arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

अब देशभर ४ महानगरपालिका र १२ उपमहानगरपालिका, ललितपुर, पोखरा र भरतपुर महानगरपालिका बन्ने text size increase   text size decrease   Print    rss (२०७३ पौष १२, मंगलवार)

स्थानीय तह पुनर्संरचना आयोगले ७१६ स्थानीय तह बनाउने निर्णय गरेसँगै अब देशभर ४ महानगरपालिका र १२ उपमहानगरपालिका बन्ने भएका छन्। 
अहिलेसम्मको एक्लो महानगरपालिका काठमाडौंले अहिलेकै संरचनामा निरन्तरता पाउनेछ भने ललितपुर, पोखरा र भरतपुर महानगरपालिका बन्नेछन्। यी तीनवटै उपमहानगरपालिका हुन्।
ललितपुर, पोखरा र भरतपुर अहिले उपमहानगरपालिका छन्।

ललितपुर उप महानगरपालिकामा आसपासका केही गाविस थपिने छन्। पोखरामा भने लेखनाथ नगरपालिका र केही गाविस थपिएर पोखरा लेखनाथ महानगरपालिका बन्ने छ।
महानगरपालिका बन्दा भरतपुरमा पनि केही गाविसहरू थपिने छन्।

महानगरपालिका बनाउन आयोगमा प्रस्ताव गरेको विराटनगर भने महानगरपालिका बन्न सकेन। आसपासका तीन गाविसका केही भूभाग समेटेर महानगरपालिका बनाउन प्रस्ताव  गरिए पनि आयोगले तोकेको मापदण्ड पुरा नहुँदा र राजनैतिक सहमति नबन्दा विराटनगर महानगरपालिका बन्न नसकेको हो।
 पुनर्संरचनाबारे छलफलका क्रममा वीरगञ्जले पनि महानगरपालिका बन्ने चासो देखाएको थियो। तर आयोगमा पठाउने प्रस्तावमा भने यो कुरा समेटिन सकेन।
विराटनगर र वीरगञ्ज दुवै अब उपमहानगपालिका नै रहनेछन्।

नयाँ संरचनाअनुसार विराटनगर र वीरगञ्जसहित १२ उप महानगरपालिका हुनेछन्।
दाङ र सुनसरीमा २ २वटा उप महानगरपालिका हुनेछन्। दाङमा घोराही र तुलसीपुर तथा सुनसरीमा धरान र इटहरी उपमहानगरपालिका बन्ने निश्चित भएको हो।
यस्तै कैलालीको धनगढी, बाँकेको नेपालगञ्ज, रुपन्देहीको बुटवल, मकवानपुरको हेटौंडा, धनुषाको जनकपुर उपमहानगरपालिका हुनेछन्।
बारामा वर्तमान गढीमाइ नगरपालिकालाई केन्द्र बनाएर नयाँ उप महानगरपालिका बन्ने छ।
सेतोपाटीबाट

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेद्वार छनोट कार्य तीव्र बनायो
एउटा गाउँपालिका जित्न चार/पाँच करोड खर्च भएको छ : दाहाल
एमालेद्वारा वीरगन्ज महानगरमा उम्मेदवार घोषणा
जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा एमालेलाई पर्‍यो चिठ्ठा
नेपाल प्रेस युनियनले यस्तो प्रेस विज्ञप्ती जारी गर्‍यो
कांग्रेसका पुराना नेता रामहरि जोशीको ९२ वर्षको उमेरमा निधन
विदेशी एजेन्सीले नेपाल चलाउन खोजे : ओली (भिडियोसहित)
ओलीले बोल्दा बोल्दै आफ्नो आयु जोडेपछि धेरैले आँखाबाट आसु झारे
धरान उपमहानगरपालिका ९ र १० को पुनः मतगणना
संघीय समाजवादी फोरमबाट पाँचजना निष्कासित
देशलाई समृद्धिको दिशातर्फ अघि बढाउन एमालेको नेत्रित्वमा मात्र सम्भब छ
आगामी असोज ३० गते प्रदेशसभा र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी तयारी
बुटवलमा उदाए सुवेदी र आचार्य
कांग्रेस माओवादी गठबन्धनलाई हराउँदै बुटवल उपमहानगरमा एमाले विजयी
गोलाप्रथा मार्फत कमलमा एमालेकी मेनुका काफ्ले विजयी
सर्वाधिक चर्चामा रहेकि शिवकुमारी थारुको शानदार जित
गुल्मी कांग्रेस सभापतिद्वारा पदबाट राजिनामा
स्थानीय तहको दोस्रो चरणमा सम्पन्न निर्वाचनको मतगणना जारी
दोस्रो चरणको स्थानीय निर्वाचनको मतगणना जारी
स्थानीय दोस्रो चरणको निर्वाचनको मत परिणम आउने क्रम जारी