arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

आगामी निर्वाचनमा नेपाली सेनालगायत चारवटै सुरक्षा निकायबाट पर्याप्त जनशक्ति परिचालन हुने text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)

-निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि गृह मन्त्रालयले बनाएको सुरक्षा कार्ययोजना ज्यादै उपयोगी र व्यावहारिक रहेको निष्कर्ष निकालेको छ ।
 
आयोगमा बिहीबार बसेको निर्वाचनका सन्दर्भमा गठिन उच्चस्तरीय सुरक्षा समितिको बैठकमा स्थानीय तहका तीनै चरणको निर्वाचनको अनुभवका आधारमा मन्त्रालयले तयार गरेको सुरक्षा योजनामाथि छलफल भएको थियो । 

बैठकमा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले आगामी निर्वाचनमा नेपाली सेनालगायत चारवटै सुरक्षा निकायबाट पर्याप्त जनशक्ति परिचालन हुने जानकारी गराएका थिए । 

प्रतिनिधि सभा र प्रदेश भाको निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा एकैपटक हुनेछ । हिमाली तथा उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा मंसिर १० गते तथा अरु पहाडी र तराई मधेशका ४५ जिल्लामा मंसिर २१ निर्वाचन हुँदैछ । 

बैठकमा आयोगका तर्फबाट म्यादी प्रहरीको उपदायता र संख्याका बारेमा जिज्ञासा राख्नुका साथै निर्वाचनमा विभिन्न पक्षको स्वार्थ गाँसिने हुनाले सुरक्षा संयन्त्रबीच समन्वय र सहकार्य कायम गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सुझावसमेत प्रस्तुत गरिएको थियो । 

आगामी निर्वाचनमा राष्ट्रिय नेताहरुबीच समेत प्रतिस्पर्धा हुने भएकाले उनीहरुको सुरक्षाको आवश्यक व्यवस्था मिलाई स्वस्थ्य प्रतिस्पर्धाको वातावरण निर्माणका लागि उचित सुरक्षा प्रबन्ध मिलाउन आवश्यक रहेको विषयमा पनि आयोगका तर्फबाट सुझाव प्रस्तुत भएको थियो । 

बैठकपछि प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन सुरक्षा कार्ययोजनामा समेटिका विषयवस्तुका बारेमा विस्तृतरुपमा छलफल भएको जानकारी दिए । 

सुरक्षा कार्ययोजनामा सामान्य, संवेदनशील र अति संवेदनशील मतदान केन्द्रको पहिचान, मतदान र मतगणना स्थलको सुरक्षाका अतिरिक्त दलका नेता, उम्मेदवार, मतदाता र निर्वाचन पर्यवेक्षकको सुरक्षालगायतका विषयवस्तु समेटिएको पनि उनले बताए । 

प्रमुख निर्वाचन आयुक्त डा यादवले भने, ''प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मुखमा आइसकेका छौं, हामी निर्वाचनका लागि आवश्यक सबै तयारी गरेर अघि बढिसकेका छौं । यही असोज २९ गते राजनीतिक दलहरुको बन्दसूची पेश गर्ने कार्यक्रम छ, त्यसैले आयोगले सुरक्षा तयारीबारे छलफल गरेको हो ।'' 

अवैध मदिरा उत्पादन तथा बिक्री तथा हातहतियारको प्रदर्शन तथा प्रयोगमा नियन्त्रण एवं निषेध गर्नेजस्ता कार्यमा विशेष चनाखो हुन सुझाव दिँदै मतदान हुने केही दिन अघिदेखि नै सुरक्षा जाँचलाई कडा तुल्याउन आयोगका तर्फबाट सल्लाह दिइएको थियो । 

उनले राष्ट्रिय राजनीतिक वातावरण केही परिवर्तन नभएको हुँदा निर्वाचनबारे ढुक्क रहन आग्रह गरे । 

आयुक्त सुधीरकुमार शाहले राजनीतिक दलबीच हुनसक्ने अस्वस्थ्य प्रतिस्पर्धाले सुरक्षा चुनौती थपिन सक्ने तथा जातीय र साम्प्रदायिक सद्भाव कायम राख्न पनि सुरक्षा निकायले चनाखो बन्नुपर्नेमा जोड दिए । 

आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले सुरक्षा निकायबीच उच्चस्तरको समन्वयको खाँचो औंल्याए । नेपाली सेनाका बलाधिकृतरथी बलदेवराज महतले निर्वाचनमा आवश्यक सुरक्षा गर्नै तथा नेपाली सेना मातहतका साधानको प्रयोग गर्न तयार रहेको बताए । 

बैठकमा आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल, रक्षा सचिव श्रीधर सापकोटा, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलगायतको सहभागिता थियो । 

-रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
समानुपातिकतर्फ दाङमा काँग्रेस पहिलो
स्थानीय तहका प्रतिनिधिलाई सात दिनभित्र सम्पत्ति विवरण पेस गर्न निर्देशन
झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको निर्माण सुरु
एमालेद्दारा प्रदेश प्रमुखहरूको नियुक्ति हतारमा नगर्न सरकारलाई दबाब
हिमाली जिल्लाहरुमा हिमपात शुरु, जनजीवन कष्टकर
प्रत्यक्षतर्फ वाम गठबन्धनको दुई तिहाइ
समानुपातिकतर्फको मतगणना जारी, एमालेको अग्रता कायमै
राष्ट्रिय पार्टीको मान्यता ६ दललाई मात्र हुने सकेत
चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित
नवलपरासी पूर्वको क्षेत्र नम्बर १ मा कांग्रेसका शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी
प्युठानमा प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल विजयी
नवलपरासी क्षेत्र १ मा हृदयेश त्रिपाठी विजयी
बर्दिया क्षेत्र नम्बर १ मा वामदेव गौतमलाई हराउदै कांग्रेस सञ्जय गौतम विजयी
झापा- ५ बाट एमाले केपी शर्मा ओली विजयी
कपिलवस्तु क्षेत्र नम्बर १ मा दीपकुमार उपाध्यायलाई हराउँदै माओवादी केन्द्रका चक्रपाणि खनाल विजयी
तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसका रामचन्द्र पौडेल एमालेका किसानकुमार श्रेष्ठ किसानसँग पराजित
कैलाली क्षेत्र नं ५ बाट आरजु राणालाई हराउदै एमाले नारदमुनी राना विजयी
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको ७१ स्थानको नतिजा सार्वजनिक: एमाले ४२, माओवादी १५ र कांग्रेस ७ ठाउँमा विजयी
डडेल्धुरामा प्रतिनिधि सभा क्षेत्र नं.१ का काँग्रेसका शेर बहादुर देउवा विजयी
इलाम क्षेत्र क्षेत्र नम्बर १ मा एमाले झलनाथ खनाल विजयी
http://go.oclaserver.com/afu.php?zoneid=1465736