arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

सरकारले संशोधन विधेयकलाई तत्काल निर्णयार्थ मतदानमा नलैजानेtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ २७, मंगलवार)

सरकारले संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ मतदानमा नलैजाने भएको छ । 

संविधान संशोधनको पक्षमा राप्रपा एक ढिक्का नहुने संकेत पाएपछि दुई तिहाई मत नपुग्ने निष्कर्षका साथ सरकारले विधेयकलाई मतदानमा नलैजाने भएको बालुवाटार स्रोतले बतायो । संविधान संशोधन विधेयक तत्काल अघि नबढ्ने भएपछि मंगलबारबाटै प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तारका लागि गृहकार्य अघि बढाएका छन् । तत्काल मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागबण्डा टुग्याउन कांग्रेस र माओवादी केन्द्रबीच गठित कार्यदललाई जिम्मेवारी दिइएको छ । कार्यदलमा कांग्रेसबाट नेताद्वय विमलेन्द्र निधि र रमेश लेखक छन् भने माओवादी केन्द्रबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र नेता वर्षमान पुन छन् ।

यसअघि दुई तिहाई समर्थन जुटाउन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच संविधान संशोधनपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने गरी सहमति भएको थियो । बिहान बालुवाटारमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेबीच भएको छलफलपछि सरकारले तत्काल संविधान संशोधन विधेयकलाई अघि नबढाउने र मन्त्रिपरिषद् विस्तार गर्ने योजना अघि सारेको हो ।
 
कार्यदल सदस्य समेत रहेका कांग्रेस नेता निधिले अब तत्काल मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए ।  संविधान संशोधनको पक्षमा दुई तिहाई मत पुर्‍याउने प्रयास पनि जारी छ तर तत्काल दुई तिहाई मत पुग्ने अवस्था नदेखिएपछि मन्त्रिपरिषद्को विस्तारमा हामी जुटेका छौं  निधिले  भने ।
 
केही दिनअघि बसेको राप्रपाको संसदीय दलको बैठकले संविधान संशोधनको पक्षमा निर्णय लिन नसकेपछि सरकारले प्रतिपक्षको सहयोगबिना दुई तिहाई मत पुर्‍याउन नसक्ने निष्कर्षमा पुगेको हो । गत वैशाख १७ गते पनि राप्रपाका १० सांसद विपक्षीमा उभिने जनाउ दिएपछि सरकारले संविधान संशोधन विधेयकलाई मतदानमा लगेको थिएन ।  राप्रपा एक ढिक्का भएको अवस्थामा एमालेबाहेक पनि दुई तिहाई पुग्ने अवस्था छ  निधिले भने, उहाँहरुले सबैको मत आउँछ त भन्नुभएको छ । तर हामीलाई शंका छ । 

संशोधन विधेयकलाई असफल हुने अवस्थामा पनि मतदानमा लैजाने कि नलैजाने भन्नेबारेमा छलफल गर्न आजै साँझ कांग्रेस, माओवादी केन्द्र र राजपा नेताहरुबीच बालुवाटारमा छलफल हुँदैछ । सरकार भने असफल हुने गरी विधेयकलाई मतदानमा नलैजाने पक्षमा छ । कान्तिपुरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
निर्वाचन क्षेत्र निर्धारण आयोग गठन
कांग्रेसले प्रदेश नम्बर-२ को स्थानीय निर्वाचन आफ्नो पक्षमा पार्न रणनीतिक योजना बनाउने
सरकारलाई विद्यालय शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन संसद विकास समितिको निर्देशन
आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय निर्वाचन तालिका सार्वजनिक
पूर्वराजा ज्ञानेन्द्रको स्वास्थ्य अवस्था सामान्य
नुवाकोटको बेल्कोटगढीमा श्राद्धको प्रसाद खाएर ५० जना बिरामी
रिडीमा कालीगन्डकी नदीमाथि निर्माण हुन लागेको तीनमुखे पुल लामो समयदेखि अलपत्र
सरकारले स्थानीय तहका लागि आवश्यक कर्मचारी सम्बन्धित जिल्ला कार्यालयबाटै खटाउने
सरकार राजपाका केही माग पूरा गर्न तयार, निर्वाचनमा सहभागी हुन लचक
बैतडीमा स्थानीय चुनावमा अन्तर्घात गरेको आरोपमा एमाले १७ जना निष्काशित
अन्ततः स्थानीय तहबाटै मतदाता नामावली संकलन
नेपालमा दन्डहीनताको अन्त्य गर्न कानुनविद्हरुले सरकारसँग माग गरे
सुर्तीजन्य पदार्थमा उल्लेख्य मात्रामा कर वृद्धि गरे सेवनमा कमी आउने:- अध्ययन
धादिङको निलकण्ठ बजार क्षेत्रको सडक भासिँदा दर्जनौं घर जोखिममा
मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
प्रधानमन्त्री देउवाद्वारा उपत्यकाभित्र १५ दिनभित्र सडकका खाल्टा-खुल्टी पुर्न निर्देशन
अख्तियारद्वारा शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर, १० बर्षसम्म कैद गर्न माग
त्रिवि शिक्षण अस्पतालले निकै जटिल कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने
ललितपुर महानगरपालिकामा विकासतर्फ पौने तीन अर्ब रुपैयाँ विनियोजन
अछामको मेल्लेख गाउँपालिका १८ घर पहिरोको जोखिममा