arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

सन्धिखर्कमा सालझण्डी-ढोरपाटन सडकखण्डको ट्रयाक खोल्ने विवाद दुई बर्ष देखि कायमै text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ५, शनिवार)

गत चैत्र २ गते ढाेरपाटन सडक सम्बन्धि अन्तरक्रिया कार्यक्रम चुत्राबेशीमा । 

सुर्य भुसाल 

सन्धिखर्क, अर्घाखाँची । सालझण्डी-सन्धिखर्क ढोरपाटन सडकखण्डको ट्रयाक खोल्ने विषयमा सन्धिखर्कमा भएको विवाद दुई बर्ष देखि कायमै रहेको छ । 

लामो समयसम्म विवाद कायम रहँदा सडकको ट्रयाक खोल्ने विषयमा अन्यौलता छाएको छ । सन्धिखर्क बजारबाट सडक विस्तार गर्दा घरघडेरी मासिने भन्दै स्थानीयले बिरोध जनाएका छन् । सन्धिखर्कमा ट्रयाक खोल्ने विषयमा झण्डै दुई बर्ष देखि विवाद हुँदै आएको छ ।

बागलुङको ढोरपाटनसम्म ट्रयाक खोल्ने काम सकिए पनि सन्धिखर्कमा विवाद रहँदा यो सडकले अझै पूर्णता पाउन सकेको छैन । ०६५ सालमा निर्माणकार्य सुरु भएको सडकको ट्याक खोल्ने काममा करिव ९९ प्रतिशत काम सम्पन्न भएकको सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजनाका प्रमुख हुम बहादरु एसी ले बताउनुभयो । 

उहाँले सन्धिखर्कमा लामो समयसम्म विवाद कायम रहँदा ट्रयाक खोल्न नसकिएको बताउनुभयो ।  विवाद सुल्झाउन पटकपटक वैठक तथा छलफल भए पनि सहमति कायम हुन नसक्दा अन्यौलता बढेको हो । 'छिटो सहमति गरि ट्रयाक खोल्ने कामलाई पूर्णता दिनुपर्छ' योजना प्रमुख एसी भन्नुभयो लामो समयसम्म विवाद गरिरहनु राम्रो हुँदैन ।' सालझण्डी-सन्धिखर्क ढोरपाटन सडकखण्डको ट्रयाक खोल्ने काम करीब करीब सम्पन्न भईसकेकोले सन्धिखर्कमा बजार क्षेत्रमा मात्र विवाद गर्नु राम्रो होईन र अबको केही समयमै सहमती बाटै ट्रयाक खोलीने बताउनुभयो । उहाँले यो सडकले धेरै संभावनाहरु बोकेकोले यसको महत्व वुझ्नु पर्ने बताउनुभयो ।

 सन्धिखर्क चुत्रावेशीको मोटरेवल पुलबाट सडकलाई कता लैजाने भन्ने विषयमा विवाद छ । पुलबाट सन्धिखर्कको रतहले बजार वा चुत्रावेशी बजार गरि दुइ ओटा विकल्प अघि सारेपनि दुबै ठाउँका स्थानीयले ट्रयाक खोल्न नदिने अडान राख्दै आएका छन. । 

यसै गरी नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोप बहादुर रायमाझीले स्थानीय जनतालाई कम क्षेती हुनेगरी पहिलो विकल्पबाटै ढोरपाटन सडकले निकास पाउने बताएका छन् । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै रायमाझीले नेपालकै महत्वको सडक भएका कारण यसलाई अवरोध गर्नु गलत रहेको बताउनु भएकोछ । कुनै पनि अवस्थामा ढोरपाटन सडकले निकास पाउनु पर्दछ उहाँले भन्नुभयो । जिल्लाको विकासको लागि आफु निरन्तर संघर्ष गरिरहेको भन्दै रायमाझीले दुवै निर्वाचन क्षेत्रलाई समदुरीमा राखेर विकासका गतिविधी अगाडी बढाएको दावि गर्नु भएको छ । 

यो सडकको जम्मा लम्वाइ एक सय ८५ किलो मिटर छ । रुपन्देहीमा ५, पाल्पामा २० अर्घाखाँचीमा ७० गुल्मीमा ४० र वाग्लुङ्गमा ५० किलोमिटर क्षेत्र सडकले ओगटेको छ । वाग्लुङ्गको धार्मिक तथा पर्यटकीय क्षेत्र ढोरपाटनसम्म पु-याइएको यो सडकले पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको हो ।

यस आर्थिक बर्षमा रुपन्देहीको कञ्चन खोला देखि अर्घाखाँचीको निगाली देउराली सम्मको ३० किलोमिटर, निगाली देउराली देखि अर्घाखाँचीको बलेबांग सम्म २५ किलोमिटर सडक ग्राभेल हुने भएको छ । 

लुम्बिनी धोरपाटन सडकको ट्रयाक खुलेसँगै अर्घाखाँची, पाल्पा,रुपन्देही, गुल्मी बागलुङ जिल्लाका बासिन्दाहरुलाई प्रत्यक्ष लाभान्वित हुने छन । सडक खुलेसँगै लुम्बिनी आएका पर्यटक पहाडी जिल्ला अन्र्तगत पाल्पा, अर्घाखाँची, गुल्मी, बागलुङको अवलोकन र भ्रमण गर्न धोरपाटन सडकले सहयोग पु-याउने छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
राष्ट्रिय जनमोर्चाको केन्द्रिय चुनाव प्रचार टोली अर्घाखाँचीमा, मालारानी गाँउपालीकाकाे रतनमारेमा सभा सम्पन्न
राष्ट्रिय जनमोर्चा सन्धिखर्क - ७ का उम्मेदवार सिद्दी भट्टराईद्वारा निर्वाचनमा राजमोको जित सुनिश्चित रहेको दावी
अर्घाखाँचीमा पहिलो पटक लिग सिस्टममा क्रिकेट प्रतियोगिता हुँदै
अर्घाखाँचीका बिष्णु भट्टराईको कतारमा सवारी दुर्घटनामा परि मृत्यु
छत्रदेव गाउँपालिकाको अर्घातोषमा ४० भन्दा बढी घरपरिबार खानेपानीबाट बन्चित
राष्ट्रिय जनमाेर्चा भूमिकास्थान नगरपालिकाको चुनावी प्रचारप्रसार कार्यक्रम असुरकाेटमा सम्पन्न
अर्घाखाँचीमा एमालेका उम्मेद्वारहरुको टुंगो लाग्यो, यस्ता छन् उम्मेदवार
बल्कोट रुपन्देही सम्पर्क समाजमा पन्थी
राष्ट्रिय जनमोर्चा निकट जातिय समता समाज अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा प्रशिक्षण भेला सम्पन्न
राष्ट्रिय जनमोर्चाकाे भुमिकास्थान नगरपालीका ७ र ८ काे नुवाकोट पाेखेडाडामा भेला तथा भेटघाट कार्यक्रम सम्पन्न
नरपानीमा राष्ट्रिय जनमोर्चाकाे चुनावी प्रचार प्रसार तथा जनभेटघाट कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा स्थानीय निर्वाचन दोस्रो चरणमा जेठ ३१ गते हुने
राष्ट्रिय जनमोर्चा सन्धिखर्क - ७ को चुनावी भेला फुदवाङमा सम्पन्न, वार्ड उम्मेदवार सिद्दि भट्टराई (फोटो फिचर)
अर्घाखाँचीमा चुनावी रौनक, टिकटका लागि तिब्र लबिङ, पत्रकार पनि चुनावी दौडामा
भूमिकास्थान नगरपालिकामा स्थानीय निर्वाचन राष्ट्रिय जनमोर्चाले जित्ने संभावना बढी, एमाले, कांग्रेस कमजोर
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको धनचौर र सन्धिखर्कको तुमकोटमा चुनाबी सभा, भेला सम्पन्न
अर्घाखाँचीमा स्थानीय निर्वाचनको मतपत्र यस्तो हुनेछ
सन्धिखर्कमा निजामती कर्मचारीकाे ६७ अाैं स्थापना दिवसको अबसरमा बिरामीलाई फलफुल बितरण
सन्धिखर्कमा पत्रकार भेटघाट, स्थानीय तहको निर्वाचन नरोकिने रक्षामन्त्री खाँडको ठोकुवा
अर्घाखाँचीका युवा-युवतीहरु सुपादेउराली युथ नेटवर्क मार्फत सामाजिक कार्यमा नयाँ सन्देश छर्दै