arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अडगुरीका अण्डा व्यवसायीको वार्षिक कारोबार एक करोड २६ लाख रुपैयाँtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ ४, आइतवार)


वीरेन्द्र केसी कान्तिपुर

अडगुरी, अर्घाखाँची । अडगुरी अमिलेखोलाका अण्डा व्यवसायीले अण्डाबाट वार्षिक रूपमा एक करोड २६ लाख रुपैयाँको कारोबार गर्छन् । 
स्थानीय तारादीपक न्यौपाने र पुनाराम भुसालले संयुक्त रूपमा सन्धिखर्क नगरपालिकाको तीनथुप्रेमा ३५ रोपनी खेत भाडामा लिएर उक्त व्यवसाय गर्दै आएका छन् । यी दुईलाई गाउँका सात जना साथीभाइले साथ दिएका हुन् । आठ-आठ लाख सेयर उठाएर ९० लाखको रपैयाँ लगानीमा अण्डाका लागि कुखुरा पाल्न थालेपछि उनीहरूको वार्षिक आम्दानी बढेको हो । 

उनीहरूले सञ्चालन गरेको शिवालय पोल्टी फर्ममा अहिले ६ हजार कुखुरा छन । अझै ६ हजार कुखुरा थप्ने तयारीमा छन् । 'कुखुरामा राम्रो भविष्य रहेछ,' न्यौपानेले भने, '१४ वर्ष अरब बस्दाभन्दा चार वर्षमै यतै आनन्द आयो ।' उनका अनुसार दैनिक ४५ सय अण्डा उत्पादन हुन्छ । अण्डा बिक्रीबाट दैनिक ४५ हजार रुपैयाँ भित्रिने गरेको न्योपानेले बताए । उनका अनुसार मासिक १३ लाख ५० हजार रुपैयाँ र वार्षिक एक करोड २६ लाख रुपैयाँको कारोबार भइरहेको छ । बाहिर जिल्लाका पनि अवलोकन गर्न आउँछन । 

शिवालय फर्म कृषि र पशु कार्यालयबाट पुरस्कृत भएको छ । राष्ट्रपति कृषि पुरस्कार र कृषि प्रदशनीमा प्रथम पुरस्कार पाएको छ । पशु चिकित्सक विष्णु पौडेलका अनुसार शिवालय पोल्ट्री फर्मलाई अनुदान, तालिम, प्राविधिक सर सल्लाह र कुखुराको नियमित हेरचाह भैरहेको छ । युवाको सक्रियताले चार वर्षमै जिल्लामै धेरै अण्डा उत्पादन गर्ने फर्म भएको उनले बताए । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
भारतको दिल्ली - नोएडामा अर्घाखाँचीबासी युवाको गोली हानी हत्या
अर्घाखाँचीमा चाडपर्वका बेला यात्रुलाई ठग्ने गाडी धनिलाई हदैसम्मको कार्वाही गरिने, राती दश बजेसम्म काउन्टर खुल्ला
भुमिकास्थान नगरपालिकाको आ.ब २०७४।०७५को कुल ३७ करोड ७३ लाख रुपैयाको नीति तथा कार्यक्रम सार्वजनिक
अर्घाखाँचीमा एनएमबि बैंकको एकघर एक खाता अभियान जारी
क्रिकेट खेलाडी बिक्रम कुमार भुसाललाई गृह जिल्ला अर्घाखाँचीमा भब्य स्वागत अभिनन्दन
पाणिनी गाँउपालिकामा प्रथम गाँउ सभाले बजेट विनियोजन, सबै घरधुरीमा यसै बर्ष विजुली बल्ने
छत्रदेव गाउँपालिकाको भगवतीमा ७७ बर्षीया बृद्धाको विभत्स हत्या
पैसा नहुँदा घरमा थला परेकी नुवाकोट पानडाँडाकी मृगौला पीडित महिलालाई आर्थिक सहयोग (सहयोगी दाताको नामावली सहित)
अर्घाखाँचीमा तेस्रो संबिधान दिवस ! संविधानको रक्षाको लागि सबैपक्ष बीच एकताको खाँचो
उत्साहजनक सहभागीता नभएपनी अर्घाखाँचीमा संबिधान दिबस मनाईयो
छत्रगञ्जका युवाहरु मिलि छत्रगञ्ज कल्याणकारी युवा बचत समुहको गठन गरे
अर्घाखाँचीभर अक्टोबर क्रान्तिको शतबार्षिकीमा अखिल छैठौंको बिशेष अभियान
राष्ट्रिय जनमोर्चाको भेला तथा प्रशिक्षण कार्यक्रम भुमिकास्थान नगरपालिकाको नुवाकोटमा सम्पन्न
जिल्ला यातायात ब्यबस्थापन समितिको बैठक सन्धिखर्कमा सम्पन्न, यातायात ब्यबस्थापन प्रभाबकारी बनाउन प्रजिअको निर्देशन
कर्मचारीको चरम लाहप्रवाहीका कारण लोडसेडिङ मुक्त अर्घाखाँचीमा दैनिक १२, १५ पटक लाईन कटौती
सन्धिखर्कका बसपार्क फुदबाङ र हस्पिटल क्षेत्रमा व्यापक अनुगमन, म्याद नागेका खाद्य बस्तु जफत, मदिरा नष्ट
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीद्वारा सुरक्षा व्यवस्थामा कडाई
भूमिकास्थान नगरपालिका स्वास्थ्य शाखाको अन्तक्रिया कार्यक्रम सम्पन्न
सन्धिखर्क नगरपालिकाद्वारा पहिलो नगर सभाकाे निर्णय, नीति तथा कार्यक्रम सार्बजनिक (निर्णय, तस्बिर सहित)
उद्योग बाणिज्य संघ अर्घाखाँचीकाे सन्धिखर्कमा दशै-तिहारकाे शुभकामना तथा प्रजिअ भुसाललाई स्वागत कार्यक्रम सम्पन्न