arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
मनोरन्जन,कला र शैली

अारबीका शव्दलार्इ अर्जुनकाे धुनः 'तिम्राे तस्वीर' ले छुन सक्छ मनtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ३१, आइतवार)

भुटि्नज नेपाली मूलका प्रतिभाहरू तेस्राे मुलुकमा पुनर्स्थापित भएयता ललितकलाका तीनै विधामा अाकास मागिरहेका छन् । नेपालमा शरणार्णी शिविरमा रहँदा अभावका कारण खुम्च्याइएका रहर र दाेहन भएका प्रतिभाहरू फैलाउने अभियान सुरू भएकाे छ । त्यसमा पनि अमेरिका पुनर्वासमा अाएका युवाहरूमा त रेनेसा नै सुरू भएकाे छ भन्दा पनि हुन्छ।

याे रेनेसामा गीत संगीतमा लागेका केही युवाहरूले त अाफ्नाे ब्राण्ड पनि बनाइसकेका छन् । त्यही ब्राण्ड बनाउने युवाहरूमा पर्छन्- गीतकार अारबी खड्का र संगीतकार तथा गायक अर्जुन रसाइली । अमेरिकाकाे अाेहायाे काेलम्बसलार्इ डेटलाइन बनाएर यी युवाहरू अाफ्नाे ब्राण्ड मात्र बनाइरहेका छैनन्, नेपाली गीत संगीतकाे श्रीवृद्धिमा याेगदान पनि गरिरहेका छन् ।

अहिले यी दुर्इ युवा जुगलबन्दीका साथ तिम्राे तस्वीर लिएर अाउने क्रममा छन् । अाखिर के हाे त  तिम्राे तस्वीर? एउटै वाक्यमा भन्दा  तिम्राे तस्वीर अारबी खड्काका शव्दमा अर्जुन रसाइलीले संगीत गरेका अाठवटा गीतकाे सांगीतिक काेसेली हाे । याे सुगम संगीतलार्इ अाधार बनाएर लाेक, पप, अाधुनिक र गजल फ्लेवरमा सजाइएकाे छ।

एलबमकाे शीर्षक गीत संगीतकार अर्जुन रसाइलीले नै गाएका छन् । जिउँनलार्इ तस्वीर हेर्नुपर्ने बहानाकाे याे प्रेमील गीत माया गर्नेहरूका लागि अजम्बरी लाग्छ। शान्त-सुखाय-सुगम गीतकाे छनक प्रस्तुत गर्ने गीत हेर्ने हैन, सुन्ने गीतकाे गतिलाे उदाहरण बनेकाे छ भन्दा अन्यथा लाग्दैन । लाेक पप फ्लेबरमा मनाेज ढकालले गाएकाे यसपाली कान्छी भेट भकाे बेलामा पनि दाेयम छैन । गम्भीर स्वरका धनी जगदीश समालले अाज पनि त्यस्तै भयाे लार्इ अन्याय हुन दिएका छैनन्। उनी अाफ्नै बान्कीमा जमेकै छन् यस गीतमा।

अहिले भुटि्नज नेपाली गीत/संगीतमा संख्या पनि चाहिएकाे छ। संगीतकाे थेसिसले पनि भन्छ, संख्याले गुण दिन्छ । पर्याप्त संख्या नभर्इ संगीतकाे समीक्षा पनि सम्भव हुदैन। साँच्चै भन्ने हाे भने अहिले संगीत समीक्षकहरू प्रवर्धककाे भूमिकामा हुनुपर्ने अवस्था छ।

एलबममा गायक सत्यराज स्वरूपराजले दुर्इवटा गीतमा स्वर भरेका छन् । अाँखा राम्राे भनुँ कि म अाेठ राम्राे भनुँ पप फ्लबेरमा फास्ट विटमा छ भने तिमीले सल्कायाै मनमा अागाे स्लाे बिटमा गतिलाे सुगम संगीत बनेकाे छ । अाचार्य वन्धुले गीतका शव्द र संगीतकाे कम्पाेजलार्इ न्याय  गरेका छन् । उदय मनिलाकाे स्वरमा गुञ्जेकाे युगाैयुग दिउला तिमीलार्इ एलबमकाे एक सशक्त गीत हाे । संगीतलार्इ गम्भीर बनाउने याे जाेडीले याे गीतलार्इ पनि अाफ्नै संगीतकाे स्कूलमा तानेर कर्णप्रिय बनाएकाे छ। किरण गजमेरले पप बिटमा अाएकाे तिमीसँग मनका कुरा खाेलु खाेलु पनि  युवापुस्तालार्इ तान्न सक्ने गीत बनेकाे छ । त्यस्तै, किशाेर शिवाकाेटीकाे स्वरमा रहेकाे पत्थर मुटु बनाएर विदा मागी गयाै अाफैंमा एउटा गतिलाे सुन्ने संगीतका रूपमा उपस्थित छ।

नेपाली गीत/संगीत क्षेत्रमा संगीतकाे समीक्षा गर्ने उम्दा परम्परा नै छैन। समीक्षाका नाममा या त प्रशंसा हुन्छ या त गाली । याे सिर्जनाभन्दा पनि सर्जकसँगकाे प्राेक्सिमिटीमा अाधारित हुन्छ। भुटि्नज नेपाली गीत/संगीत क्षेत्र पनि अपवादमा छैन।

अहिले भुटि्नज नेपाली गीत/संगीतमा संख्या पनि चाहिएकाे छ। संगीतकाे थेसिसले पनि भन्छ, संख्याले गुण दिन्छ । पर्याप्त संख्या नभर्इ संगीतकाे समीक्षा पनि सम्भव हुदैन। साँच्चै भन्ने हाे भने अहिले संगीत समीक्षकहरू प्रवर्धककाे भूमिकामा हुनुपर्ने अवस्था छ।

तिम्राे तस्वीर एक श्रवणीय सांगीतिक काेसेली भएकाे छ। याे एलबम नेपाली गीत संगीतमा मूलधारकाे एलबमकाे काेटीमा छ। यसलार्इ परिचय दिनका लागि अरू विशेषण थपेर खुम्च्याउन जरूरी छैन । समय र स्थान जाेडेर बन्ने सन्दर्भकाे कशीमा नाप्दा पनि  तिम्राे तस्वीर अायाराम गयाराम संगीत सिर्जना हैन। याे हेर्नेभन्दा पनि सुन्ने संगीतका पारखीहरूका लागि एक संग्रहणीय एलबम हुन सक्छ । 

तर, अपवादमा तिम्राे तस्वीर जमेर संगीत समीक्षा गर्न लायक एल्बम बनेकाे छ। भनिन्छ,  गीत संगीत कम्तीमा पनि एक दशक बाँच्याे भने त्याे अायाराम गयाराम हुदैन, संगीत समीक्षाका लागि याेग्य हुन्छ। यस कडीमा तिम्राे तस्वीर समीक्षायाेग्य हुन पनि सक्छ। त्यसका लागि यस एलबममा संलग्न सबै संगीत श्रष्टा सर्जकलार्इ साेध्नुपर्ने हुन्छ, अबकाे १० वर्षपछि तपार्इ तिम्राे तस्वीरका सिर्जनालार्इ हातका अाैंलामा गन्न सक्नुहुन्छ? छातिमाथि  हात राखेर भन्दा जे उत्तर अाउँछ, अहिलेका लागि याे एलबमकाे रेटिङ पनि त्यही नै हाे।

समग्रमा तिम्राे तस्वीर एक श्रवणीय सांगीतिक काेसेली भएकाे छ। याे एलबम नेपाली गीत संगीतमा मूलधारकाे एलबमकाे काेटीमा छ। यसलार्इ परिचय दिनका लागि अरू विशेषण थपेर खुम्च्याउन जरूरी छैन । समय र स्थान जाेडेर बन्ने सन्दर्भकाे कशीमा नाप्दा पनि  तिम्राे तस्वीर अायाराम गयाराम संगीत सिर्जना हैन। याे हेर्नेभन्दा पनि सुन्ने संगीतका पारखीहरूका लागि एक संग्रहणीय एलबम हुन सक्छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
सिन्दुरको मूल्य चुकाउन नविनले ईश्वरलाई बाध्य बनाए
बलिउड अभिनेत्री रिमा लगुको हृदयघातका कारण निधन
बलिउड अभिनेता विनोद खन्नाको ७० वर्षको उमेरमा निधन
अर्घाखाँचीका झबिन्द्र थापा मगरको आधुनिक गित मेरो जिउने आधार तिमी बजारमा
चलचित्र 'जोनी जेन्टलम्यान' को गीत "तिमीविना मान्दैन" को भिडियो सार्वजनिक
सागर लामाको गीत शनिबारको दिन सार्बजनिक (भिडियो सहित)
यिनी हुन रियल लाइफको असली हिरो बाबु रोका मगर
डाक्टर गुलाटीले नयाँ शो ल्याउने द कपिल शर्मा शो को छायांकन रोकियो
गुगल ब्वाय भनेर चिनिने भारतीय अद्भूत बालक कौटिल्य नेपाल आउँदै
सिकागोमा नारायण गजमेरको ''निश्चल'' सार्वजनिक
अर्घाखाँची चिदिकाका मधु रेश्मी मगरले सन्ध्या मगरको नयाँ एल्वमबाट बजारमा
अर्घाखाँची मैदानका प्रेम घिमिरे र सीता सुनारको ''ढिकी जातो'' म्यूज़िक भिडियो बजारमा
सपना देख्न उमेर चाहिँदैन
फिल्म लभ लभ लभ को ट्रेलर सार्वजनिक (भिडियो)
आमिर खान अब अन्तरिक्ष यात्रीको भूमिकामा
दीप गायन ताराको उपाधि बुटवल कालीकालाई
विश्वभर भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस
चलचित्र प्रचार प्रसारका लागि निर्माता जापानदेखि नेपालमा
जहाँ बसेपनि नेपाल र नेपालीहरुको लागि काम गर्नेछु: तेरिया
शाहरुख खानले नेपाली फ्यानप्रति आभार व्यक्त गरे