arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

स्थानीय तहको निर्वाचन माओवादी केन्द्रको उपहार : प्रधानमन्त्रीtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ६, बुधवार)

प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई अधिकारसम्पन्न बनाउने गरी स्थानीय तहको व्यवस्था गरिएको र त्यो नेकपा माओवादी केन्द्रको उपहार भएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने- कतिपयले २० वर्षपछि स्थानीय निर्वाचन हुन लागेको चर्चा गर्ने गरेका छन् । तर, यो पुरानै गाउँ पञ्चायत र गाउँ विकास समितिको निर्वाचन होइन । सिंहदरबारको अधिकार गाउँ, नगरमा फर्काउने व्यवस्थासहितको स्थानीय तहको निर्वाचन हो । त्यसकारण यो निर्वाचन विशिष्ट छ ।

गाउँपालिका र नगरपालिकाको व्यवस्था र स्थानीय तहको निर्वाचन माओवादी केन्द्रको उपहार भएको भन्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सिंहदरबारको अधिकार गाउँ तहमा पुगेको उपहार लिएर जनताको घरदैलोमा जान र पार्टीलाई विजयी गराउनेतर्फ लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिए ।

प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणकाक्रममा तातोपानी नाका खुलाउनेबारे चिनियाँ राष्ट्रपतिसँग गम्भीररुपमा कुराकानी भएको र चिनियाँ राष्ट्रपतिलेसमेत नाका खुलाउन व्यक्तिगतरुपमै चासो दिएको बताए ।

कार्यक्रममा व्यवसायी एवं समाजसेवी राजकुमार पौडेलले सिंहदरबारमा केन्द्रित अधिकार गाउँ-गाउँमा ल्याउन माओवादीले बलिदान गरेको भन्दै त्यसको रक्षाका लागि आफूहरु माओवादी केन्द्रमा समाहित भएको बताए ।

कार्यक्रममा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका ६० जना नेता र कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले स्थानीय तहको निर्वाचनले जनतालाई अधिकारसम्पन्न बनाउने बताए । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
स्थानीय तहको निर्वाचनपछि प्रदेश नं ७ सुदूरपश्चिममा एक लाखभन्दा बढी नयाँ मतदाता थपिए
मनसुनी न्यूनचापीय क्षेत्रको प्रभावले देशभर बदली भएसँगै वर्षा, भोलिबाट मौसम सुधार
राष्ट्रपति भण्डारीसँग शीर्ष नेताको छलफल
पूर्वमा अज्ञात रोगबाट चार बालबालिकाको मृत्यु, रोगको पहिचान हुन सकेन्
प्रदेश २ को स्थानीय चुनावलाई सरकारी संयन्त्र तयारी अवस्थामा राख्न निर्देशन
सर्वोच्चद्वारा बाढीपीडितलाई राहत वितरणमा एकद्वार प्रणाली लागू नगर्न अन्तरिम आदेश
बाढी-पहिरोबाट हालसम्म देशभरमा १३५ जनाको मृत्यु, पीडितलाई प्रतिदिन ७० रुपैयाँ राहत
मंसिर ४ गते ३१ जिल्लामा केन्द्र र प्रदेशसभाको निर्वाचन गर्न सुझाव
अविरल वर्षा र बाढीले पूर्वी तराईका पाँच जिल्लामा ४ अर्बको कृषि उपजमा क्षति
आगामी मंसिरभित्रै एकैपटक निर्वाचन गराउन तीन दल सहमत
रौतहटमा मृत्यु हुनेको संख्या १९ पुग्यो, बाढीले बगाउँदा बालकको मृत्यु
बाढी प्रभावित जिल्लाहरुमा रोगको संक्रमण भइ नसकेको भन्दै नआत्तिन आग्रह
अहिलेसम्म देशभर बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १२०
राजधानीका सडकमा लत्रिएका तारहरु ७ दिनभित्र हटाउन सन्चारमन्त्रीको निर्देशन
प्रदेश नम्बर-२ मा निर्वाचन आचारसंहिता लागू
बाढी-पहिरोले देशलाई ठूलो विपत्तिमा पुर्‍याएको भन्दै डा. केसीले अनशन स्थगित गरे
अब मौसममा सुधार आउने, अविरल वर्षा नहुने
मृत बालकलाई पुर्ने ठाउँ नपाएर कोशीमा बगाइयो (बाढीको दर्दनाक तस्बिर)
वर्षासँगै आएको बाढीका कारण सुनसरीमा थप दुईजनाको मृत्यु
देश बाढीपहिरोको चपेटामा ! मृत्युको संख्या ७०, बेपत्ता ५० जना