arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया

शान्ती बगैचा आधुनिकिकरण तथा व्यवस्थापन अभियान (विधान २०७३)text size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन २९, आइतवार)

शान्ती बगैचा आधुनिकिकरण तथा व्यवस्थापन अभियान 
सन्धिखर्क, अर्घाखाँची
विधान २०७३

प्रस्तावनाः

समाजमा रहेको धर्म, संस्कृती, परम्परा, ऐतिहासिक सम्पदा, वातावरण हाम्रा साझा सम्पत्ति हुन । यस्ता सम्पत्तिको ऐतिहासिक पहिचाहन सहित संवद्धर्धन संरक्षण एवं विकास गर्नु हामी सबैको दायित्व हो । विश्व परिवेशमा धेरै राष्ट्रहरुले आफ्ना परिवेश एवं संभावना अनुरुपको विकासले विश्वमा आफ्नो देशको स्वाभिमान सँगै पर्यटन क्षेत्रको विकासबाट आर्थिक, सामाजिक, साँस्कृतिक, लगायत बातावरणीय लाभहरु हासिल गरेका छन् । नेपाल पनि विश्व परिवेशमा प्रचुर मात्रामा प्राकृतिक, धार्मिक, साँस्कृतिक, पर्यावरणीय सम्पदाहरु भएको मुलुकहरुको श्रेणीमा पर्दछ । यस्ता सम्पदाहरुको संभावना अनुरुपको विकास, संरक्षण एवं सदुपयोग गर्न सकिएमा हाम्रो सामाजिक आर्थिक पक्षमा समेत उल्लेखनीय योगदान पुग्ने देखिन्छ । तसर्थ हाम्रो समाज वरिपरि रहेका प्राकृतिक, साँस्कृतिक, धार्मिक, आर्थिक एवं सामाजिक संभावनायुक्त सम्पदाहरु लाई तद्अनुरुप विकास गरिनु आवश्यक देखिन्छ । प्राचिन बाइसे चौविसे राज्यताका अर्घा र खाँची राज्यको युद्धको सन्धि गर्ने थलो,सन्धिखर्कको मुटुमा अवस्थित सुन्दर शान्ति बगैंचा मार्फत विश्वभर शान्तिको सन्देश प्रवाह गर्न शान्ति बगंैचा लगायत अर्घाखाँची जिल्लाका अन्य स्थानहरुमा हरितमैत्री बगैंचा स्थापना, बिकास र संरक्षण गर्दै जिल्लाको मात्र नभई नेपालकै पहिचान बोक्ने सम्पदाहरुको रुपमा विकास गर्न आवश्यक भएकाले यो अभियान स्थापनार्थ यो प्रस्तावना तयार गरिएको हो । 
परिच्छेद-१
प्रारम्भ:
यो प्रस्तावित विधान नेपालको संस्था दर्ता ऐन २०३४ अनुरुप तयार पारी जारी गरिएको छ । साथै यो संस्था मुनाफा रहित जनहितकारी सेवामुलक सामाजिक संस्था हुनेछ ।
१) संस्थाको नामः 
''यस संस्थाको नाम ''शान्ति बगैंचा आधुनिकिकरण एवं व्यवस्थापन अभियान'' हुनेछ । अंग्रेजीमा " Santi Bagaincha Modernzation & Management campaign" रहनेछ ।
क) संस्थाको कार्यालय रहने ठेगाना: यस संस्थाको कार्यालय सन्धिखर्क नगरपालिका वडा नं १, अर्घाखाँचीमा रहनेछ । 
ख) संस्थाको कार्यक्षेत्रः यस संस्थाको कार्यक्षेत्र अर्घाखाँची जिल्लामा रहनेछ ।

२. परिभाषाः 
विषय वा प्रसंङ्गले अर्को अर्थ नलागेमाः
क) ''संस्था'' भन्नाले ''शान्ति बगैचा आधुनिकिकरण एवं व्यवस्थापन अभियान'' सम्झनुपर्दछ ।
ख) ''विधान'' भन्नाले ''शान्ति बगैचा आधुनिकिकरण एवं व्यवस्थापन अभियान'' को विधानलाई जनाउने छ ।
ग) ''समिति'' भन्नाले शान्ति बगैचा आधुनिकिकरण एवं व्यवस्थापन अभियान अर्घाखाँचीको कार्य संचालनको लागि गठित कार्य समितिलाई जनाउने छ ।
घ) ''साधारण सभा'' भन्नाले ''शान्ति बगैचा आधुनिकिकरण एवं व्यवस्थापन अभियान'' को साधारण सभालाई जनाउने छ ।
ङ) ''विनियम'' भन्नाले संस्था संचालनको लागि बनाइएको विनियमलाई सम्झनुपर्दछ ।
च) ''तोकिए बमोजिम'' भन्नाले ''शान्ति बगैचा आधुनिकिकरण एवं व्यवस्थापन अभियान'' को लागि तोकिएको क्षेत्र तथा पदाधिकारीहरुलाई सम्झनु पर्दछ ।
छ) ''सल्लाहकार समिति'' भन्नाले यस ''शान्ति बगैचा आधुनिकिकरण एवं व्यवस्थापन अभियान'' को सल्लाहकार समितिलाई बुझ्नुपर्दछ ।

३. संस्थाको चिन्ह वा छाप
संस्थाको चिन्ह र छाप  गोलाकार बृतको माथि पट्टी शान्ती बगैचा आधुनिकिकरण तथा व्यवस्थापन अभियान र तल पट्टी सन्धिखर्क अर्घाखाँची उल्लेख गरिएको र बृतभित्रको बायाँ पट्टी नेपालको लुम्बिनीमा जन्मिनु भएका विश्व शान्तिका प्रतिक भगवान गौतम बुद्धले बृक्षमुनि ध्यान गरिरहेको चित्र,दायाँ पट्टी शान्तिको प्रतिक परेवा र विचमा शान्ति दिप र सो दिप माथि नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा को तस्विर रहनेछ । 

परिच्छेद -२
परिकल्पना
जिल्लाको बस्ती केन्द्र र नगर क्षेत्रहरुमा वातावरण मैत्री मनोरञ्जनात्मक उद्यानहरु विकास गर्दै सभ्य, सुसंस्कृत र समृद्ध अर्घाखाँची ।

४. संस्थाको उद्देश्यः 
क) शान्ति बगैचाको ऐतिहासिक महत्वलाई जीवन्त बनाउदै आवश्यक भौतिक तथा पर्यावरणीय पुर्वाधार निर्माण बाट सुन्दर, रमणीय, मनोरम युक्त आधुनिक बगैंचा बिकास एवं व्यवस्थापन गर्ने ।
ख) सन्धिखर्क नगरक्षेत्र तथा बस्ति केन्द्रका लदाम बगैँचा, कविरा बगैँचा, खिर्राबोट बगैँचा, मालिका बगैँचा, फुलबारी बगैँचा लगायतलाई हरित एवं वातावरण मैत्री बगैचाको रुपमा बिकास गर्ने । 
(ग)  यस अभियान संगै जिल्लाको विभिन्न स्थानमा स्थानीय समुदायबाट संरक्षण प्रर्वद्धन गरिएका बगैचाहरु, प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरु, विषेश महत्वका पर्यटकीय स्थलहरु समेत लाई संरक्षण बिकास एवं उचित व्यवस्थापनको साथै पुनःनिर्माणमा समेतमा विषेश सहयोग र सहकार्य गर्ने । 
घ) यस जिल्लामा सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यावरणीय पक्षलाई प्रर्वद्धन एवं संरक्षण र व्यवस्थापन गर्र्दै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आर्कषण केन्द्रको रुपमा बिकास गरि  जिल्लाको आर्थिक सामाजिक साँस्कृतिक लाभमा बृद्धि गर्ने । 

५. संस्थाको उद्देश्य प्राप्त गर्न अबलम्वन गरिने रणनीतिहरु
यस बिधानको प्रस्तावना, परिकल्पना र उद्धेश्यहरुको मर्म र भावनालाई मूर्तरुप प्रदान गर्न देहायका रणनीतिहरु अवलम्बन गरिनेछ । 
१.अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित शान्ति बगैंचाको ऐतिहासिक, साँस्कृतिक पक्षहरुको संरक्षण गर्दै आधुनिक, मनोरम,  हरित एवं नागरिक मैत्री बनाउन आवश्यक कार्यहरु गर्ने ।
२. जिल्ला स्थित बस्ती,केन्द्र तथा नगर क्षेत्रहरुमा वातावरण मैत्री मनोरञ्जनात्मक उद्यानहरु निर्माण गर्न बहस पैरवी सगंसगै आवश्यक सहजीकरण गर्ने ।
३. जिल्ला स्थित पुराना सार्वजनिक उद्यानहरु साथै नयाँ बस्ती केन्द्रहरुमा निर्माण गर्न आवश्यक उद्यानहरुको गुरुयोजना तयार गरि सोको कार्यान्वयन गर्न सरकारी निजी साझेदारीको अवधारणा अनुसार पहल गर्ने ।  
४. यस संस्थाको अभियानलाई मूर्तरुप प्रदान गर्न सम्बन्धित सरोकारवालाहरुसंग आवश्यक समन्वय र सहकार्य गर्दै संस्थाको संस्थागत विकास गर्ने ।
५.संस्थाको अभियान सञ्चालनका लागि आवश्यक स्रोत संकलन गर्न विभिन्न विधिहरु अबलम्वन गर्ने ।

५.१ संस्था संचालन गर्ने गरिएका प्रतिबद्धताहरु:
क) सरकारी नियमको स्वीकृती लिई गर्नु पर्ने कार्यक्रमको हकमा अनिवार्य स्वीकृत लिईनेछ । 
ख) देशमा दैवि प्रकोप वा अन्य समस्या आई परेमा आवश्यक अनुसार सक्दो सहयोग गरिने छ । 
ग) यस संस्थाको उद्देश्य पूरा गर्न बन्द, हडताल, चक्का जाम गरिने छैन । दातृनिकाय र विदेशी देशहरुका बिभिन्न निकाय संग गरिका दौत्य सम्बन्धमा असर पुग्ने गतिविधि गरिने छैन् । 
घ) सुचनाको हक सम्बन्धि ऐन २०६४ को पूर्ण रुपमा पालना गरिने छ । 

परिच्छेद ३
सदस्यता
६. सदस्यताको वर्गीकरणः
   यस शान्ति बगैंचा आधुनिकिकरण तथा व्यवस्थापन अभियानको परिकल्पना र मुर्तरुप प्रदान गर्ने सन्धिखर्क नगरपालिका बडा नं ६ निवासी समाज सेवी श्री यम बहादुर खत्रीको सुपुत्र श्री नारायण खत्री  जिल्ला प्रशासन कार्यालय अर्घाखाचीमा सहायक प्रमुख जिल्ला अधिकारी पदमा कार्यरत रहेको बखत गर्नुभएकोले उहाँ यस संस्थाको मुख्य परिकल्पनाकार रहदैँ निम्न लिखित प्रकारका सदस्यहरु रहन  सक्नेछन् । 
क) संस्थापक सदस्य
ख) मानार्थ सदस्य
ग) विशिष्ट सदस्य
घ) आजीवन सदस्य 
ङ) साधारण सदस्य
७. सदस्यताको योग्यताः 
यस विधानलाई पालना गर्ने निम्न लिखित योग्यता पुगेका व्यक्ति संस्थाको विधान बमोजिम सदस्य बन्न सक्नेछनः
क) १६ वर्ष पुगेको नेपाली नागरिक हुनु पर्ने । 
ख) संस्थाको विधान र नीतिलाई स्वीकार गर्ने कुनैपनि व्यक्ति यस संस्थाको सदस्य बन्न सक्नेछन्    र आर्थिक सहयोग पु-याउने संघ संस्था पनि यस संस्थाका सदस्य बन्न सक्नेछन् । 
ग) यस संस्थाको उद्देश्य तथा लक्ष्यका क्षेत्रमा कार्यरत विशिष्ट व्यक्तिहरुलाई कार्यसमितिले मानार्थ सदस्यता प्रदान गर्न सक्नेछ । 
घ) शान्ति बगैँचाको संरक्षण तथा विकासको क्रममा महत्वपुर्ण योगदान गर्नु भएका वा गर्न  इच्छुक व्याक्तिहरुले यस संस्थाको सदस्यता प्राप्त गर्न सक्नेछन् । 
८. सदस्यहरुको वहाल रहन नसक्ने अवस्थाः
क) गैर नेपाली नागरिक, १६ वर्ष उमेर नपुगेको,
ख) मगज विग्रिएको वा बौलाएको,
ग) दामासाहीमा परेको,
घ) कुनैप्रकारको चोरी, ठगी, किर्ते, जालसाजी गरेको र आफ्नो जिम्माको धनमाल अनाधिकृत तवरले मासेको वा दुरुपगोग गरेको, भष्ट्राचार गरेको अभियोगमा अदालतबाट कसुरदार ठहरी सजाय पाएको एक वर्ष भित्र,
ङ) सम्बन्धित संस्थाको व्यवसायमा निजि स्वार्थ भएको,
च) सदस्यता शुल्क बुझाउन बाँकी भएको वा नविकरण नगरेको ।

९. देहायका अवस्थामा कुनै व्यक्ति संस्थाको सदस्यता वहाल रहन सक्ने छैनः
क) कार्य समितिका सदस्यहरुलाई साधारण सभाबाट ७५ प्रतिशत को बहुमत सदस्यले उक्त व्याक्तिलाई पदबाट हटाउने प्रस्ताब पास गरेमा । 
ख) सदस्यको आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत भएका ।
ग) संस्थाको काम कारवाहीमा वेइमानी वा वदनियत गरेको कुरा अदालतबाट प्रमाणित भएमा ।
घ) यस विधान बमोजिम संस्थाले गर्न नहुने भनी तोकिएको कुनै कार्य गरेमा कुनै व्यक्तिलाई संस्थाको सदस्यता नियुक्त हुन वा वहाल रहन अयोग्य ठहराउनु भन्दा अघि संस्थाले निजलाई सो कुराको सूचना दिई सफाईको सबुद पेश गर्ने मौका दिनुपर्ने छ ।

१०. सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने विधिः
क) एकमुष्ट रु १,०००।- शुल्क तिरेर संस्थाको साधारण सदस्यता प्राप्त गर्न सकिने छ । प्रत्येक आर्थिक वर्षको समाप्ति संगै साधारण सदस्यले सदस्यता नविकरण गरिसक्नुपर्नेछ । सदस्यता नविकरण दस्तुर रु १००।- लाग्नेछ । 
ख) एकमुष्ट न्युनतम रु ५,०००।- शुल्क तिरेर संस्थाको आजीवन सदस्यता प्राप्त गर्न सकिने छ । 
ग) एकमुष्ट न्युनतम रु १,००,०००।- वा सो भन्दा बढी शुल्क तिरेर संस्थाको विशिष्ट सदस्यता प्राप्त गर्न सकिने छ ।
घ) एकमुस्ट न्युनतम ५,००,००० भन्दा बढि शुल्क तिरेर संस्थाको मानार्थ सदस्यता प्राप्त गर्न सक्नेछ । 
ङ) समय, परिवेश अनुसार कार्यसमितिले सदस्यता शुल्क तथा नवीकरण शल्कमा हेरफेर गर्न सक्नेछ । 
च) संस्थाको विषेश योगदान पु-याए बापत वा संस्थाले आवश्यक सम्झेको व्याक्तिलाई  प्रमुख सल्लाहकार, सल्लाहकार  सदस्यमा मनोयन गर्न सक्नेछ ।
छ) संस्थाको प्रमुख सल्लाहकारहरुमा यस जिल्लाका निर्वाचित सांसदहरु स्वतःहुने व्यवस्था रहेको र  सल्लाहकारमा यस जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला विकास समितिका सभापति, सन्धिखर्क नगरपालिका प्रमुख, स्वतः सल्लाहकार हुने व्यवस्था हुनेछ ।
ज)  यस संस्थाको सल्लाहकारमा मनोनित हुनका लागि शान्ति बगैचाँको विगत र बर्तमानमा महत्वपूर्ण योगदान गरेको तथा यस संस्थाको विशिष्ट सदस्यता हासिल गरेको व्याक्तिहरु मध्येबाट चयन गर्न सकिनेछ । 
११. साधारण सभा तथा बैठक सम्बन्धित व्यवस्थाः
     संस्थाको सभा बोलाउने तरिका र सभाका लागि दिनुपर्ने सूचना सम्बन्धि कुराहरुः 
१. यस संस्थाको साधारण सभा देहाय बमोजिम हुनेछ ।
क) वार्षिक साधारण सभा
ख) विशेष साधारण सभा
२. यस संस्थाको प्रथम वार्षिक साधारण सभा स्थापना भएको आ.व. समाप्त भएको मितिले ६ महिना भित्रमा गरिने छ र त्यसपछिका वार्षिक साधारण सभाहरु आर्थिक वर्ष समाप्त भएको मितिले दुई महिना भित्र गरिने छ । 
३. यस संस्थाको वार्षिक साधारण सभा गर्नका लागि कम्तिमा १५ दिन अगावै र विशेष साधारण सभा गर्नका लागि कम्तिमा ७ दिनको म्याद दिई पुनः साधारण सभा बोलाइने छ । 
४. उप-नियम -३ बमोजिम बोलाइएको साधारण सभामा नियम ८ बमोजिमको गणपुरक संख्या नपुगी सभा हुन नसकेमा कम्तिमा सात दिनको म्याद दिई पुनःसाधारण सभा बोलाईने छ । 
१२. कार्य समितिः 
       क) कार्य समितिको नियुक्ति वार्षिक साधारण सभाबाट हुनेछ । तर प्रथम वार्षिक साधारण सभा नभएसम्मका लागि निम्न वमोजिमको अध्यक्ष तथा सदस्य रहेको संस्थापक कार्यसमिति रहनेछ । 
अध्यक्ष: नारायण प्रसाद बन्जाडे
सह-अध्यक्ष: कृष्ण प्रसाद श्रेष्ठ
सह-अध्यक्ष: बुद्धि बहादुर नेपाली
उपाध्यक्ष: शान्ता भण्डारी
सचिव:  राम बहादुर रायमाझी
सह-सचिव: कविराम खनाल
कोषाध्यक्ष: बसन्त भुसाल
सदस्य: नारायण प्रसाद खनाल
सदस्य: उमेश घिमिरे
सदस्य: प्रदिप मिश्र
सदस्य: नेत्र प्रसाद भुसाल
सदस्य: दल बहादुर खत्री क्षेत्री
सदस्य सचिबः दिपक नेपाली
ख) कार्य समितिको कार्यकाल २ वर्षको हुनेछ ।
ग) कार्य समितिको छनौट वार्षिक साधारण सभाबाट हुनेछ ।
घ) यस सस्थामा ९ देखि १३ जनाको कार्य समिति रहने छ । 
ङ) वार्षिक साधारण सभा हुनभन्दा अगावै कुनै कार्य समितिमा रहेको सदस्यको पद रिक्त हुन आएमा बाँकी अवधिका लागि कार्य समितिका सदस्यको नियुक्ति कार्य समितिद्वारा गर्न सकिने छ । कुनै सदस्यको पद बिचमा रिक्त भएमा सो पदमा नियुक्ति भएको सदस्यको कार्यकाल सो सदस्य जुन सदस्य पद रिक्त भई नियुक्ति भएको हो सो सदस्यको वाँकी कार्यकाल सम्मका लागि मात्र हुनेछ । 
च)कार्य समितिको बैठक आवश्यकता अनुसार कार्य समितिको अध्यक्षले बोलाउन सक्नेछ । जम्मा सदस्य संख्याको ५१ प्रतिशत सदस्यले माग गरेमा अध्यक्षले कार्य समितिको बैठक बोलाउनु 
पर्नेछ ।
छ) कार्य समितिको सदस्य वा पदाधिकारी बन्नको लागि न्युनतम आजिवन सदस्यता सहित शान्ति बगैँचाको विकासमा महत्वपूर्ण योगदान गरेको हुनुपर्नेछ ।  
ज) कार्य समितिको बैठकको सदस्य स्वयं उपस्थित हुनुपर्नेछ साथै सदस्यहरुको जम्मा संख्याको कम्तिमा ५१ प्रतिशत सदस्यहरु उपस्थित नभई कार्य समितिको बैठक हुने छैन । 
झ) कार्य समितिको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिन सक्नेछ ।
ञ) कार्य समितिको छलफलमा बैठक भएको विषय र त्यस सम्बन्धमा भएको निर्णयको माईन्यूट किताबमा लेखिराख्नु पर्नेछ र सो निर्णय विवरणमा बैठकमा उपस्थित सम्पूर्ण सदस्यहरुको कम्तीमा ५१ प्रतिशतले हस्ताक्षर गर्नुपर्नेछ ।
ट) उल्लेखित उप-नियमहरुमा जुनसुकै कुराहरु लेखिएको भएतापनि कार्य समितिले गर्ने कामको सम्बन्धमा कार्य समितिका सबै सदस्यहरुले लिखित रुपमा सहमति भएमा त्यस्तो सहमतिलाई निर्णय पुस्तिकामा संलग्न गरी त्यस्तो काम बैठक बिना पनि गर्न सकिने छ । उपरोक्त बमोजिमको सहमतिलाई बैठकको निर्णय सरह मानिने छ ।
ठ) कार्य समितिले एक आर्थिक बर्षभरी सम्पादन गरेका सम्पुर्ण कामहरुको विवरण सार्वजनिक सुनुवाई र सामाजिक लेखापरिक्षण गर्ने छ । 

परिच्छेद ४
१३. काम, कर्तव्य र अधिकारः
१. अध्यक्षको काम कर्तव्य र अधिकार
१.शान्ति बगैचाको विकास, प्रर्वद्धन, एवं संरक्षणमा अति सवेंदनशिल भई आवश्यक सम्पुर्ण जिम्वेवारी बहन गर्ने । 
२.संस्थाको सम्पुर्ण गतिविधिमा मार्गदर्शन, सञ्चालन, सुपरिवेक्षण, नियन्त्रण एवं निर्देशन गर्ने । 
३.कार्य समितिको बैठक र साधारण सभाको अध्यक्षता गर्ने,
४.संस्थालाई गतिशील र क्रियाशिल बनाउन विधानमा तोकिए अनुसारको अधिकार प्रयोग गर्ने । 
५.कार्यसमितिका सदस्यहरुले गरेको कामको सुपरिवेक्षण गर्ने र निर्देशन दिने । 
१ (क) सहअध्यक्षको काम कतव्र्य र अधिकार
१.शान्ति बगैचाको विकास, प्रवद्धन, एवं संरक्षणमा अति सवेंदनशिल भई आवश्यक सम्पुर्ण जिम्वेवारी बहन गर्ने । 
२.संस्थाको सम्पुर्ण गतिविधिमा मार्गदर्शन, सञ्चालन, सुपरिवेक्षण,नियन्त्रण एवं निर्देशन गर्ने । 
३.संस्थाको कार्य सम्पादनमा कार्य समितिबाट तोकिएको र अध्यक्षबाट प्रत्यायोजित अधिकार तथा जिम्मेवारी सक्रिय रुपमा वहन गर्ने ।
२. अध्यक्षको अनुपस्थितीमा अध्यक्षको कार्यभार वहन गर्ने । 
३. अध्यक्षको मातहातमा शान्ति बगैचाको विकास, प्रवद्धन, एवं संरक्षणमा सवेंदनशिल भई आवश्यक सम्पुर्ण जिम्वेवारी बहन गर्ने ।
२. उपाध्यक्षको काम कर्तव्य र अधिकार
१. संस्थाको कार्य सम्पादनमा कार्य समितिबाट तोकिएको र अध्यक्षबाट प्रत्यायोजित अधिकार तथा जिम्मेवारी सक्रिय रुपमा वहन गर्ने ।
२. अध्यक्षहरुको अनुपस्थितीमा अध्यक्षको कार्यभार वहन गर्ने । 
३. अध्यक्षको मातहातमा शान्ति बगैचाको विकास, प्रर्वद्धन, एवं संरक्षणमा सवेंदनशिल भई आवश्यक सम्पुर्ण जिम्वेवारी बहन गर्ने ।

३. सचिवको काम, कर्तव्य र अधिकार
१.संस्थाको उद्धेश्य प्राप्तीका लागि आवश्यक वार्षिक कार्यक्रमहरु तयार गरि कार्य समितिमा पेश गर्ने । 
२.अध्यक्षसँग परामर्श गरी साधारण सभा तथा कार्य समितिको बैठक बोलाउने र सञ्चालन गर्ने । 
       ३.छलफल हुने कार्य सूची तयार गर्ने तथा बैठकको निर्णय तयार गर्ने र आवश्यक पत्राचार गर्ने । 
४.साधारण सभाबाट पारित भएका निर्णयहरु कार्यान्वयन गर्ने गराउने  । 
५.संस्थाको विरुद्ध अदालत वा अन्य निकायहरुमा परेका उजुरी वा नालिस वा हकदाविको सम्बन्धमा संस्थाको तर्फबाट कानुनि प्रतिरक्षा गर्ने वा मिलापत्र वा परित्याग गर्ने ।
६.संस्थाको कार्य सञ्चालन सम्बन्धमा रकम खर्च गर्दा पछि समितिबाट अनुमोदन गराउने गरि स्वीकृती दिने । 
७. कार्यालय संचालन तथा व्यवस्थापन सम्बन्धी सम्पुर्ण कार्यहरु अध्यक्ष एवं कार्य समितिको परामर्श गरि सम्पुर्ण प्रशासनिक जिम्वेवारी वहन गर्ने ।
८.. अध्यक्षबाट निर्देशन भए अनुसार आवश्यक कार्य गर्ने । 
४. सह-सचिवको काम, कर्तव्य र अधिकार
१. संस्थाको कार्य सम्पादनमा कार्य समितिबाट तोकिएको र सभापतिबाट सुम्पिएको जिम्मेवारी सक्रियरुपमा वहन गर्ने । 
२. सचिवको अनुपस्थितिमा सचिवको कार्यभार सम्हाल्ने । 
३. सचिवलाई आवश्यक सहयोग गर्ने । 
५. कोषाध्यक्षको काम, कर्तव्य र अधिकार
१. बार्षिक बजेट तर्जुमा गरि कार्य समितिबाट अनुमोदन गराई साधारण सभामा पेश गर्ने ।
२.संस्थाका सदस्यहरुबाट प्राप्त प्रवेश शुल्क, अन्य सम्पुुर्ण शुल्क तथा संस्थाको नाममा प्राप्त हुने सबै प्रकारका आर्थिक सहयोगहरु निर्धारित समयमा प्राप्त गरी त्यसको हिसाब चुस्तदुरुस्त राख्ने । 
३.संस्थाको कोष आम्दानी खर्चको विवरण साधारण सभामा पेश गर्ने ।
४. वार्षिक लेखापरीक्षण गराउने । 
६. सदस्यहरुको काम कर्तव्य र अधिकार
१. प्रत्येक सदस्यहरुले बैठकको सुचना पाएपछि आफ्नो समितिको बैठकमा भाग लिने बैठकमा रचनात्मक सल्लाह र सुझाव दिने । 
२.कार्यसमितिबाट तोकिएको जिम्मेवारी वहन गर्ने । 

१४. गणपुरक संख्याः
 साधारण सभा पहिलो पटक कुल सदस्य संख्याको ५१ प्रतिशतको प्रतिनिधित्व हुनेगरि साधारण सदस्यहरु उपस्थित नभई साधारण सभाको काम कारवाही हुने छैन तर विधानको दफा ११ को उप-दफा ४ मा उल्लेख भए बमोजिमको पुनः दोस्रो पटक बोलाईएको साधारण सभामा कुल सदस्य संख्याको ३३ प्रतिशतले प्रतिनिधित्व हुनेगरी साधारण सदस्यहरु उपस्थित नभई साधारण सभाको काम कारवाही हुने छैन र यसरी दोस्रो पटक पनि गणपुरक संख्या नपुगेमा तेस्रो पटक पुनः बोलाइएको साधारण सभाको लागि उपस्थित सदस्य संख्याले साधारण सभा सञ्चालन गर्न बाधा रहेको मानिने छैन ।  
१५. संस्थाको कोष:
१. संस्थाको आफ्नो एउटा छुट्टै कोष रहने छ र सो कोषमा देहाय बमोजिमका प्राप्त रकमहरु     रहनेछन् ।
क) सदस्यता शुल्क वा प्रवेश सुल्क वापत प्राप्त हुने रकम,
ख) कसैले स्वेइच्छाले दिएको अनुदान वा दान  एवं सहयोग रकम, 
ग) शान्ति बगैँचा भित्रका सम्पुर्ण सम्पत्तिबाट प्राप्त रकम,
घ) नेपालको कानुन बमोजिम नेपाल सरकार वा अन्य जुनसुकै संस्था वा व्याक्तिबाट प्राप्त हुने रकम,
ङ) महायज्ञ वा सप्ताह, बैदेशिक सहयोग, वा स्व-इच्छिक रुपमा प्राप्त रकम ।
२) विदेशी संस्थाबाट अनुदान रकम लिने भएमा संस्थाले नेपाल सरकारको पूर्व स्वीकृति लिनेछ ।
३) संस्थामा प्राप्त सम्पुर्ण रकम बैकमा जम्मा गरि बैकं खाता बाट संचालन गरिनेछ । 
१६. खाता सञ्चालनः
संस्थाको अध्यक्ष वा सचिव र कोषाध्यक्षको संयुक्त दस्तखतबाट खाता संचालन हुनेछ । तर कोषध्यक्षको दस्तखत अनिवार्य हुनेछ । प्रचलित ऐन नियम अनुसार खर्च गर्न तथा खर्चको श्रेष्ता राख्ने व्यवस्था गरिनेछ ।
१७. संस्थाको लेखा र लेखापरिक्षणः
क) संस्थाको आय व्ययको लेखा प्रचलित कानून बमोजिम राखिने छ । 
ख) संस्थाको लेखापरिक्षण प्रचलित कानून बमोजिमको लेखापरिक्षकबाट हुनेछ ।
ग) नेपाल सरकार वा स्थानिय अधिकारीले चाहेमा जुनसुकै बखतपनि  संस्थाको हिसाब किताब जाँच्न वा जँचाउन सक्नेछ ।
घ) लेखा परिक्षकको नियुक्ती वार्षिक साधारण सभाबाट हुनेछ । तर प्रथम वार्षिक साधारण सभा नभए सम्म लेखा परिक्षकको नियुक्ती कार्य समितिबाट हुनेछ ।

परिच्छेद ५
२८. निर्वाचन सम्बन्धि व्यवस्थाः
क) कार्यसमितिको निर्वाचन सम्पन्न गराउन साधारणसभाले साधारण सभाका सदस्य मध्येबाट ३ जनाको एउटा निर्वाचन समिति गठन गर्नेछ र एकजनालाई संयोजक तोक्नेछ । 
ख) निर्वाचन समितिले विधानमा व्यवस्थित प्रावधानहरुको प्रतिकुल नहुने गरी कार्यसमितिको निर्वाचन गर्नेछ । 
ग) साधारण सभाको सदस्यको  हैसियत राख्ने व्यक्ति कार्यसमितिको मतदान समेतको अधिकार हुुनेछ । 
घ) निर्वाचन समितिले कुनै पक्षमा एकमात्र उम्मेदवार भएमा निर्विरोध निर्वाचन भएको घोषणा गर्न सक्नेछ । एक पदमा दुई वा दुईभन्दा बढी उम्मेदवार भएमा निर्वाचन समितिले प्रत्यक्ष र गोप्य मतदानबाट निर्वाचन सम्पन्न गराउनेछ  । 
ङ) मतदाता नामावली प्रकाशन, उम्मेदवारको दरखास्त लिने, उम्मेदवारको सूची प्रकाशन, दावी विरोधको प्रकिृया र अवधि, मतपरिणाम घोषणा लगायतका सम्पूर्ण कार्य निर्वाचन समितिले व्यवस्थित गर्नेछ । 
च) कुनै पदमा बराबर मत भएमा अन्तिम निर्णय गोला प्रथाबाट गरिनेछ । 
छ) नयाँ कार्य समितिको निर्वाचन सम्पन्न भएपछि खण्ड (क) वमोजिम गठित निर्वाचन समिति स्वतः विघटन भएको मानिनेछ ।  
१९. उम्मेदवार हुने योग्यताः
क) कार्य समितिको अनुमोदन पश्चात यस संस्थाको सदस्य बनेको व्यक्ति,
ख) संस्थाको सदस्यता निरन्तर रुपमा लिएको व्यक्ति,
ग) पदावधि समाप्त नभएका पदाधिकारीहरु,
घ) निर्वाचनमा निर्वाचन समितिको सदस्य नभएको व्यक्ति,
ङ) विधान अनुसार रित पुगेका अन्य व्यक्तिहरु चुनावमा उम्मेदवार हुृन योग्य हुनेछन्,

२०. अविश्वासको प्रस्तावः
(क) संस्थाको दुई तिहाई बहुमतले पारित गरेमा पदाधिकारीको पदावधि समाप्त हुनेछ । तर त्यस्तो पदाधिकारीलाई सफाइको मौका प्रदान गरिनेछ । 

२१. विधान संशोधनः
क) कुल सदस्यको २ तिहाई सदस्यहरुले अनुमोदन गरे पश्चात मात्र यस संस्थाको कुनै दफा संशोधन वा खारेजका लागि स्थानीय अधिकारी समक्ष सिफारिस गरि पठाउनु पर्नेछ । स्थानिय  अधिकारीबाट स्वीकृत भए पश्चात मात्र  संस्थाको कुनै दफा संशोधन वा खारेज भएको मानिने छ । 
ख) खण्ड (क) बमोजिम  विधान संस्था संसोधन हुन नसकेमा बार्षिक वा विषेश साधारण सभाबाट विधान संशोधन गर्न सक्नेछ ।
२२. विनियम बनाउन सक्नेछ
संस्थाले आफ्नो कार्य सम्पादन गर्ने सन्दर्भमा आवश्यक आर्थिक विनियम, कर्मचारी सम्बन्धि विनियम लगायतका अन्य विनियम बनाउन सक्नेछ साथै यस्तो विनियम यस संस्थाको कार्यसमितिले निमार्ण गर्न सक्नेछ र सो को जानकारी स्थानीय अधिकारीलाई दिनु पर्नेछ । 

२३. तदर्थ समिति
यो  संस्था दर्ता गर्नका लागि गठित पहिलो तदर्थ समिमिले प्रथम साधारण सभाले स्वीकार गरेमा    प्राप्त अधिकारको सदुयोग गर्दै  कुल ३ वर्ष सम्म संस्थाको विधान बमोजिम कार्य गर्न सक्ने छ । साथै आवश्यक परेको अवस्थामा विषयगत समिति निर्माण गर्न सक्नेछ  ।
२४. संस्थाको खारेजी
क) साधारण सभाले आवश्यक देखेमा विशेष प्रस्ताव पारित गरी संस्था खारेज गर्न सक्नेछ ।
ख) उपनियम (१) बमोजिमको खारेजीको प्रस्ताब पारित गर्दा साधारण सभाले खारेजीको कामको लागि एक वा एक भन्दा वढि लिक्विडेटर र संस्थाको हिसाब किताब जाँच गर्नको लागि एक वा एक भन्दा वढि लेखापरिक्षकहरु नियुक्त गर्न सक्नेछ । लिक्विडेटर र लेखा पपरिक्षकको पारीश्रमिक साधारण सभाले तोकिदिए बमोजिम हुनेछ । 
ग) उपनियम (२) वमोजिम नियुक्त लिक्वीडेटर र लेखापरीक्षकले संस्था खारेजी सम्बन्धी काम कारवाही गर्नेछन् । 
घ) कुनै कारणवशः संस्था खारेजीमा परेमा संस्थाको चल अचल सम्पत्ति नेपाल सरकारको हुनेछ । 

२५. प्रचलित कानून अनुसार हुनेः
यस विधानमा उल्लेखित नभएका कुराहरु प्रचलित कानून बमोजिम हुनेछ र संस्था दर्ता ऐन, नियम र प्रचलित कानून सँग बाँझिन गएका कुराहरु स्वतः निष्कृय हुनेछन् । 
२६. विविधः-
क) संस्थाबाट तर्जूमा गरिने नीति नियम र अन्य आवश्यक मार्ग निर्देशनहरु दर्ता निकायमा पेश गरी दर्ता पश्चात मात्र कार्यान्वयन गरिनेछ । 
ख) संस्थाले आफ्नो कार्यक्षेत्र भन्दा बाहिर कार्य गर्नेछैन । गर्नु परेमा सम्बन्धित निकायले स्वीकृति लिएर मात्र गर्नेछ । 
ग) व्यक्तिगत फाइदाका लागि मात्र संस्थाले सदस्यता प्रदान गर्ने छैन । 
घ) यस विधानमा कुनै कुरा उल्लेख नभएको अवस्थामा प्रचलित कानुन वमोजिम हुनेछ । 
ङ) प्रस्तावित संस्थाको कुनै कुराले नेपाल राज्यको शान्ति सु-व्यवस्था, अमनचयन, सार्वभौमिकता अखण्डता, दुई देश बीचको सम्बन्ध, परराष्ट्र नीतिमा असर पु-याउने कुनै क्रियाकलाप संचालन गरिने छैन । 

हामी निम्न अनुसारका संस्थापकहरु यस विधान वमोजिम कार्य गर्न मञ्जुर भई निम्न साक्षीको रोहवरमा विधानमा सहिछाप गर्दछौँ ।
पद नाम, थर वतन दस्तखत
अध्यक्ष अध्यक्ष:  नारायण प्रसाद बन्जाडे
सहअध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ
सचिव बुद्धि बहादुर नेपाली
उपाध्यक्ष शान्ता भण्डारी
सचिव राम बहादुर रायमाझी
कोषाध्यक्ष बसन्त भुषाल  
सह-सचिव कविराम खनाल
सदस्य नारायण प्रसाद खनाल
सदस्य उमेश घिमिरे
सदस्य प्रदिप मिश्र
सदस्य नेत्र प्रसाद भुषाल
सदस्य दल बहादुर खत्री क्षेत्री
सदस्य  सचिब दिपक नेपाली

सबैको सदस्यहरुको ना.प्र.पत्रका प्रतिलिपि, मानिस उपस्थित, तोकिएको ढाँचाको विधान, जि.वि.स. सिफारिस निवेदन 


अनुसूची - १
(संस्थाको छाप-लोगो)
यस संस्थाको छापमा यस अनुसारको लोगो रहनेछ ।
 


अनुसुची-२ 
मिति २०७३ माघ ७ गतेका सर्वदलिय सर्वपक्षिय भेलाले गठित देहायको समितिले बिभिन्न राजनैतिज्ञ, समाजसेवी,पत्रकार उधागी व्यापारी र बिज्ञहरुबाट सल्लाह परामर्श सुझाब बाट यस संस्थाको विधानको मस्यौदा तयार गरेको हो ।

संयोजक बुद्धि नेपाली
सदस्य राम बहादुर रायमाझी
सदस्य कल्पना पोख्रेल
सदस्य श्रीकृष्ण भुषाल
सदस्य नेत्र  भुषाल
सदस्य बसन्त भुषाल
सदस्य सोभाखर पन्थी
सदस्य गोकर्ण थापा
सदस्य सचिब नारायण खत्री

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
अन्लाईन जनमत संग्रह: नेपालको संविधान २०७२ अनुसार प्रदेश नम्बर ५ अखण्ड राख्ने ?
सिआईजी अर्घाखाँचीको अपिल
विश्वकर्मा जन कल्याण समाज - विजया दशामी तथा शुभ दीपावलीशुभ कामना
लुम्बिनी तन्दुरी भोजनालय, ललितपुर
विजया दशामी तथा दीपावलीको हार्दिक शुभकामना :-न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राभल
New Sagar and Sagarmatha Tour Services
जन्मदिनको शुभकामना - साउन ८, २०७२
जन्मदिनको शुभ-कामना
जीवनरक्षाको लागि सहयोग अपिल
कक्षा ११ मा विद्यार्थी भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना
अर्घाखाँची आवसिय उच्च माविमा २०७३ सालको नयाँ भर्ना सम्बन्धी सूचना
अर्घाखाँची जिल्लाको संक्षिप्त परिचय
सन्धिखर्क नगरपालिकाको वार्षिक नगर विकास योजना आ.व. २०७३/७४, भाग - ३
सन्धिखर्क नगरपालिकाको वार्षिक नगर विकास योजना आ.व. २०७३/७४, भाग - २
सन्धिखर्क नगरपालिकाको वार्षिक नगर विकास योजना आ.व. २०७३/७४, भाग - १
अर्घाखाँची जिल्लाको जनसङ्ख्या
सन्धिखर्क नगरपालिकाको कर, दस्तुर, शुल्कहरुको दरहरु
यी सात चिज भुलेर पनि कहिल्यै घरभित्र नराख्नुहोस्, घरमा दरिद्रताको आगमन हुन सक्छ
यी ८ कुरामा ध्यान दिुनुस् घरमा सँधै सुख शान्ति हुन्छ !
कुन सपनाको फल कस्तो हुन्छ ?