arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

दुबई पुर्‍याइएका ३२ जना नेपाल फिर्ता text size increase   text size decrease   Print    rss (२०७४ वैशाख २०, बुधवार)

 भारत हुँदै युनाइटेड अरब इमिरेट्स (युएई)को दुबई पुगेका ४४ जना नेपाली महिलामध्ये मंगलबार १२ जना नेपाल फिर्ता पठाइएकोमा बुधबार थप ३२ जना आइपुगेका छन् ।

उनीहरूलाई दलालले भारतको दिल्लीको विमानस्थलबाट सोमबार साँझ दुबई पुर्‍याएकोमा आवश्यक कागजात नभेटिएपछि त्यहाँको अध्यागमनले नेपाल फिर्ता गरिदिएको थियो ।

राहदानीमा कुनै देशको पनि प्रवेशाज्ञा नलागेका उनीहरुले आफूहरु केन्या जान लागेको भन्दै दुबई पुगेकोमा त्यहाँबाट दलालले कुवेत लैजाने तयारी गरेको थियो ।

केन्यामा नेपालीलाई अन अराइभल भिसा अर्थात् जानेबित्तिकै प्रवेशाज्ञा दिने प्रावधानको फाइदा उठाउँदै उनीहरु भारतीय विमानस्थलमा सेटिङ मिलाएर गएको अनुसन्धानकोक्रममा खुलेको छ ।

फिर्ता भएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन विभागले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि अहिले माइती नेपालको जिम्मा लगाएको विभागका महानिर्देशक गंगाराम गेलालले जानकारी दिए ।

उनीहरुलाई मनोसामाजिक परामर्शका लागि माइती नेपालमा पठाइएको र लैजाने गिरोहबारेसमेत अनुसन्धान भइरहेको उनले बताए ।

उनले भने- मंगलबार १२ जना र बुधबार थप ३२ जना महिला दुबईबाट फिर्ता भएका छन् । उनीहरु सबैलाई तराईका विभिन्न सीमानाका हुँदै स्थलमार्गबाट भारत लगिएको पाइयो ।

यसरी फिर्ता हुनेमा कन्चनपुर, बर्दिया, काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपाल्चोकलगायत जिल्लाका रहेका छन् । केही महिला त चार महिनासम्म दिल्लीमा बसेर दुबई लगिएको भेटिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लेसमेत यो घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक मीरा चौधरीले सो घटनाबारे ब्युरोले अनुसन्धान सुरु गरेको र यसमा संलग्न गिरोहको छिट्टै पहिचान हुने बताइन् ।

दुबईबाट दिल्ली फिर्ता गरिएका एअर इन्डियाको दिल्ली उडानबाट काठमाडौं आइपुगेका हुन् ।

विभागका महानिर्देशक गेलालले यस घटनाबाट भारत हुँदै अवैधरुपमा खाडीमा पठाउने ठूलो गिरोह सक्रिय रहेको खुलेकाले त्यसलाई रोक्न मन्त्रालयमार्फत् कूटनीतिक ढंगले भारत सरकारसँग कुरा गर्नुपर्ने आवश्यकता देखिएको टिप्पणी गरे ।

फर्किएकाले दिएको प्रारम्भिक बयानमा आफूहरु घरेलु कामदारकोरुपमा कुवेत जान लागेको बताएका छन् । भारतबाट जाँदा उनीहरु अफ्रिकीमुलुक केन्या जान लागेको भनी त्यहाँको विमानस्थलमा विवरण लेखाएका थिए ।

यसअघि उत्तर प्रदेशको वाराणसीस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थल हुँदै युएईको शारजाह जान लागेका ३६ जना नेपाली महिलालाई गत हप्ता विमानस्थलबाट भारतीय प्रहरीले रोकेको थियो ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडीका राष्ट्रहरूमा घरेलु कामदारमा पठाउन रोक लगाउने निर्णय गरेपछि पछिल्लो समय भारत हुँदै अवैधरुपमा खाडीमा जानेको संख्या बढ्दै गएको छ । रासस 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
कतार नेपाली एकता समाज अन्तर्गत बुद्धिजीबी विभागको चौथो भेला सम्पन्न
गैर आवासीय नेपाली संघ जेद्दाको चौथो अधिवेशन सम्पन्न
साउदीमा कारको ठक्करबाट एक नेपालीको मृत्यु
साउदीमा नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षा तथा श्रमिक सवालमा चासो
पारिबारिक समाज साउदी अरबको भेटघाट तथा अधिबेशन सम्पन्न
अर्घाखाँची प्रवासी समाज बहराइन र सुपादेउराली बचत खाताको मार्सिक बैठक सम्पन्न (तस्बिर सहित)
नेपाली जनप्रगतिशील मंच ओमानको नेतृत्वमा उमेश वि.क
नेपाली राजदूतावास साउदीको परिचयात्मक कार्यक्रम सम्पन्न
ओएनएफ साउदी र नवनियुक्त राजदुत बीच भेटघाट कार्यक्रम सम्पन्न
नेपाली राजदुतावास ओमान अन्तरक्रिया कार्यक्रम ! नारायण काजी अाेमानमा
साउदी अरबमा ८ बर्षदेखि बन्दी जीवन बिताएकि नेपाली चेलिको उद्दार
अवैधरुपमा रहेका नेपालीमाथि मलेसिया सरकारले पक्राउ गर्न थाल्यो
ओमानमा संयुक्त बैचारिक सयन्त्रद्दारा नेपाल सरकारका प्रधानमन्त्री लाई ज्ञापनपत्र
दक्षिण कोरियामा फेरि अर्का नेपालीको निधन
अर्घाखाँची सेवा समाज कतारको १४ औ बैठक सम्पन्न
साउदीको अलमराई अन्तर्गत घुरनाथा नेपाली कमिटी समाजसेवामा निरन्तर अघि बढ्दै
श्रमिक सेल्टरमा रहेका कामदारहरू सकुसल नेपाल फर्कीए
काबुल आतंकवादी आक्रमणमा परी पाँच नेपाली घाइते
युएईको दुबईमा नेपालीको शान
गैर आवासीय नेपाली संघ साउदी अरबको छैठौं महाधिबेशन हुदै