arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
अर्थ,वाणिज्य,कृषि समाचार

नेपालमा मोबाइल मनीtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन १३, शुक्रवार)

world news

मोबाइल मनी भनेको के हो ?
मोबाइल मनी भनेको विद्युतीय वालेट सेवा हो । यस सेवामा प्रयोगकर्ताले आप्mनै मोबाइल प्रयोग गरी बैङ्क खातामा वा आफ्नै मोबाइल खातामा पैसा जम्मा गर्न, अरूलाई पैसा पठाउन र अरूबाट पैसा प्राप्त गर्नेलगायत कार्य गर्न सक्छन् । पछिल्लो समय विश्वभर विभिन्न बैङ्कले आफ्ना ग्राहकलाई यो सेवा प्रदान गरिरहेका छन् । बैङ्कसँग मिलेर अरू संस्थाले पनि यो सेवा दिने गरेको समेत पाइन्छ । यो सेवा जुनसुकै फोनमा पनि प्रयोग गर्न सकिन्छ, चाहे त्यो स्मार्टफोन होस् वा फिचर फोन ।

मोबाइल मनीको प्रयोग : अहिले विश्वभर स्मार्टफोनबाट भुक्तानी गर्ने चलन चलेको छ । तर मोबाइल मनीको अवधारणा सबैभन्दा पहिला केन्यामा प्रयोग भएको थियो । सन् २००७ को मार्च महीनामा बेलायती दूरसञ्चार कम्पनी भोडाफोनको केन्याली सहायक कम्पनी सपारीकमले त्यहाँ एमपेसा सेवा लञ्च गरेको थियो । सफारीकमले एक दशकअघि शुरूमा प्रयोगकर्ताहरूबीच ससानो रकम भुक्तानीका लागि मात्रै यो सेवा शुरू गरेको थियो । तर पछि यसमा फाइनान्सिङ र माइक्रोफाइनान्सिङको सुविधा पनि दिइयो । हाल यो सेवामा सीमापार रकम स्थानान्तरण, कर्जा र स्वास्थ्य प्रावधान समेत समाविष्ट छ । अहिले यो सेवा करीब ८० प्रतिशत केन्यालीहरूले प्रयोग गरिरहेका छन् । त्यहाँको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २५ प्रतिशतभन्दा बढी यही सेवामार्फत प्रवाह हुने गरेको छ ।

मोबाइल मनीको प्रयोगमा केन्याको सफलता : केन्यापछि अफगानिस्तान, दक्षिण अफ्रिका, भारतलगायत विश्वका विभिन्न स्थानमा समेत विस्तार भइसकेको छ । तर, केन्यामा मोबाइल मनीले जुन सफलता प्राप्त गरेको छ त्यही सफलता अन्य देशमा छैन । मोबाइल फोनको माध्यमबाट लघुवित्त कर्जा भुक्तानीलाई सहज बनाउन, रकम स्थानान्तरणको लागत घटाउन र ब्याजदरलाई न्यून बिन्दुमा कायम गर्न मद्दत होस् भन्ने हेतुले एमपेशाको विकास गरिएको थियो । तर, परीक्षण सकिन नपाउँदै यो सेवा रकम स्थानान्तरणको सर्वसुलभ साधन प्रमाणित भयो । यसको सफलतामा त्यहाँको केन्द्रीय बैङ्कले निकै सकारात्मक भूमिका निर्वाह गरेको पाइन्छ । मोबाइल मनी सेवालाई बैङ्किङ सेवा नठानेर नियामक बैङ्कले सो व्यवसाय प्रवेशमा सीमित मापदण्ड तोकिदिएको पाइएको छ । अन्य माध्यमको तुलनामा एमपेशाबाट थोरै खर्चमै रकम स्थानान्तरण हुनु पनि यसको सफलताको एउटा कारण थियो । यस सेवाले वित्तीय र बैङ्किङ क्षेत्रले समेट्ने नसकेको ग्रामीणभेगदेखि झुपडपट्टीसम्मका मानिसलाई समेट्न सफल भयो ।

यति मात्रै होइन, एमपेशा सेवाले विस्तारै कर्जा र बचत सेवा पनि उपलब्ध गरायो । तलब वितरण, महशुल भुक्तानीलगायत कार्यमा समेत यसको प्रयोग हुन थालेपछि यसबाट मानिसको समय र पैसा समेत बचत हुन थाल्यो । एमपेशा सेवा प्रयोग गर्न थालेपछि ग्रामीण केन्याली घरपरिवारको आम्दानीमा ५ प्रतिशतदेखि ३० प्रतिशतले बढेको एक अध्ययनले देखाएको थियो । त्यस्तैगरी, केन्यामा चरम गरीबीमा बाँचिरहेका २ प्रतिशत केन्यालीको जीवनस्तर एमपेशाले उकासेको सफारीकमको तथ्याङ्कले देखाएको छ । यसरी भरपर्दो मोबाइल भुक्तानी मञ्चको विकासले केन्यामा विभिन्न स्टार्टअप कम्पनीको उदय गरायो । सम्पत्ति शुद्धीकरणलगायत चिन्ताका कारण ताञ्जानिया र अफगानिस्तानलगायत देशहरूमा बैङ्क र नियामकहरूले नै मोबाइलमनी योजनाको विरोध गरे । तर, केन्यामा भने दूरसञ्चार कम्पनी, बैङ्क र नियामक निकायहरूले नै यसको प्रवद्र्धनमा जोड दिए । त्यहाँ मोबाइल मनीको अवधारणा सफल हुनुमा यो पनि एउटा कारण भएको विश्लेषण गरिएको छ ।

भारतमा अमौद्रिकीकरणपछि अवस्था : केन्याको सफलतापछि सफारीकमको मातृकम्पनी भोडाफोनले ताञ्जानिया, मोजाम्बिक, इजिप्ट, रोमानिया, अल्बानिया घानालगायत देशमा यो सेवा लञ्च गरेको थियो । हामै्र छिमेकी मुलुक भारतमा पनि भोडाफोनले सन् २०१३ मा एमपेशा सेवा लञ्च गरेको थियो । तर, पछिल्लो समय भारतमा मोबाइल मनीको प्रयोग निकै बढेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर ८ मा प्रचलनमा रहेको दुई ठूला कागजी नोट ५ सय र हजार दरका भारू खारेज गर्ने निर्णय गरेपछि उच्च नगद सङ्कटको स्थिति देखा पर्‍यो । यस्तो स्थितिमा पेटीएमलगायत नामका मोबाइल वालेटबाट भुक्तानी गर्ने प्रवृत्ति निकै बढ्यो । विमौद्रिकीकरणपछि खुद्रा पसल, तरकारी विक्रेता, पेट्रोल पम्पलगायत स्थलहरूमा समेत डिजिटल माध्यमबाट भुक्तानी गर्ने परिपाटी बढेको छ । सोको परिणामस्वरूप हालै मात्र त्यहाँ बटुवा, चिल्लरलगायत नामका विभिन्न नयाँ मोबाइल वालेट सेवा शुरू गरिएको छन् ।

नेपालको स्थिति : नेपालमा अनलाइन बैङ्किङ सेवा शुरू भएको करीब १ दशक बित्न लागिसकेको छ । यहाँ मोबाइल मनीको अवधारणा करीब आधा दशक अघि ल्याइएको थियो । तर, त्यो सेवा कुनै दूरसञ्चार कम्पनीले नभएर निजीक्षेत्रको बैङ्कले ल्याएको थियो । कुमारी बैङ्क लिमिटेडले प्रयोगमा ल्याएको कुमारी मोबाइल क्यास नै सम्भवतः नेपालको पहिलो मोबाइल मनीको प्रयोग हो । त्यसपछि सिद्धार्थ बैङ्क, लक्ष्मी बैङ्क, बैङ्क अफ काठमाडौं, एसबीआईलगायत विभिन्न बैङ्कहरूले समेत विभिन्न नाम दिएर यो सेवा सञ्चालनमा ल्याएका छन् । लक्ष्मी बैङ्कको मोबाइल मनी र मोबाइल खाता सेवा र बैङ्क अफ काठमाडौंको एमपैसालाई त्यसका उदाहरणका रूपमा लिन सकिन्छ ।

नेपालमा चालू आवको पुस मसान्तसम्ममा २२ लाख ३६ हजार ७४ जना मोबाइल बैङ्किङ सेवा प्रयोगकर्ता रहेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । अहिले करीब सबैजसो नेपालीको हातमा मोबाइल पुगिसकेको छ । ग वर्गसम्मका बैङ्कका कुल २ हजार ९ सय ७९ शाखा रहेको र यसमध्ये हरेकले औसतमा करीब ६ हजार ५ सय जनतालाई वित्तीय सेवा उपलब्ध गराइरहेको समेत राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । वित्तीय तथा बैङ्किङ क्षेत्रले समेट्न नसकेका ग्रामीण भेगका जनसङ्ख्यालाई बैङ्किङ क्षेत्रको दायरामा ल्याउन मोबाइल बैङ्किङ निकै उपयोगी हुने विश्वका विभिन्न देशका उदाहरणले साबित गरिसकेका छन् ।

दूरसञ्चार कम्पनीहरूले मोबाइल मनी सेवा प्रयोग गर्न पाउने हो भने हाम्रो देशका अधिकांश जनता बैङ्किङ सेवाको पहुँचमा आउन सक्छन् । तर, अहिलेसम्म बैङ्क तथा थर्ड पार्टीका रूपमा रहेका कम्पनीहरूले मात्रै यस किसिमको सेवा सञ्चालन गरिरहेका छन् । टेलिकम कम्पनीहरूले पनि मोबाइल बैङ्किङ सेवाको प्रयोगमा चासो देखाइरहेका छन् । दूरसञ्चार कम्पनीहरूले यस किसिमको भुक्तानी सेवा सञ्चालन गर्न चाहेमा राष्ट्र बैङ्कबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । यद्यपि, सो कार्यका लागि नेपाल दूरसञ्चार प्राधिकरणले समेत नियमनको तयारी गरिरहेको छ ।


--रमा सुवेदी

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
पछिल्ला महिनामा पूँजीगत खर्चमा सुधार
मागेजति तेल पाउने गरी भोलि भारतसँग इन्धन आपूर्ति सम्झौता
बसभित्रै शौचालय र चमेनागृहको व्यवस्था, डडेल्धुरा काठमाडौं एसी बस सन्चालनमा
सेयर बजारमा उच्च सुधार जारी
आइडिया र भोडाफोन मर्जर हुंदा भारतकै ठूलो टेलिकम कम्पनी बन्यो
देशभर ७१ वटा स्मार्ट पेट्रोलपम्प खुल्ने, १५ वटामा सरकार र साझाको स्वामित्व
सेयर बजार परिसूचक सामान्य अंकले सकारात्मक, कारोबार परिमाणमा गिरावट
नेपाली हवाई क्षेत्रलाई यूरोपियन यूनियनको कालो सूचिबाट हटाउन औपचारिक पहल
सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट
लगानीका लागि नेपाल उपयुक्त : भारतीय अर्थमन्त्री
अध्ययन विनै अटो लोन मा कडाई
कर्जा रोकिँदा जग्गाको कारोबार प्रभावित, मातपोत कार्यालयमा सुनसान
शेयर बजारमा उच्च गिरावट
२२ रुपैयाँमै १०० एमबी डाटा, १०० एमबी बोनस
सवारी कर्जामा सीमा अनुचित : नाडा
अटो लोनमा राष्ट्र बैंकको कडाइः गाडीमा ५० प्रतिशत मात्रै ऋण लगानी गर्न पाइने
सेयर बजारमा पुनः उच्च सुधार आयो
पछिल्ला दिन उच्चदरले ओरालो लाग्दै आएको सेयर बजारमा सुधार
बाघको आक्रमणबाट चार सुरक्षाकर्मीसहित १० जना घाइते, बाघलाई गोली हानेर मारियो
ग्यासको मुल्य बढ्यो