्रीराज पाण्डे, डा.शरद् वन्त, डा.सेनेन्द्रराज उप्रेती, डा.पदमबहादुर चन्द, डा.वाइपी सिंह, दयालक्ष्मी वैद्य, डा.वासुदेव उपाध्याय र स्वास्थ्य मन्त्रालयका सचिव डा.किरण रेग्मी सदस्य सचिव रहेका छन् । समितिले केही समयमा थप एक सदस्य मनोनयन गर्नेछ ।

मन्त्रालयको जिम्मेवारी सम्हालेको एकमहिना पूरा भएको अवसरमा मन्त्री पोखरेलले आज विज्ञप्ति जारी गर्दै स्वास्थ्य बीमा विधेयक,–२०७४ सदनमा पेश भई महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिमा छलफलका क्रममा रहेको जानकारी दिएका छन् ।

आव २०७३/०७४ मा गरिब घर परिवार पहिचान भएका २५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने योजनानुरुप बाँकी १४ जिल्लामा यसै वर्ष विस्तार गरिने मन्त्रालयले जनाएको छ । ११ जिल्लामा भने कार्यक्रम लागू भइसकेको छ ।

मन्त्री पोखरेलले स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र आयुर्वेद केन्द्र स्थानीय सरकारलाई हस्तान्तरण गरी ती एकाइका अचल सम्पत्ति र व्यवस्थापन समिति स्थानीय सरकारको जिम्मामा रहने नीतिगत निर्णय भइसकेको पनि जानकारी दिए ।

निजी स्वास्थ्य संस्थाको नियमन, शुल्क, गुणस्तर तथा सुरक्षाका लागि कानूनी व्यवस्था गर्न विद्यमान शुल्क निर्धारण समितिले दिएको सुझावका आधारमा प्रक्रिया अघि बढाउन चिकित्सा सेवा महाशाखालाई जिम्मा दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्री पोखरेलले भने, विपन्न नागरिकको निःशुल्क उपचार निर्देशिकाले नसमेटेका व्यक्तिको समेत औषधि उपचारका लागि आर्थिक सहयोग दिने नीति बनाउन १५ दिनभित्र सुझाव पेश गर्न सात सदस्यीय कार्यदल, एक चिकित्सक एक संस्थाको नीतिअनुरुप कार्यसम्पादन एवम् प्रोत्सान भत्ता लागु गर्ने विषयमा सुझाव दिन उच्चस्तरीय कार्यसमिति गठन गरिएको छ । रासस 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
सप्तरीको तिरहुत गाउँपालिकाका बाढीपीडित नयाँ घर पाएपछि खुसी, १८ परिवारले पाए नयाँ घर
केहीदिन यता राजधानीलगायतका पहाडी क्षेत्रको धुम्म मौसम अझै केही दिन जारी रहने
नेपालको ग्रामीण क्षेत्रको शैक्षिक विकासमा पाकिस्तानले सहयोग गर्ने
कपिलवस्तुको दोहनीमा ईशापूर्व चारसय वर्षदेखि मानव बसोबासको प्रमाण फेला
असंबैधानिक कदम चालेकी राष्ट्रपतिलाई तरुण दलले नेपालको संविधान उपहार दिने
पश्चिम नवलपरासीका उखु किसान अख्तियारमा उजुरी दिने तयारीमा , ठगी गर्नेलाई उन्मुक्ति दिएको आरोप
गुण्डा नाइके मनोज पुनसहित दुई जनाको प्रहरीसँगको मुटभेटका क्रममा मारिएको प्रहरीद्दारा स्पष्ट
फागुन १२, १३ र १४ गते हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने
काठमाडौंका ६ स्थानमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ वा विरोध प्रदर्शनका कार्यक्रम गर्न नपाइने
राष्ट्रियसभा सदस्यमा तीनजनाको मनोनयन
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति, सातबुँदे सहमतिमा हस्ताक्षर
फागुन २१ गते संघीय संसदको अधिवेशन आह्वा‍न
कपिलबस्तुको नेपाल-भारत सीमा क्षेत्र मर्यादपुर खुनुवा क्षेत्रमा बृहत सरसफाइ
प्रधानमन्त्रीद्वारा सुखी नेपाली र समृद्धि नेपाल अपरिहार्य उल्लेख
संघीय संसदमा १३ समिति रहने गरी संसद् नियमावलीको प्रारम्भिक मस्यौदा तयार
प्रदेश ७ का मुख्यमन्त्री भट्टलगायत मन्त्रीहरुद्वारा पदभार ग्रहण
एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको गाँठो अझै फुक्न सकेन
मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि दश दिन बन्द हुने
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीद्दारा एमाले र माओवादी केन्द्रबीच एकता हुन नसक्ने उल्लेख
पूर्ववर्ती सरकारले राष्ट्रिय सभा सदस्य मनोनयनका लागि सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिने तयारी
http://go.oclaserver.com/afu.php?zoneid=1465736