arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

शीतलहरसँगैको चिसो हावाका कारण सप्तरीमा ६ जनाको मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ पौष २२, शनिवार)


एक साता यता चलेको शीतलहरसँगैको चिसो हावाका कारण सप्तरीमा ६ जनाको मृत्यु भएको छ ।

शुक्रवार महदेवा गाँउपालिका-२ अकवरपुरका ५८ वर्षीय सुकदेव यादवको चिसोले मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो । नहरको किनारमा शौच गर्न गएका यादव चिसोले कठ्याङग्रीएर अचानक ढलेका थिए ।

उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

यसअघि बिहीबार राति राजविराज नगरपालिका–१० झल्हीका ६५ वर्र्षीय कैलीदेबी खंग र वडा नम्बर–२ का ६० वर्षीय नाजो बेगमको चिसोका कारण मृत्यु भएको वडा नं. २ का अध्यक्ष अरुण यादबले जानकारी दिए ।

यसअघि छिन्नमस्ता गाउँपालिका–१ वरहीका ३५ वर्षीय रामदयाल राम, बिरपुरका ३६ वर्षीय कुलदिप राय र ७२ वर्षीया रजियादेवी रायको चिसोकै कारण मृत्यु भएको थियो ।

अत्याधिक चिसोका कारण बिरामीको संख्यासमेत बढ्दै गएको छ । अस्पतालहरुमा चिसोबाट प्रभावित भएकाहरुको भीड लागेको छ । शितलहरका कारण सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या भएको छ ।

विद्यालय आउने विद्यार्थीको संख्या घट्दै गएपछि जिल्ला शिक्षा कार्यालयले सप्तरीका सवै ४१२ वटा सामुदायिक विद्यालय बन्द गराएको छ ।

चिसो बढ्दै गएकाले निजी विद्यालयहरु पनि अब बन्द गर्ने तयारी भइरहेको प्याब्सनका जिल्ला अध्यक्ष पञ्चदेव यादवले जानकारी दिए ।

यता एक सातादेखि बढ्दै गएको वाक्लो हुस्सु र शितलहरको कारण महोत्तरीको जनजीवन पनि प्रभावित बनेको छ ।

बढ्दै गएको शितलहरका कारणले जिल्ला शिक्षा कार्यालयले स्थानीय तहसँग समन्वय गरी सामुदायिक विद्यालयमा एक हप्ता विदा दिने निर्णय गरेको छ । कार्यालयले निजी विद्यालयमा पनि बिदा दिन आह्वान गरेको छ ।

स्थानीय तहहरुले चिसो र शितलहरबाट राहतका लागि ठाउँठाउँमा आगो ताप्ने व्यवस्था गर्न दाउराको व्यवस्था गरेको छ । कतिपय स्थानीय तहले दलित वस्तीमा न्यानो कपडा समेत वितरण गरेका छन् । इमेजखबरमा समाचार छ ।   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
अदुवा निकासी ठप्प भएपछि इलामका अदुवा उत्पादक किसान मर्कामा
कालिकोटमा भाइरल ज्वरोको महामारी
राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस-मधेसी गठबन्धन तालमेल प्रयास
राष्ट्रियसभा सदस्य निर्वाचनको लागि सात प्रदेशमा मतदाता नामावली प्रकाशित
प्रदेश नम्बर १ को राजधानी नतोकेको भन्दै धनकुटा कांग्रेसका सबै पदाधिकारीले दिए राजीनामा
दाङलाई तोक्नुपर्ने माग गर्दै चार दिनदेखि जारी आमहड्ताल र बन्द फिर्ता
बुटवल टुडेले मनायो छैठौं बार्षिक उत्सव, स्थानिय तहको छ महिना अन्तरसंवादा, उत्कृष्ठ संवादादाता र कर्मचारी पुरस्कृत
खानेपानीको सास्ती भोग्दै आएका रुकुम मुसिकोटबासीले अब मुक्ति पाउने
५ नम्बर प्रदेशको राजधानी आफ्नोमा नतोकेको भन्दै दाङमा अनिश्चितकालिन आम हड्ताल
नारायणगढ-मुग्लिन सडकखण्ड पुनः रातिमा ६ घण्टा बन्द हुने
११ बुँदे मागसहित आन्दोलनरत नर्सको आन्दोलन चर्कियो
दाङमा प्रदेशको अस्थायी मुकाम तोक्न माग गर्दै शुरु भएको आन्दोलन जारी
मापसेका कारण दुर्घटना र मृत्युदर दुवै बढ्यो
भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न पहल सुरु
प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको तयारी
राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरी सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र
नारायणगढ-मुग्लिन सडकखन्ड शनिबारदेखि चार दिन बन्द नहुने
लुम्विनी क्षेत्रका सिमसारमा जल पंक्षी गणना सम्पन्न
भूकम्प गएको तीन वर्ष बित्न लाग्दासमेत ओखलढुंगाको पुनर्निर्माण सुस्त
http://go.oclaserver.com/afu.php?zoneid=1465736