arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

प्रसिद्ध गीतकार कुसुम गजमेर अब रहिनन्text size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड १९, शुक्रवार)


प्रसिद्ध गीतकार कुसुम गजमेर अब रहिनन् । उनको मुम्बईमा बिहीबार निधन भयो । कलेजोको समस्याबाट पीडित उनी ७२ वर्षकी थिइन् ।
चर्चित संगीतकार रञ्जित गजमेरकी श्रीमती उनी निर्देशक तुलसी घिमिरेकी सासु अर्थात् अभिनेत्री भारती गजमेरकी आमा थिइन् । कुसुमलाई चिनाउन यसरी उनको पारिवारिक साइनोहरूको सहारा भने लिइरहनु पर्दैन । उनले लेखेका गीतको बोल खुलाउनासाथ उनको सांगीतिक/साहित्यिक उचाइ थाहा पाइहालिन्छ । भुलिगए सम्झनालाई कुसुमे रुमाल..., मोहनी लाग्ला है..., पिरतीको मीठो तिर्सना..., यो बाटो कहाँ जाने..., तिम्रो मनमा लुकेको कुरा..., के सोचें मैले के भयो ऐले... जस्ता उनका थुप्रै गीत लोकप्रिय छन् ।

दशकौंअघि रचिएका भए पनि यी गीत अहिलेका युवा पुस्तामा पनि उत्तिकै चर्चित छन् । यद्यपि, यी कुसुमका शब्द हुन् भन्ने कमैलाई थाहा भयो । उनको देहावसानपछि भने सामाजिक सञ्जालभरि कुसुमे रुमाल... छाएको छ । रातोपहेँलो रङको सारीमा हरियो पोते लगाएर खिचिएको उनको तस्बिर मिडियाहरूमा जताततै प्रकाशित छ ।

नेपाली फिल्मको गीति लेखनमा उहाँको योगदान अमूल्य छ, संगीतकार टीका भण्डारीले फेसबुकमा लेखेका छन्, उहाँका शब्दमा आशा भोसले, नारायणगोपाल, उदित नारायण झा, दीपा झालगायतले स्वर दिएका छन् ।

गजमेर परिवारसँग राम्रो सम्बन्ध भएका गायक किशोर शिवाकोटीले पनि कुसुम भौतिक रूपमा आफूहरूमाझ नरहे पनि उनले लेखेका गीत सदा गुन्जिरहने बताएका छन् । कुसुमका गीतहरू कुसुमे रुमाल, लाहुरे, चिनो, दुई थोपा आँसु, दर्पण छाया लगायतका दर्जनौँ फिल्ममा समेटिएका थिए । अधिकांश गीतमा उनका श्रीमान् रञ्जित गजमेरले संगीत दिने गर्थे । गजमेर दम्पतीलाई धेरैले आदर्श जोडीको संज्ञासमेत दिने गरेका थिए ।

विसं २००२ मा भारतको दार्जिलिङमा जन्मिएकी कुसुम कुनै बेला सपरिवार काठमाडौं आएकी थिइन् । पछि उनीहरू भारत फर्किए । उनका दुई छोरी र एक छोरा छन् ।  कान्तिपुरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
चलचित्र २ रुपैयाँको कुटुमा कुटु गीतले नयाँ रेकर्ड बनायो
प्रशान्त तामाङ लाई बंगाल सरकारले प्रहरीको जागिरबाट बर्खास्त गर्यो
चर्चा विवाहको
अर्घाखाँचीका घनश्याम खनालको "बरु एकछाक खान्छु म - नेपालतिरै जान्छु म" म्युजिक एल्बम सार्वजनिक
अर्घाखाँचीकी चेली पाण्डे र गैरेको तीज कोशेली 'मायाले खान दिन्न बरिलै' सार्वजनिक
सुरेन गौतमको रेशमी पर्दा बजारमा [भिडियो सहित]
१०० बर्ष पुरानो भाकाको तीज गीत बजारमा (भिडियो सहित)
शाहरुख र अक्षयका कारण सिपोराले हल पाईनन्, भूईँमान्छेको प्रर्दशन मिति सर्यो
नेपाली देशभक्त आवाजको सांगीतिक भिडियो आजबाट विश्वभर प्रदशर्न (फोटो, भिडियो सहित )
सुपादेउराली म्युजिक प्रालिको लोक दोहोरी कोशेली आत्महत्या गरे सार्बजनिक ( भिडियो सहित)
गायिका सीमा शाहको 'फूल हुँ म' म्युजिक भिडियो सार्वजनिक
सिन्दुरको मूल्य चुकाउन नविनले ईश्वरलाई बाध्य बनाए
बलिउड अभिनेत्री रिमा लगुको हृदयघातका कारण निधन
अारबीका शव्दलार्इ अर्जुनकाे धुनः 'तिम्राे तस्वीर' ले छुन सक्छ मन
बलिउड अभिनेता विनोद खन्नाको ७० वर्षको उमेरमा निधन
अर्घाखाँचीका झबिन्द्र थापा मगरको आधुनिक गित मेरो जिउने आधार तिमी बजारमा
चलचित्र 'जोनी जेन्टलम्यान' को गीत "तिमीविना मान्दैन" को भिडियो सार्वजनिक
सागर लामाको गीत शनिबारको दिन सार्बजनिक (भिडियो सहित)
यिनी हुन रियल लाइफको असली हिरो बाबु रोका मगर
डाक्टर गुलाटीले नयाँ शो ल्याउने द कपिल शर्मा शो को छायांकन रोकियो