माओवादी पुष्पकमल दाहालले पार्टी एकताका लागि तयार पारेको लिखित प्रस्ताव मोहन वैद्यले लिएर आफू निकटसँग छलफलमा
(२०६९ ज्येष्ठ ३२, बुधवार)
- उजिर मगर, नागरिक
काठमाडौँ - एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि तयार पारेको लिखित प्रस्ताव उपाध्यक्ष मोहन वैद्यले लिएर आफू निकटसँग छलफलमा बसेका छन्। दाहाल पक्षको बुधबार बसेको स्थायी समिति बैठकबाट पारित एकताको लिखित प्रस्ताव वैद्यले लिएर गएका छन्।
वैद्य स्वयं दाहाल निवास आएर प्रस्ताव लिएर गएका हुन्।
स्थायी समितिले पार्टी एकताको अपिल गर्दै विगतका कमजोरीलाइ समीक्षा गर्ने, असहमतिका विषयलाई लिखित गर्ने, विप्पा सम्झौता बारे छलफल गर्ने प्रस्ताव वैद्य पक्षसँग राख्ने निर्णय गरेको थियो।
पार्टीको कार्यदिशा नयाँ जनवादी क्रान्ति हुने, तात्कालिन राजनीतिक परिस्थितिको मूल्याकंन गर्ने, पहिचानसहितको, संघीयतासहितको संविधान बनाएर जाने लगायत विषयलाई दाहालले लिखित रूपमा बुझाएको लाजिम्पाट स्रोतले बतायो। |