arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

सिद्धारामा मतदान केन्द्र पुग्न आठ घण्टा पैदलtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ १, विहीवार)


- वीरेन्द्र केसी कान्तिपुर

सिद्धारा, अर्घाखाँची । सिद्धारा लामिदमारका ७० वर्षीय ओमबहादुर सारू हरेक चुनावमा भोट हाल्न अघिल्लो दिनै बास बस्न पुग्छन् । घरबाट मतदान केन्द्रमा पुग्न आठ घण्टा पैदल हिँडनुपर्छ । संविधानसभा सदस्यका लागि भएका दुइटै चुनावमा मतदानका लागि उनी लौरो टेकेरै अघिल्लो दिनै केन्द्र पुगेका थिए ।

स्थानीय तहको चुनावमा पनि मतदान गर्न उत्साहित छन् । 'देशको संविधान बनाउने चुनावमा लौरो टेकेर उकाली-ओराली गर्दै अघिल्लै दिनै हिँडेर साथीको घरमा बसेर अर्काे दिन भोट हालेर फर्किएँ,' उनले भने, 'योपल्ट पनि अघिल्लै दिन जान्छु ।' पैदल हिँडदा बाटोमा भोकप्यास मेट्न पटुकीमा रोटी र ग्यालेनमा महीसमेत बोक्ने उनले बताए ।

साविकको सिद्धारा गाविसले जिल्लाको २७ प्रतिशत क्षेत्रफल ओगटेको छ । यहाँ बस्तीभन्दा जंगल धेरै छ । छरिएर रहेका घर छन । नयाँ संरचना अनुसार सिद्धारा तीनवटा वडामा विभाजित छ । एउटा गाउँबाट अर्काे बस्तीमा पुग्न घण्टौं लाग्छ । वडाको सबै बस्ती घुम्न दुई दिनमा भ्याइँदैन । 'मतदान केन्द्र पायक पर्ने ठाउँमा राख्न आग्रह गरे पनि सुनुवाइ नहुँदा भोट हालेर फर्कन १६ घण्टा लाग्छ', उनले भने, 'हाम्रा लागि त यो सास्ती नै भो' ।

उपल्लो सिद्धाराबाट पाकुरी मतदान केन्द्रमा पुग्न सात घण्टा लाग्छ । 'उपल्लो सिद्धारामा ९५ जना मतदाता छन्,' स्थानीय बासिन्दा ज्ञानेन्द्र बेल्बासेले भने, 'युवा पुस्ताका त हिँड्लान तर वृद्धवृद्धालाई गाह्रो छ ।' भोट हाल्न जाने बाटो झाडी जंगल छ । एक्लै हिँड्न जंगली जनावरको त्रास हुन्छ । गाउँघरका जम्मा भएर सामूहिक हिँड्नुपर्छ । सात घण्टा पैदल हिँडेर मतदान केन्द्रमा पुग्ने, लाइनमा बसेर भोट हाल्ने र फर्कन पूरै एक दिन समय लाग्ने उनले बताए । 

सिद्धाराको लामिदमार, नयाँ बस्ती, लौरी, सिलिङखोला, दुम्सी, डिही, सामकोट, बाटुले, उनाय, पात्ले र लिसिकुना लगायतका बस्तीबाट मतदान केन्द्रमा पुग्न चारदेखि आठ घण्टा पैदल हिँडनु पर्छ । डाँडाकाँडा भएकाले घण्टौं लाग्ने निर्मला दर्जीले बताइन ।

'अघिल्लो दिन बेलुका तयार पारको खाजा बोकेर बिहानै चार बजेतिर बाटो तताउनुपर्छ । भोक लाग्दा बाटोमा त्यही खाजा खाँदै उकालो लाग्छौं ।' भोट हालेर घर आइपुग्दा आधा रात हुने उनले बताइन । असार १४ गते खेतमा धान रोप्ने समय । वर्षा लागेपछि खोला बढछन् । झोलुंगे पुलसमेत धेरै ठाउँमा छैनन् । 'भोट हाल्ने दिनको दुईचार दिन अघि पानी नपरे हुन्थ्यो,'  बाटुलेकी वसन्ती विकले भनिन, 'पानी परेर बाढी आयो भने सिलङखोला तर्न सकिँदैन । भोट हाल्ने इच्छा अधुरै हुने हो कि भन्ने चिन्ता छ ।' चुनावको दिन घरका सबै परिवार भोट हाल्न जान पाउँदैनन् । 'सबै भोट हाल्न गए त गाई, भैसी र बाख्रा भोकै रहन्छन,' सीता आलेले भनिन, 'घरको रेखदेख र चौपायालाई घाँस पानी खुवाउन एक जना बस्नुपर्छ ।' पहिला बाटोमा कतै बिरामी भए पनि बेखबर नै बस्नुपथ्र्याे तर अहिले मोबाइल फोन भएपछि सजिलो भएको छ । 
शान्ति सुरक्षाको बारेमा नागरिक सुनुवाई कार्यक्रम लिएर सोमबार सिद्धारा पुगेका प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोखरेलले छरिएर रहेको बस्तीका कारण सबैलाई पायक पर्ने ठाउँमा मतदान केन्द्र राख्न सम्भव नभएको बताए ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
पोखराथोकमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
बुटवललाई प्रदेश नम्बर ५ को अस्थायी राजधानी तोकेपछि सन्धिखर्कमा दिपावली
नेविसंघ अर्घाखाँचीको बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न
सन्धिखर्कको सालारुख जगतामा ट्याक्सी दुर्घट्ना, २ जना घाइते (तस्बिर सहित)
अर्घाखाँचीमा नर्सको आन्दोलनका कारण अस्पताल प्रभावित
सन्धिखर्कमा पत्रकार भेटघाट, कसैले चाहदैमा पार्टी एकता नरोकिंने डिलाराम आचार्यको भनाई
खिदिममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सन्धिखर्कमा २० अौ भुकम्प सुरक्षा दिबस मनाइयो
अर्घाखाँचीमा निर्माणका कामहरु अगाडि सक्नेगरि अगाडि बढाउन सरोकारवालालाई निर्माण ब्यबसायी संघका अध्यक्षको अाग्रह
अर्घाखाँचीको सन्धिखर्क स्थित त्रिवेणीधाममा माघेसंक्रान्ती बिशेष कृषि मेला प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम सम्पन्न ।
अर्घाखाँची समाज जापानद्दारा धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना
सन्धिखर्कमा साथी बचत तथा ऋण सहकारी संस्थाको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज भुसाल चयन
अर्घाखाँची संयुक्त बाम गठबन्धन रुपन्देहीद्दारा बुटवलमा जनप्रतिनिधीहरुलाई सम्मान
सन्धिखर्क ८ मा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई तालिम
सन्धिखर्कमा प्रदिप ज्ञवालीसँग संयुक्त पत्रकार सम्मेलन, एमाले र माओवादी केन्द्र बीचको पार्टी एकता पक्रिया अन्तिम चरणमा पुगेको भनाई
पणिनीमा नमूना बचत तथा ऋण सहकारी सस्थाको १४औ साधारण सभा सम्पन्न
सन्धिखर्कको बाँगी खाेलामा सरसफाइ कार्यक्रम सम्पन्न
सन्धिखर्कका नगरप्रमुख भुसालद्दारा समुन्नत र नमुना नगरपालिका बनाउने अाफ्नो प्रतिबद्धता कार्यान्यन तर्फ उन्मुख भएको उल्लेख
भुमिकास्थान ३ ले आगामी वर्षको मंसिर १५ मा पुर्ण सरसफाइ उन्मुख वडा घाेषणा गर्ने
http://go.oclaserver.com/afu.php?zoneid=1465736