arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
नेपालको संविधान २०७२ अनुसार प्रदेश नम्बर ५ अखण्ड राख्ने ?

पक्ष
विपक्ष

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
अर्थ,वाणिज्य,कृषि समाचार

आइडिया र भोडाफोन मर्जर हुंदा भारतकै ठूलो टेलिकम कम्पनी बन्योtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

world news

 बेलायती बहुराष्ट्रिय दूरसञ्चार कम्पनी भोडाफोनको भारतीय एकाइले स्थानीय मोबाइल नेटवर्क सञ्चालक कम्पनी आइडिया सेलुलरसँग गाभिन सहमति जनाएको छ । २३ अर्ब डलरमा आफुलाई  आइडियासँग गाभ्न कम्पनी सहमत भएको हो । मर्जरपछि बन्ने कम्पनीको संयुक्त ग्राहक सङ्ख्या करीब ४० करोड पुग्नेछ । यो भारतको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी हुने बताइएको । आइडियाको सञ्चालक समितिले सोमवार नै मर्जर प्रस्ताव पारित गरिसकेको छ । 

मर्जरपछि बन्ने कम्पनीमा भोडाफोनको ४५ दशमलव १ प्रतिशत शेयर हुनेछ । यसमा आदित्य बिरला ग्रूपको २६ प्रतिशत र बाँकी २८ दशमलव ९ प्रतिशत शेयर चाहिँ अन्य शेयरधनीको हुनेछ । कम्पनीमा अध्यक्ष नियुक्तिको अधिकार आइडियालाई र प्रमुख वित्तीय अधिकृत नियुक्तिको अधिकार भोडाफोनलाई रहने बताइएको छ । सम्झौता सन् २०१८ को अन्त्यसम्ममा पूरा हुने अपेक्षा गरिएको छ । 

यस सम्झौताले भारतीय अर्बपति मुकेश अम्बानीको कम्पनी रिलायन्स जियो इन्फोकमले गतवर्ष फोरजी मोबाइल ब्रोडब्याड नेटवर्क लञ्च गरेपछि स्थानीय मोबाइल उद्योगमा आएको रूपान्तरणलाई उजागर गरेको छ । जीयोले महीनौंसम्म निःशुल्क सेवा दिएपछि भारतीय, भोडाफोन र आइडियासमेत आप्mना सेवाको मूल्य कटौती गर्न बाध्य भएका थिए । आइडिया सेलुलरमा मलेशियाली दूरसञ्चार कम्पनी आजियाटाको पनि शेयर छ । आजियाटाले हालै मात्रै नेपाली कम्पनी एनसेल किनेको थियो ।   - रोयटर्स

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
इपिएस कोरिया भाषा परीक्षा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीद्वारा पक्राउ
संचय कोषले पूर्वाधार निर्माणसँग सम्बन्धित कम्पनीको शेयरमा लगानी गर्न पाउने
विदेशमा कार्यरत र स्वदेश फर्केका अधिकांश कामदार अझै बचतपत्रबारे अनभिज्ञ
छानबिन हुने भो अजय सुमार्गीको सम्पति ।।
निजी प्रयोगका विद्युतीय सवारी साधनको पैठारीमा अन्त शुल्क पुरै छुट, १०% भन्सार शुल्क लाग्ने
आर्थिक वर्ष ०७३/०७४ का लागि कुल १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट सार्वजनिक
संसद नियमावलीको टुंगो बजेटपछि मात्र
आज १० खर्ब बढीको जम्बो बजेट सार्वजनिक हुँदै
म्याग्दीका चार गाविसमा सहकारी बंगुर पालन कार्यक्रम
आर्थिक सर्वेक्षण : नाकाबन्दीले व्यापार घाटा घट्यो
सार्वजनिक संस्थानको अवस्थामा सुधार, २० संस्थान नाफामा
चालु वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक, सार्वजनिक संस्थानको नाफा रकम र संख्या दुवै बढ्यो
पछिल्ला दिन ऋणात्मक रहेको शेयर बजारमा दोहोरो अंकको सुधार
शेयर बजारमा कारोबार परिमाण र बजार परिसूचक नेप्से दुबैमा सुधार
शेयर बजार थोरै अंकलेमात्र सकारात्मक
शेयर बजारमा दोहोरो अंकको सुधार आएर उचाइको नयाँ रेकर्ड राख्नेक्रम जारी
कृषि बिकास बैंक शाखा कार्यालय खैरेनीटार तनहुंमा अनलाईन मार्फत बैंकिङ्ग कारोबारको सुरुवात
पानामा कागजात चुहावट गर्ने स्रोतले कानुन कार्यान्वयन गर्ने निकायसँग सहयोगका लागि अपिल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झोला ओसार्ने दुई बेल्ट थपिए
आगामी संसदमा पेश गर्ने आर्थिक वर्ष २०७३-०७४ को प्री बजेटमा छलफल शुरु