arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

झापामा ढिलो गरी चुनावी सरगर्मी एकाएक सुरुtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड २९, सोमवार)

एमाले र कांग्रेसका दुई शीर्ष नेताको गृहजिल्ला झापामा ढिलो गरी चुनावी सरगर्मी सुरु भएको छ । उम्मेदवारका आकांक्षीको व्यवस्थापन गर्न नसक्दा दलहरू प्रचार अभियानमा जुट्न सकिरहेका थिएनन् ।

प्रमुख प्रतिपक्षी एमालेले सहरकेन्द्रित दुई नगरपालिकामा एकैसाथ उम्मेदवार टुंगो लगाएपछि झापाको चुनावी माहोल एकाएक बढेको हो । एमालेले बिर्तामोड र मेचीनगरमा बिहीबार मात्रै प्रमुख र उप्रप्रमुखको टुंगो लगाएको छ ।

मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्र बिर्तामोड नगरमा छ आकांक्षीबीचबाट एमालेले नगरपालिका प्रमुखमा ध्रुवकुमार सिवाकोटीलाई उम्मेदवार चयन गरेको छ । सिवाकोटी तत्कालीन अनारमनी गाविस अध्यक्ष हुन् । त्यसैगरी उपप्रमुखमा जिल्ला कमिटी सदस्य पवित्रा महतरा प्रसाईलाई उठाउने भएको हो ।

झापामा सर्वाधिक चासोको बिर्तामोड नगरपालिकामा यसअघि कांग्रेसले सेवानिवृत्त ब्रिटिस गोर्खा सैनिक जलकुमार गुरुङलाई प्रमुखको उम्मेदवार बनाएको थियो । झापा जिल्ला फुटबल संघका अध्यक्ष गुरुङ सामाजिक गतिविधिमा सक्रिय छन् । उपप्रमुखमा पार्वता गिरी कांग्रेसका तर्फबाट चुनावी मैदानमा उत्रिएकी हुन् ।

माओवादी केन्द्रबाट बिर्तामोड नगर प्रमुखमा युवा नेता सीपी कडरिया उम्मेदवार बनेका छन् । केन्द्रले लक्ष्मी न्यौपाने ‘सरू’ लाई उपप्रमुख उम्मेदवार तोकेको छ । राप्रपाका तर्फबाट भक्ति सिटौला प्रमुखका उम्मेदवार छन् । सिटौला संविधानसभा निर्वाचनमा कांग्रेस उम्मेदवारसँग पराजित भएका थिए । उपप्रमुखमा सञ्चारकर्मी लीला अनमोल चुनावी मैदानमा छिन् ।

पार्टीभित्र उम्मेदवार आकांक्षी धेरै भएका कारण एकैपटक टुंगो लाग्न नसक्दा चुनावी माहोल तात्न नसकिरहेका बेला एमालेले मेचीनगरमा उम्मेदवार छानेको छ । एमाले नेता विष्णु प्रसाई प्रमुखका उम्मेदवार बनाइएका छन् । उनी तत्कालीन जिविस उपसभापति हुन् । उपप्रमुखमा मीना पोखरेल उप्रेती उम्मेदवार बनाइएकी छन् ।

मेचीनगरमा कांग्रेसका तर्फबाट व्यवसायी विमल आचार्य प्रमुखका लागि चुनावी मैदानमा उत्रिएका छन् । उनी महासमिति सदस्य पनि हुन् । उपप्रमुखमा दुर्गा खतिवडा उठाइएकी छन् । माओवादी केन्द्रबाट प्रमुखमा हंसलाल राजवंशी र उपप्रमुखमा इन्दिरा कार्की उम्मेदवार बनाइएका छन् । राप्रपाबाट प्रमुखमा अशोक सुब्बा र उपप्रमुखमा सबिना बजगाई छन् ।

एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा भने चुनावी माहोल हेर्नलायक छ । त्यहाँ कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । कांग्रेसबाट प्रमुखमा ढुण्डीराज भण्डारी र उपप्रमुखमा रेगिना भट्टराई उम्मेदवार बनाइएका छन् । एमालेले भने रोमनाथ ओलीलाई प्रमुखको उम्मेदवार बनाएको छ भने उपप्रमुखमा गीता अधिकारीलाई निश्चित गरिएको छ । ओली यसअघि पनि दमक नगरका प्रमुख थिए । माओवादी केन्द्रबाट रेवतराज पुरी प्रमुखका दाबेदार छन् भने शान्ति धिमाललाई उपप्रमुखमा उठाइने भएको छ । राप्रपाबाट राम थापा प्रमुखका उम्मेदवार छन् । उपप्रमुखमा रीता बस्नेत श्रेष्ठ चुनावी मैदानमा उत्रिएकी छन् ।

आठ नगर र सात गाउँपालिकासहित १५ स्थानीय तह रहेको झापामा ५ लाख १० हजार २ सय १६ मतदाता छन् । त्यसमा मेची नगरपालिकामा मतदाताको संख्या सबैभन्दा बढी छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार मेचीनगरमा ७२ हजार ७ सय ९४ मतदाता छन् । सबैभन्दा कम मतदाता भएको हल्दीबारी गाउँपालिका हो । त्यहाँ १८ हजार ८ सय ९२ मतदाता रहेको निर्वाचन कार्यालयका प्रमुख गोपाल आचार्यले जानकारी दिए । मतदाता शिक्षाका लागि झापाबाट ६ सय ३७ कर्मचारी खटिएका छन् ।

निर्वाचन कार्यालयका अनुसार दुई सय ८३ मतदानस्थल रहेको झापामा ६ सय ३७ मतदान केन्द्र छन् । उम्मेदवारी घोषणासँगै परिणाम आफ्नो पक्षमा ल्याउन सबै राजनीतिक दलले रणनीति बनाउन सुरु गरेका छन् । जिल्लास्थित प्रमुख दलहरू मतदातालाई आफूतर्फ आकर्षण गर्दै आफ्नो पक्षमा पार्ने पूर्वतयारीमा लागेका हुन् । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
प्रदेश न ५ को कपिलबस्तुमा चुनावको रौनक
बाजुराका स्थानीय निर्वाचनमा जिल्लाका चार गाउँपालिका सन्चारको पहुँचबाट टाढा
सुडान घोटालामा सर्वोच्चबाट दोषी ठहर भएका दुई पूर्वप्रहरी महानिरीक्षकलाई जेल चलान
भरतपुर महानगर- १९ मा पुनः मतदान गराउने विषय अझै लम्बियो
मनसुन सुरु भएपनि पूरै सक्रिय हुन अझै केही समय लाग्ने, रोपाइँ सुरु हुन सकेन
उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान
सुनसरीका १२ स्थानीय निकायमा आइतबार शान्तिपूर्ण मनोनयन दर्ता
बाँकेको बैजनाथमा गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच झडप, प्रहरीद्वारा हवाई फायर
बाजुराको डोगडीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु
बुटवलमा माओवादीका पूर्व जिल्ला सदस्यसहित ५० युवा एमालेमा प्रवेश
विराटनगर महानगरपालिकामा एमाले र लोकतान्त्रिक फोरमबीच चुनावी तालमेल
काठमाडौंको गोकर्णेश्वरमा गाई फार्ममा आगलागी हुँदा ५२ वटा गाई मरे
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १.५० घट्यो
राष्ट्रिय जनता पार्टी दोस्रो चरणको निर्वाचनमा पनि सहभागी नहुने, आन्दोलनलाई जारी राख्ने
असार १४ गते हुने स्थानीय निर्वाचनलाई लिएर अछामका उम्मेदवारहरुको घरदैलो कार्यक्रम तीब्र
सुनसरीको धरान उपमहानगरपालिकामा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच तालमेल हुने
माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा प्रकाशित
निर्वाचन आयोगद्वारा प्रदेश नम्बर-१, ५ र ७ को निर्वाचनको कार्यतालिका पुनः परिवर्तन
प्रदेश नम्बर-२ र ५ का ११ जिल्लामा निर्वाचन नगर्न माग गर्दै सर्वोच्चमा रिट
प्रदेश नम्बर २ को निर्वाचन सार्ने सरकारको निर्णय राष्ट्रिय जनता पार्टीलाई अमान्य