arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

भुमिकास्थान नगरपालिकाको धारापानीमा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न text size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २६, आइतवार)

( पहिलो प्रकासित मिती: २०७४ कार्त्तिक २५, शनिवार)


अर्घाखाँचीडट्कम संवाद्दाता 

धारापानी, अर्घाखाँची ।  राष्ट्रिय जनमोर्चा निर्बाचन परिचालन समिति अर्घाखाँचीको आयोजनामा आज भुमिकास्थान ४ धारापानीमा अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएको छ । 

राष्ट्रिय जनमोर्चाका नेता कृष्ण के.सी.को अध्यक्षता,जिवनारायण खनालको स्वागत मन्तव्य र कमल प्रसाद घिमिरेको संचालनमा सम्पन्न भएको बिशेष भेलामा राष्ट्रिय जनमोर्चा पांच नम्बर प्रदेश सदस्य शेर बहादुर बि.सी.,प्रदेश सभा क्षेत्र नम्बर एकका राष्ट्रिय जनमोर्चाका उम्मेद्धार सागर के.सी.र प्रदेश सभा क्षेत्र नम्बर दुइका राष्ट्रिय जनमोर्चाका उम्मेद्धार झबिलाल थापाले सम्बोधन गर्दै  नेपालको सत्ता संचालन भारतिय रवैयामा चल्दै आएको र अहिले 'संबिधानलाई भारतीय इच्छा अनुसार संशोधन गरेर राष्ट्रियता कमजोर बनाउने पक्षमा केही शक्तिहरु लगिपरेको आरोप लगाउनुभयो । उहांहरुले पटक-पटक भएका बिभिन्न निर्बाचनमा नेपाली जनता झुक्कीएर ब्याक्तिगत स्वार्थमा फसेर राष्ट्रियहित बिपरित लाग्ने शक्तिहरुलाई जिताउंदै आएकोले अहिले मुलुक गम्भिर संकटमा फसेकोमा चिन्ता ब्यक्त गर्दै अब त्यो गल्ती नदोहोराउन आग्रह गर्नुभएको छ । 

सयौं नेता तथा अगुवा कार्यकर्ताहरुको सहभागितामा सम्पन्न भएको भेलाले दुइ वटा प्रदेश सभा निर्बाचन क्षेत्र रहेको अर्घाखाँचीमा आफ्ना उम्मेद्धारहरुलाई जिताउनको निम्ती छुट्टा–छुट्टै निर्बाचन परिचालन उप-समितिको गठन गरि निर्बाचन गाउं केन्द्रित कार्यतालिका समेत तय गरेको कमल प्रसाद घिमिरेले जानकारी दिनुभएको छ । जस अन्तरगत प्रदेश सभा क्षेत्र नम्बर एकमा कृष्ण के.सी.को नेतृत्वमा र प्रदेश सभा क्षेत्र नम्बर दुइमा शेर बहादुर बि.सी.को नेतृत्वमा उम्मेद्धार संगै राष्ट्रिय जनमोर्चाका अन्य नेताहरुको टोलीले चुनाबी अभियान संचालन गर्ने जनाइएको छ ।

भेलाले यहि कार्तिक २७ गते पत्रकार सम्मेलनको आयोजना गरि चुनाबी कार्यक्रमलाई दुइवटै क्षेत्रमा एकैसाथ अगाडि बढाउने निर्णय गरेको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

फाइल तस्बिर 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
गाउँ - गाउँमा पैदल हिडेर भाेट माग्दै बाम गठबन्धन अर्घाखाँचीका उम्मेद्द्वार चेतनारायण आचार्य
अन्तत अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाले बाम गठबन्धनका उम्मेद्धार टोपबहादुर रायमाझीलाई भोट हाल्ने
खिदीम र भगवतीमा कांग्रेसको चुनावी सभा सम्पन्न, कांग्रेसले चुनाव जित्दा सबै नेपालीको जित हुने पुष्पा भुसालको भनाई
सन्धिखर्क नगरपालीकामा रहेका स्वास्थ्य संस्थाहरुमा अब औषधी अभाव नहुने
सन्धिखर्कको शान्ति बगैचाको सार्वजनिक शौचालय र सडक बिजोग, नेताहरुको चुनाव जित्न चिल्ला गफ र खोक्रा भाषण मात्र
अर्घाखाँचीमा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी कार्यक्षेत्रमा खटिए (भिडियो-तस्बिर सहित)
कांग्रेसको चुनाव प्रचार प्रसार कार्यक्रम १ को अर्घातोष, भगवती र २ को नरपानीमा सम्पन्न
वामगठबन्धनको वाङ्गलामा वामगठबन्धनको चुनावी सभा सम्पन्न (तस्बिर सहित)
वाम गठबन्धनद्वारा मालारानी ८ मा चुनावी प्रचारमा तिव्रता (तस्बिर सहित)
अर्घाखाँचीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेसलाई समर्थन गर्ने
सिद्धाराका मतदाता मंसिर २१ गते हुने चुनावको अघिल्लै दिन मतदान केन्द्र पुग्ने तयारीमा
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कले मार्सिक शुल्क बृद्धि फिर्ता नगरे विधार्थीहरुले आल्दोलन गर्ने
वाम गठबन्धनको मालारानी ४ मा महिला-युवाको चुनावी भेला सम्पन्न
छत्रदेव गाउंपालिकाको वार्ड नं १ र नुवाकोटको लम्चीमामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
भुमिकास्थान नगरपालिकाको नुवाकोट गनेरिबोट कमलीपोखरामा जीप दुर्घटना, १४ जना घाइते (तस्बिर र घाइतेको नामावली सहित)
अर्घाखाँचीमा तपाईंको मतदान केन्द्र कहाँ पर्‍यो, मतपत्र यस्तो हुनेछ (सम्पूर्ण विवरण सहित)
सन्धिखर्कमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक उत्सव तथा स्थापना दिवस सम्पन्न
पणेना र अर्घामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
कांग्रेस अर्घाखाँचीको चुनावी प्रचारप्रसार कार्यक्रम २ को खिल्जी, असुरकोट र १ को ठुलापोखरामा सम्पन्न
मतदाता रिझाउन नेताहरु गाउँगाउँमा, वाम गठवन्धनको चुनावी सभा बाँगीको गुराँसे, भण्डार र आरुखोर सम्पन्न (तस्बिर सहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736