arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

ठाडोभाकाका गायक भेंडीखर्के साइँलाको ८५ बर्षको उमेरमा निधनtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २६, सोमवार)


नागरिकस्तरबाट ठाडोभाका शिरोमणि को उपाधि पाएका ठाडोभाका गायक भेंडीखर्के साइँला (दीर्घराज अधिकारी) को ८५ बर्षको उमेरमा निधन भएको छ । कान्तिपुरमा समाचार छ ।  

अब भदौ २९ गते ८५ बर्षको उमेरमा उनलाई सरकारद्धारा ठाडोभाका शिरोमणि को उपाधि दिलाउन लागिपरेका बेला उनको सोमबार साँझ सवा ५ बजे निवासमै निधन भएको हो । परेवाडाँडा घर भएका उनी केही बर्षदेखि सुन्दरबजारस्थित जेठी छोरीज्वाइँको घरमा पत्निसहित बस्दै आएका थिए । ज्वाइँ शम्सेरबहादुर लौडारीका अनुसार भेंडीखर्केले आइतबार साँझदेखि पानी समेत खाएका थिएनन् । 

एक महिनादेखि बिरामी रहेका उनको लमजुङमा उपचार हुन नसकेपछि भदौ २१ गते काठमाडौंको बीर अस्पताल लगिएको थियो । डाक्टरले आराम गराइदिए पुग्छ भनेपछि भेंडीखर्केलाई घर ल्याइएको उनले बताए । मुखैभरि घाउ थियो । ज्वरोको समस्या पनि उस्तै । दमको समस्या भएको मान्छे, खोक्नसमेत सकेको थिएन उनले भने, आखिर प्राण त्याग्नुभयो । राष्ट्रको एउटा गौरब गुम्यो । उपचार गराउँदा गराउँदै, बल गर्दागर्दै बचाउन सकिएन ।

तीन बर्षअघि पनि भेंडीखर्के बिरामीले थला पर्दा देशविदेशका शुभचिन्तकको सहयोगमा एक महिनासम्म बीर अस्पतालमा राखेर उपचार गराइएको थियो । त्यसपछि उनी तंग्रिएका थिए । उनको उपचारका लागि छोरीज्वाइँले पनि खर्च गरेका थिए । ठाडोभाका लोककला प्रतिष्ठानले सरकारसंग भेंडीखर्केको उपचारका लागि सहयोग माग गरेपनि कुनैपनि निकायले वास्ता नगरेको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताए । उनले सोमबार साँझ नै एक शोक बक्तब्य जारी गरी भेंडीखर्के साइँलाको निधनले ठाडोभाका र नेपाली लोक संस्कृतिमा अपूरणीय क्षति पुगेको जनाएको छ । 'सरकारले नै ठाडोभाका शिरोमणिको उपाधि दिनुपर्ने माग गर्दै हामी उहाँको जन्मदिन भदौ २९ को प्रतिक्षमा थियौं । उहाँको प्राणत्यागले ठाडोभाका र नेपाली लोक संस्कृतिमा अपूरणीय क्षति पुगेको छ' उनले भने ।

ब्राह्मण समाजमा छोरा मान्छेले गीत गाउनु हुन्न भन्ने प्रचलन तोड्दै उनले आफ्नो बुवाको आँखा, कान छलेर ठाडोभाका गाउँदै हिँडेका थिए । ९ बर्षको उमेरदेखि गाउन थालेका उनी एक महिना अघिसम्म जिल्लाका सभा-समारोहमा गाउने गर्थे । उनी प्रमुख अतिथि तथा अतिथि भएका कार्यक्रममा उनले ठाडोभाकामै सम्बोधन गरेर भाषण गर्थे । लमजुङको सिन्दुरेको तुर्लुङकोटमा वि.सं.१९९० भदौ २९ गते बुवा बलभद्र र आमा नन्दकुमारीको कोखबाट जन्मेका उनी बुवाको भेडीगोठमा बस्थे । बुवालाई स्थानीयले भेडीखर्के भन्थे । तिनै भेडीखर्केको साइँलो छोरा थिए दीर्घराज अधिकारी । तिनका नाम पछि भेडीखर्के साइँला रहन गएको हो । पश्चिमाञ्चलको बहुचर्चित ठाडोभाका सिकाउन उनले धेरै प्रयास गरे । भतिजा तीर्थराजलाई धेरै समयसम्म सिकाउन खोजे । भाका कण्ठस्थ पार्न सकेनन् । सुन्दा निकै सुमधुर र मज्जा लाग्ने भएपनि जो कसैको जिब्रोमा झुण्डिन उत्तिकै अप्ठ्यारो छ ।

यही भाका दुराडाँडाको ठुलोस्वाँराबाट देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङले सवैभन्दा पहिले गाउन सुरु गरेको भेडीखर्के बताउँछन् । वि.सं. १८५० तिर जन्मेका दुरा र उनका सहयात्री गुरुङले प्रचलनमा ल्याएको यो भाकालाई टिपेर भेडीखर्केले जनमानसमा पुर्‍याए । देउबहादुरले पहिलोपटक प्रचलनमा ल्याएको यो भाका पहिले केटा-केटा मिलेर गाउँथे । केटा-केटा गाउँदा रौनक नआएपछि उनले केटीलाई पनि सिकाए । नेटा हाँडीगाउँकी मैरानी ठाडोभाका सिक्ने पहिलो महिला बनिन् । यसले गीतमा थप रौनक आयो । 

देउबहादुर र मैरानीको जोडी धेरै समयसम्म टिक्यो । उनीहरुको जोडी पछि भेडीखर्के साइँलाले गाउन थालेका हुन् । उनलाई २०६५ माघ १८ गते हिमालचुली कला साहित्य प्रतिष्ठानले ठाडोभाका गायन शिरोमणी उपाधि दिएको थियो भने २०६८ मंसिर १८ गते लमजुङ लोक संस्कृति विकास केन्द्र काठमाडौंले ठाडो भाका 'सम्राट' को उपाधि दिएको थियो । कान्तिपुरमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
बलिवुड अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा दुबईमा निधन
आर्यन साउद र उर्मिला श्रेष्ठको "डाडै चैतारी" लोकगीत बजारमा (भिडियो सहित)
अर्घाखाँची चुत्रावेशीका विनोद खनालको झुटो कसम लोक गित बजारमा (भिडियो सहित)
गायिका सरु राई सरस्वती को आवाजमा झ्याई झ्याई बोलको गीत सार्वजनिक
गायक बाबु बाेगटीकाे गीत “मोहिनी” भिडियो सार्वजनिक (भिडियो)
अर्घाखाँचीका चर्चित लोक गायक मधुसुधन र सुशीलाको नयाँ गीत शिरिमा शिरि सार्बजनिक (भिडियो सहित)
अर्घाखाँचीका चन्द्र क्षेत्री निर्माता र मोडलको रुपमा चम्कदै
को हुन् यी - मोडल एवंम् गिततकार? बस्छन् नवलपरासी, धाउँछन् राजधानी
अर्घाखाँचीलाई सिखरको सिरमा पुरयाउदै सौराग
कलाकार विना थापाको दुर्घटनामा परी निधन
अर्घाखाँची भगवतीकी सञ्चारकर्मी पाण्डे सांगितीक क्षेत्रमा प्रवेश
सुरु र रन्जुको पुर्णिमाको जुन
अर्घाखाची बलकोटक कृष्ण बिज्ञापन बजारबाट म्युजिक भिडियोमा व्यस्त !
गायिका बिन्दु परियारको लाउनेले नजर लगाए म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
बुटवलमा सडक दुर्घटनामा परि रक्तिम सास्कृतिक अभियानका दल बहादुर भण्डारीको निधन
अर्घाखाँचीका गायक विश्वास नेपालको "यो रात बेहोसी" सार्वजनिक (भिडियो सहित)
भारतका चर्चित अभिनेता शशी कपुरको निधन
बसन्त लम्साल र असिम मल्लको पन्चेबाजा कोशेली नचाहिने डोली बजारमा (भिडियो सहित)
सरर आउ माया अर्घाखाँचीमा आधुनिक लोक गीत बजारमा (भिडियो सहित )
प्रकाशको श्रद्धाञ्जलिसभामा गीत गाएपछि जनवादी गायक खुसीराम पाख्रिनको मंगलबार हृदयाघातबाट निधन
http://go.oclaserver.com/afu.php?zoneid=1465736