arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

प्रदेश नम्बर-२ को स्थानीय निर्वाचन नजिकिँदै गर्दा सर्लाहीमा चुनावी सरगर्मीtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २०, मंगलवार)


 मुलुक संघीय संरचनामा गइसकेपछि पहिलोपटक हुन लागेको प्रदेश नम्बर-२ को स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सर्लाहीमा पनि चहल-पहल बढेको छ ।

राजनीतिक दलहरुलाई मतदाता रिझाउन भ्याइ-नभ्याइ भएको छ ।

सर्लाहीमा राजनीतिक दलहरुले चुनावी प्रचारलाई तीव्र बनाएका छन् । सर्लाहीका नगरदेखि गाउँपालिकाका चोकचोक र चौतारामासमेत दलहरुले प्रचार-प्रचारलाई तीव्रता दिएका हुन् ।

नेता तथा कार्यकर्ताले ठाउँठाउँमा आ-आफ्ना दलका चुनाव चिह्नअंकित झन्डा टाँग्ने र पम्प्लेट वितरण गर्नेलगायतका काम गरिरहेका छन् । सहर बजार रंगीचंगी बन्न थालेका छन् ।

सर्लाहीका अधिकांश स्थानीय तहमा दलहरुले उम्मेदवारी टुंगो लगाएका छन् । केहीमा भने तालमेलको पहल गरिरहेकाले उम्मेदवारी घोषणा गर्न सकेका छैनन् ।

शीर्ष नेताहरुले तालमेलमा चासो राखेकाले कार्यकर्ता भने अन्योलमा परेका छन् ।

विशेषगरी सर्लाहीमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राजपा नेपाल, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमबीच चुनावमा तीव्र प्रतिस्पर्धा हुने बताइएको छ ।

उम्मेदवारी घोषणा गरिसकेकाहरुले प्रचारलाई तीव्रता दिँदै आफ्ना एजेन्डा मतदाताहरुसमक्ष राखिरहेका छन् । उनीहरुले विकासलाई नै पहिलो प्राथमिकता दिएका छन् ।

मतदाताहरु पनि उम्मेदवारका एजेन्डा हेरेर आफ्नो निर्णय गर्ने बताउँदै छन् । स्थानीय विकासप्रेमी उम्मेदवारलाई मतदान गर्ने उनीहरु बताउँछन् ।

सर्लाहीमा ३१८ मतदानस्थलमा ५०१ मतदान केन्द्र निर्धारण गरिएका छन् । ३ लाख ६६ हजार ६०५ मतदाता रहेको सर्लाहीमा ११ नगरपालिका र ९ गाउँपालिकासहित २० ओटा स्थानीय तह छन् । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
मोरङको कानेपोखरीमा आगलागी हुँदा एकै घरका चार जनाको जलेर मृत्यु
यो वर्षको दसैंमा पनि पानी पर्ने, दसैंसम्म मनसुनी सक्रिय
काठमाडौंमा मरेका खसीबोका बिक्री, नागढुंगामा २८ वटा मरेका खसीबोका बरामद
प्रदेश नम्बर-२ मा भएको स्थानीय निर्वाचनको मतगणना जारी, कांग्रेस अगाडि
प्रदेश नम्बर २ का आठ जिल्लामा २९८ टोलीबाट धमाधम मतगणना हुँदै
बडादसैं, तिहार तथा छठ पर्वका बेला उपत्यकाभित्र पाँच हजार प्रहरी परिचालन
धनुषाको हंशपुर नगरपालिका मेयर-उपमेयरमा राजपा विजयी
प्रदेश नम्बर-२ मा सम्पन्न तेस्रो चरणको स्थानीय निर्वाचनको मतगणना जारी
दशैं, तिहार, छठलगायत चाडपर्वमा मापसे जाँचलाई कडाइ, नाकामा विशेष चेकजाँच
मा‌ओवादी केन्द्रका प्रतिनिधिले बाराको बारागढी गाउँपालिकामा‌ मतपत्र च्यात्ने प्रयास गरे
महोत्तरीमा कांग्रेसले दुई वडामा विजय
निर्वाचन आयोगले पाँच दिन भित्रै प्रदेश नंम्बर -२ को स्थानीय तहको मतगणना गरिसक्ने
सिरहामा मतगणना सुरु
सरकारद्वारा आयल निगमका कार्यकारी निर्देशक खड्कालाई पदबाट बर्खास्त
प्रदेश नम्बर-२ मा सम्पन्न तेस्रो चरणको स्थानीय निर्वाचनको मतगणना शुरु
आज प्रदेश २ मा तेस्रो चरणको स्थानीय निर्वाचनका लागि मतदान हुँदै
दसैं, तिहार नजिकिदै गर्दा आन्तरिक राजस्व विभागद्वारा बजार अनुगमनलाई तीव्रता
स्थानीय निर्वाचनमा सुरक्षा त्रुटि हुन नदिन भारतीय सीमानाका बन्द
दशैं बजारलाई लक्षित गरी व्यापारीहरुले मुस्ताङी चेलुक च्याङ्ग्रा ओराल्न थाले
प्रधानमन्त्री देउवाद्वारा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनपछि देशले गति पाउने उल्लेख