arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा आकाशबाट पानी परेपछि खानेपानीको दु:ख टर्योtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ ३०, शुक्रवार)


वीरेन्द्र केसी कान्तिपुर   

बल्कोट, अर्घाखाँची । बल्कोटकी अस्मिता खनाललाई अहिले त्यति पानीको दु:ख छैन । वर्षायाम भएकाले आकाशबाट पानी परेपछि खानेपानीको दु:ख टरेको हो । घण्टौं पैदल हिँडेर गाग्रीमा पानी त बोक्नुपर्छ । तर, हिउँदमा दैनिक तीन/चार गाग्री बोक्नुपर्थ्यो । अहिले एक गाग्री ल्याए पुग्छ । 

'घर छेउमा दुईवटा घैंटा छन्,' उनले भनिन्, 'घरको छानोको पानी त्यही घैंटोमा संकलन गर्छौं । त्यसले भाँडा माझ्न, भंैसीलाई सुवाउन र खाना पकाउन काम लाग्छ । पिउनका लागि एक गाग्री बोके पुग्छ ।' सिमेन्टको घैंटोले वर्षाभर कुवाबाट पानी बोक्ने दु:ख छुटकारा भएको छ । हिउँदका बेला घंैटा रित्ता हुन्छन् । दैनिक पाँच/छ घण्टा समय खर्चेर डोकोमा पानी बोक्नुपर्छ, उनले भनिन् ।

केरुंगाका मोहन खनालले वर्षाभर कुवा धाउँदैनन् । आकाशबाट पानी पर्दा गाग्री, छाउला, ग्यालेन, ड्रम, बाल्टी आँगनमा थापेर भर्छन् । 'आकाशबाट सीधै झरेको पानीले पिउन र खाना पकाउँछु,' उनले भने, 'एउटा आठ र अर्को १० हजार लिटर अट्ने घैंटो छ । आकाशे पानीले भरिन्छन् । हिउँद लागेपछि रित्तिन्छन् ।' कुवाबाट एक गाग्री पानी ल्याउन एक घण्टा पैदल हिँड्नुपर्छ । 

'दिनमा पाँच गाग्रीसम्म उतार्छु,' उनले भने, 'वर्षाभर भुइँ घाँस र पानीको त्यत्ति दु:ख नभएपछि दुइटा भैंसी पाल्छु । वर्षा सकिएपछि पानी र घाँसको अभाव हुन्छ । त्यसपछि एउटा मात्रै भैंसी पाल्छु ।' साँझपख आकाशमा कालो बादल देखा परेपछि आँगनमा गाग्री, ताउला, कचौरासम्म थापेर राखिन्छ । राति पानी परे त बिहान भाँडा भरिन्छन् । नपरेको रात खाली हुन्छन् । कहिलेकाहीं रातमा पानी थाप्न राखेका भाँडासमेत चोरी हुन्छन्, उनले भने । 

विभिन्न गैरसरकारी संस्थाले एक दशकअघि घैंटा निर्माण गरिदिएपछि गाउँलेलाई राहत भएको छ । केहीले पशुलाई पोखरीमा पुर्‍याएर पानी खुवाउने गर्छन् । ‘वर्षामा थाप्लोबाट नाम्लो हट्छ,’ उदय विकले भने, ‘आकाशकै पानीको भर हुन्छ । कुवाको पानीमा यत्तिकै पिउँदा पेट दुख्ने र पखाला लाग्ने गर्छ, उमालेरै खानुपर्छ । तर, आकाशको पानी पिउँदा स्वास्थ्यलाई केही असर गरेको छैन ।’ जिल्लाको धेरैजसो भूगोल मध्यतराईजस्तै भएकाले ठूला नदी र पानीका मुहान धेरै छैनन् । केही गाउँमा हिउँदमा सिँचाइ कुलोको सुविधा भए पनि बल्कोट, केरुंगा, चिदिका, छत्रगन्ज, गोखुंगालगायत अधिकांश गाउँमा पिउने पानीको दु:ख छ । हिउँदमा धेरैजसो महिलालाई पानी बोक्ने सास्ती हुन्छ । पुरुष जति वैदेशिक रोजगार र स्वदेशमै अन्य पेसा र व्यवसायमा व्यस्त हुन्छन् । महिलाले घरको काम गर्नुपर्ने हुँदा पानी बोक्नैपर्ने हुन्छ । 

गोखुंगा सिमेदेउरालीमा कुवाबाट तीन घण्टा उकालोमा पानी बोक्न नसक्नेले लिटरको २ रुपैयाँमा किनेर खान बाध्य छन् । वर्षांैदेखि यहाँ खानेपानीको समस्या उस्तै छ । दिनहुँ पानी बोक्दा ढाड, घुँडा र पिठ्युँ दुख्ने अधिकांश महिला रोगी भएको देउरालीकी विमला घिमिरेले बताइन् । 'सक्दाको दिन त आफैं बोक्छु,' उनले भनिन्, 'बिरामी भएका बेला किनेर खान्छु ।' लिटरको दुई रुपैयाँ पर्छ । सिमेदेउराली साविकको गोखुंगा गाविस र छिमेकी प्युठानको अल्गामाझलगायतका गाउँको केन्द्र हो । व्यापारिक ठाउँ भएकाले पानीको दु:खकै कारण कसैले बसाइँसराइ गरेका छैनन् । जनसंख्या बढ्दो छ । यहाँका ६० घरमा करिब तीन सय जनसंख्या रहेको छ । करिब ३० घरपरिवारले मात्रै व्यापार व्यवसाय गर्छन् । वर्षामा आकाशे पानी भाँडा र घैंटामा संकलन गर्दा राहत मिल्छ । हिउँदमा बिहानै ३ बजे उठेर कुवामा लाइन लाग्नुपर्छ, उनले भनिन् । 

सबै घरमा ५ देखि १० हजार लिटर पानी अटने घैंटा छन् । वर्षामा हिलो र चिप्लो हुने भएकाले कुवामा धाउँदैनन् । अकाशे पानीकै भर भएको उनले बताइन् । धेरै बस्तीमा मुहानका स्रोत नभएकाले खोलाबाट लिफ्टमार्फत डाँडोमा पानी तान्ने र ट्यांकीमा संकलन गरेर वितरण गर्नुको विकल्प नभएको जिल्ला खानेपानी कार्यालय प्रमुख सुरतकुमार बमले बताए । सञ्चालित योजनामध्ये ८० प्रतिशत खानेपानीका योजना लिफ्ट प्रविधिका भएको र धमाधम काम भइरहेको उनले बताए । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि चुनिएका छन् । भोट माग्दा खानेपानीको दु:ख हटाइदिन्छौं भन्ने वाचा गरेकाले गाउँले आशावादी छन् ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
बागीको टारीमा मोटरसाइकल दुर्घट्ना हुँदा २ जना घाइते (भिडियो)
नरपानीमा ट्रक ठुलो दुर्घट्ना हुनबाट बच्यो
अर्घाखाँचीका एक युवा भारतको गुड़गांवबाट बेपत्ता
अब छत्रदेव गाउँपालिकाले घरमा खरको छाना हटाएर टिन लगाइदिने
अर्घाखाँचीका युवा व्यवसायी बाबुराम भुसालको बरिलै गाईका खुर लर्के तीज गित बजारमा (भिडियो)
साउदीमा मृत्यु भएका भुमिकास्थान ढिकुराका युवाको परिवारलाई बीमा रकम प्रदान
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा विद्यार्थीलाई पोशाक अनिवार्य
मृगौला पीडितलाई पत्रकार विष्टद्वारा संकलित ४५ हजार २ सय उपचार सहयोग (नामावली सहित)
सितगंगा नगरपालीकाको खल्यार्खकका स्थानीयबासी बाँदर, दुम्सि, स्याल र बँदेलबाट आतंकित
अर्घाखाँचीमा दुई विरामीलाई बचाउन दुई पत्रकारको अभियान
अर्घाखाँचीमा मतदाता नामाबलीमा नाम लेखाउनेको भिड
अर्घाखाँचीबासीहरुको बुटवलमा सम्मान कार्यक्रम सम्पन्न, आगामी चुनावमा अर्घाखाँचीमा कांग्रेस पहिलो हुने मुस्कानको दावी
वकील कार्यालय अर्घाखाँचीको भबन शिलान्यास ! कानुन कार्यान्वयन गर्ने निकाय कमजोर:- नायब महान्यायधिबक्ता (तस्बिर सहित)
अर्घाखाँचीकी लोकदोहोरी गायिका मिरा कौशलको माकुरीले जालै बुन्यो काकरीको पातैमा तीज गित बजारमा (भिडियो सहित)
बेपत्ता अर्घाखाँचीका किशोर काठमाण्डौमा फेला
दिनभर विद्यालय, बिहान बेलुका कृषिमा व्यस्त धातिवाङ्गका हिमलाल
अर्घाखाँचीका एक युवकको भैरहवामा करेन्ट लागेर निधन
अर्घाखाँचीकी जलेर गम्भीर घाइते किशोरी पैसाको अभावले उपचार गर्न नसक्दा भैरहवाबाट फिर्ता
शितगंगा नगरपालिकाको सिद्दाराका क्यान्सर पिडितलाई विदेशबाट नेपालीहरुले आर्थिक सहयोग गरे
पाणिनी गाउँपालिकाको पटौटी निगालीमा छुर्पि उत्पादन